नेपालमा स्थापनाको २०औं वर्ष मनाउँदै मेटलाइफ

काठमाडौं (अस) । बीमा कम्पनी मेटलाइफले यो साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदै छ । ०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधा, प्रतिभा विकासमा टेवा तथा देशभरका नागरिकलाई लघुबीमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराउँदै आएको छ । ‘नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धता रहेको छ’, मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने । २० वर्षमा मेटलाइफ नेपालले २५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरमार्फत ४०,००० भन्दा बढी पेसाको सिर्जना, २,००० करोडको जीवन बीमा कोष तथा २७४ करोडको जगेडा कोष स्थापना गरी वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेटलाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ । मेटलाइफको सहायक कम्पनीको रूपमा  अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

सम्बन्धित सामग्री

मेटलाइफ नेपालमा स्थापना भएको २० वर्ष पूरा

बिमा कम्पनी मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । मेटलाइफले २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको थियो ।त्यसयता मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबिमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बिमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण […]

मेटलाइफले नेपालमा स्थापना भएको २० वर्ष मनाउँदै

विश्वकै अग्रणी बीमा कम्पनीमध्येको मेटलाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २० औं वार्षिकोत्सव मनाउँदैछ । यो कम्पनीले २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन थालेको थियो । नेपालमा सेवा विस्तार गरेयता थुप्रै बीमा सेवा तथा सुविधा शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरूलाई लघुबीमामार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतीमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको मेटलाइफको दाबी छ ।मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्ध

मेटलाइफ नेपालमा स्थापना भएको २० औं वर्ष मनाउँदै

काठमाडौं । मेटलाइफ बीमा कम्पनीले नेपालमा स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलोपटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेटलाइफले थुप्रै बिमा सेवा तथा सुविधाहरुको शुरुवात गरेको थियो । प्रतिभा विकासमा टेवा, तथा देशभर छरिएका धेरै मानिसहरुलाई लघुबित्त मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास...