३५ लाख छात्रवृत्तिमा एमबीबीएस पढाउँदै पातारासी

जुम्लाको पातारासी गाउँपालिकाले मोटो रकम लगानी गरेर पालिकाकै विद्यार्थीलाई एमबीबीएस पढाउने भएको छ । पाँच वर्षभित्रै गाउँपालिकामा आफ्नै विशेषज्ञ चिकित्सक उत्पादन गर्ने लक्ष्यका साथ झण्डै ३५ लाख छात्रवृत्तिमा एमबीबीएस पढाउने भएको हो । जेहेन्दार तथा क्षमतावान विपन्न विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनका लागि गाउँपालिकाले ३५ लाख छात्रवृत्ति दिने निर्णय गरेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए […]