मेटलाइफ प्रशंसित कम्पनीको सूचीमा

मेटलाइफले फर्च्युन म्यागजिनले आफूलाई २०२२ को ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’हरूको सूचीमा राखेको जानकारी गराएको छ।...

सम्बन्धित सामग्री

१० जीवन बीमा कम्पनीको पूँजी पुग्न बाँकी : हकप्रद र बोनस शेयरबाट पुर्‍याउने योजना

काठमाडौं। बीमा कम्पनीहरूको पूँजी वृद्धि अभियानले हालसम्म पूर्णता पाउन सकेको छैन । नेपाल बीमा प्राधिकरणले २०७८ साल चैतमै जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवनलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । त्यसबमोजिमको पूँजी कायम गर्न प्राधिकरणले २०८० साल असार मसान्तसम्मको समयसीमा तोकेको थियो । समयसीमा सकिएको ५ महीना बितिसक्दासमेत धेरैजसो कम्पनीहरूले तोकिएको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले पूँजी वृद्धिका लागि तोकिएको समयसीमा सकिए पनि कम्पनीहरूलाई कारबाही नगरिएको जानकारी दिए । गत असार मसान्तसम्म समयसीमा दिएकाले उक्त अवधिसम्मको वार्षिक प्रतिवेदन पारित गर्ने वार्षिक साधारणसभासम्म कम्पनीहरूले छूट पाउनुपर्ने धारणा उनको छ । कतिपय कम्पनीमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र मर्जर प्रक्रियाका कारण थप पूँजीको निर्णय लिन ढिलाइ भएको उनको भनाइ छ । जीवन बीमा कम्पनीमध्ये मेटलाइफ बाहेक १३ कम्पनीले ५ अर्ब रुपैयाँका दरले पूँजी कायम गर्नुपर्नेछ । तर, हालसम्म यी कम्पनीमध्ये तीनओटाको मात्र तोकिएको पूँजी कायम भएको छ । मर्जर तथा प्राप्तिलाई प्राथमिकता दिई अघि बढेका कम्पनीहरू त्यसपछि अपुग रकमका लागि बोनस र हकप्रद शेयरको विकल्पमा अघि बढेका छन् । १० कम्पनीमध्ये राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) को चुक्तापूँजी सबैभन्दा कम छ । यो कम्पनीलाई थप २ अर्ब ९७ करोड ५१ लाख ३ हजार रुपैयाँ पूँजी आवश्यक छ ।  सर्वसाधारणमा शेयर निष्कासनका लागि राष्ट्रिय बीमा कम्पनीका रूपमा साविक राष्ट्रिय बीमा संस्थान गत कात्तिक २० गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले आगामी दिनमा संस्थापकतर्फबाट ३ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने र सर्वसाधारणमा आईपीओ बेचेर १ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने योजना अघि सारेको छ । यो कम्पनीलाई आईपीओमा जान अझै केही समय लाग्ने देखिन्छ । यो बाहेक रिलायबल नेपाल लाइफले १६ प्रतिशत बोनस शेयरमार्फत ६४ करोड रुपैयाँ पूँजी थप गर्ने योजना बनाएको छ । पुस २४ गतेको कम्पनी सञ्चालक समिति बैठकले १६ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको छ । रिलायबल नेपाललाई बोनस शेयरपछि पनि ३६ करोड रुपैयाँ पूँजी आवश्यक हुन्छ ।  ४५ करोड ४४ लाख २८ हजार पूँजी आवश्यक रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले सार्वजनिक सूचनामार्फत पूँजी वृद्धिको योजना सार्वजनिक गरेको छैन । मर्जरमा गइसकेको सूर्यज्योतिले पनि बोनस या हकप्रदलाई नै पूँजी वृद्धिको माध्यम बनाउने देखिन्छ । प्रभु महालक्ष्मी लाइफले अपुग पूँजी संकलन गर्न १७ प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले पनि थप २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ पूँजी हकप्रद शेयरमार्फत संकलन गर्न लागेको छ । कम्पनीले गत असोज २९ गते हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ । थप १ अर्ब २५ करोड रुपैयाँ पूँजी आवश्यक रहेको सिटिजन लाइफले ५ प्रतिशत बोनस शेयरमार्फत १८ करोड ७५ लाख जुटाउँदै छ । बोनसपछि पनि सिटिजन लाइफलाई थप १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पूँजी आवश्यक पर्छ । उक्त पूँजी जुटाउने सम्बन्धमा कम्पनीले निर्णय गर्न बाँकी छ ।  सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा रिलायन्स लाइफ र एशियन लाइफले पनि थप पूँजी जुटाउनुपर्नेछ । एशियन लाइफले १ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ, सन नेपाल लाइफले १ अर्ब ८० करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८१ करोड ६० लाख रुपैयाँ र आइएमई लाइफले १ अर्ब रुपैयाँ थप पूँजी जुटाउनुपर्ने देखिन्छ । बोनस र हकप्रदलाई नै सहारा बनाउने निश्चित भए पनि यी कम्पनीले आधिकारिक रूपमा निर्णय गरेका छैनन् ।

मेटलाइफका एशिया क्षेत्रीय अध्यक्षद्वारा नेपाल भ्रमण

काठमाडौं। मेटलाइफका एशिया क्षेत्रीय अध्यक्ष लिन्डन ओलिभर, बंगलादेश, मलेसिया, नेपाल र भियतनामका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एशियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटले मेटलाइफ नेपालमा भ्रमण गरेका छन् । नोभेम्बर २९ मा एकदिने भ्रमणको क्रममा आएका उनीहरूले कर्मचारी र अभिकर्ताहरूसँग भेटघाट गरेका थिए । भेटले सरोकारवालालाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्र्दै कम्पनीको प्रतिबद्धतालाई बलियो बनाएको बताइएको छ । ओलिभर जुलाई २०२२ देखि मेटलाइफको एशिया क्षेत्रीय अध्यक्ष छन् । कम्पनीको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा काम गरिसकेका उनी कार्यकारी नेतृत्व टोलीका सदस्य र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य तथा कोषाध्यक्ष समेत हुन् ।

मेटलाइफको ‘वान बाई मेटलाइफ मेला’

काठमाडौं। मेटलाइफ नेपालले आफ्ना एजेन्टका लागि ‘वन बाई मेटलाइफ मेला’ सम्पन्न गरेको छ । मेलाले ग्राहकलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीको भनाइ छ । मेलामार्फत कम्पनीले पहिलोपटक नेपालीका लागि डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको दाबी गरेको छ । एजेन्टका लागि मेटलाइफले मेलामा एपका बारेमा जानकारी दिएको बताइएको छ । मेलाले एजेन्टको व्यावसायिक विकास र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्षमतामा जोड दिएको कम्पनीको भनाइ छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कम्पनीले रमाइलो सिकाइ अनुभवको शक्तिमा विश्वास गर्ने बताए । उनले भने, ‘त्यसैले हामीले यस मेलामा आवश्यक ज्ञानसहितका गतिविधि समेटेका थियौं ।’

मेटलाइफ इन्स्योरेन्सको प्रतिबद्धता

काठमाडौं– वान बाई मेटलाइफ एपको सुरुवात पछि मेटलाइफ नेपालले आफ्ना सबै एजेन्टका लागि ‘वन बाइ मेटलाइफ मेला’ आयोजना गरेको छ । सो मेलाले ग्राहकलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीको दावी छ । वान बाई मेटलाइफमार्फत, मेटलाइफ नेपालले नेपालीका लागि डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको […]

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरिएको छ ।  बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको   अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा सुरु गरेका थिए ।  बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने ताल

मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीको सूचीमा

न्यूयोर्क (नेस) । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’ हरूको सूचीमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बिमा कम्पनीहरू समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरूमा बिमा उद्योगका कार्यकारीहरू, निर्देशकहरूसँग सर्वेक्षण […]

मेटलाइफ विश्वकै प्रशंसित कम्पनीको सूचीमा

काठमाडौं (अस) । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीको सूचीमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीको वार्षिक प्रतिवेदन कार्डमा ८ जीवन बीमा कम्पनी समावेश गरिएको थियो ।   लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता ९ विभिन्न मानकमा बीमा उद्योगका कार्यकारी, निर्देशकसँग सर्वेक्षण गरी बीमा उद्योगमा बलिया र प्रतिष्ठित कम्पनीको पहिचानका लागि फच्र्युुनको कर्न फेरी नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ । मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफले जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीमध्येमा परेकामा खुसी लागेको बताए । मेटलाइफ सन् २००१ देखि नेपालमा अमेरिकी लाइफ इन्स्योरेन्सको शाखाको रूपमा सञ्चालन भइरहेको छ । मेटलाइफले नेपालमा व्यक्तिगत ग्राहक तथा व्यवसायहरुलाई जीवन बीमा, दुर्घटना एवं स्वास्थ्य बीमा तथा संस्थागत कर्मचारी लक्षित समूह बीमा सेवा दिँदै आएको छ ।

‘मेटलाइफ विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी हो’

काठमाडौँ – मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’ हरूको सूचीमा राखेको जानकारी गराएको छ। सर्वोत्तम मानिएका कम्पनीको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बिमा कम्पनी समावेश गरिएको थियो। लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकमा बिमा उद्योगका कार्यकारी, निर्देशकसँग सर्वेक्षण गरी बिमा उद्योगमा […]

नेपालमा स्थापनाको २०औं वर्ष मनाउँदै मेटलाइफ

काठमाडौं (अस) । बीमा कम्पनी मेटलाइफले यो साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदै छ । ०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधा, प्रतिभा विकासमा टेवा तथा देशभरका नागरिकलाई लघुबीमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराउँदै आएको छ । ‘नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने । २० वर्षमा मेटलाइफ नेपालले २५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरमार्फत ४०,००० भन्दा बढी पेसाको सिर्जना, २,००० करोडको जीवन बीमा कोष तथा २७४ करोडको जगेडा कोष स्थापना गरी वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ । मेटलाइफको सहायक कम्पनीको रूपमा  अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

मेटलाइफद्वारा उत्कृष्ट वितरण प्रतिनिधिलाई सम्मान

काठमाडौं (अस) । मेटलाइफ नेपालले आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको छ । कम्पनीले आइतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट घोषित भएका एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको हो । कार्यक्रममा कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले आफूहरूले गत वर्षदेखि नै ग्राहकवर्गलाई सहज डिजिटल सेवा प्रदान गर्न ध्यान केन्द्रित रहेको बताए । ‘अहिलेको विषम परिस्थितिमा हाम्रा अभिकर्ताको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महीनामा ग्राहकलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्घताप्रति निकै गौरवान्वित छौं,’ उनले भने, ‘मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकको जीवन यात्राको प्रत्येक चरणका आवश्यकता पूरा गर्न आफ्ना अभिकर्ताको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ ।’ कम्पनी ग्राहकका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने नेपालमै पहिलो जीवन बीमा कम्पनी भएको दाबी उपाध्यक्ष श्रेष्ठले गरे । कार्यक्रममा  कम्पनीका शीर्ष अधिकारी, योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र देशभरका फिल्ड प्रतिनिधिको उपस्थिति रहेको थियो । मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । कम्पनीले उपभोक्ता तथा व्यवसायलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा)जस्ता सुविधा प्रदान गर्दै आएको छ ।