मेटलाइफको ‘वान बाई मेटलाइफ मेला’

काठमाडौं। मेटलाइफ नेपालले आफ्ना एजेन्टका लागि ‘वन बाई मेटलाइफ मेला’ सम्पन्न गरेको छ । मेलाले ग्राहकलाई सेवा दिने र उनीहरूलाई स्वस्थ, लामो जीवन जिउन मद्दत गर्ने साझा प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीको भनाइ छ । मेलामार्फत कम्पनीले पहिलोपटक नेपालीका लागि डिजिटल बीमा र स्वास्थ्य सेवा ल्याएको दाबी गरेको छ । एजेन्टका लागि मेटलाइफले मेलामा एपका बारेमा जानकारी दिएको बताइएको छ । मेलाले एजेन्टको व्यावसायिक विकास र ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्षमतामा जोड दिएको कम्पनीको भनाइ छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले कम्पनीले रमाइलो सिकाइ अनुभवको शक्तिमा विश्वास गर्ने बताए । उनले भने, ‘त्यसैले हामीले यस मेलामा आवश्यक ज्ञानसहितका गतिविधि समेटेका थियौं ।’

सम्बन्धित सामग्री

मेटलाइफको सचेतना कार्यक्रम आयोजना

काठमाडौं– मेटलाइफले भोजपुर नगरपालिकामा बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममार्फत कम्पनीले स्थानीयमा आर्थिक सुरक्षाको भावना सिर्जना गर्ने र राम्रो भविष्यको लागि सूचित निर्णय गर्न सक्षम हुने आशा राखेको जनाएको छ । मेटलाइफले स्थानीय समुदायमा बीमाको पहुँच विस्तार गर्न भोजपुरमा आफ्नो सम्पर्क कार्यालय पनि खोलेको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल […]

मेटलाइफ फाउण्डेशनको एक अर्ब डलर अनुदान

काठमाडौं– मेटलाइफ फाउण्डेसनले एक अर्ब अमेरिकी डलर भन्दा बढी सहयोग गरेको घोषणा गरेको छ । फाउन्डेसन मेट्रोपोलिटन लाइफ इन्सुरेन्स कम्पनी (मेटलाइफ)को एक स्वतन्त्र परोपकारी शाखाको रूपमा स्थापित भएको थियो । यसको स्थापना पछि, मेटलाइफको उपस्थिति रहेको समुदायहरूलाई बलियो बनाउन यसले महत्वपूर्ण योगदान गरेको जनाइएको छ । ‘परिवार, व्यवसाय र समुदायलाई समर्थन र संरक्षण गर्नु सधैं […]

इनोभेसन ल्याब विकास गर्न मेटलाइफको सहयोग

काठमाडौं– मेटलाइफ नेपालले मेकिंग स्पेस स्थापना गर्न ललितपुरस्थित सिद्धि मंगल माध्यमिक विद्यालयलाई सहयोग गर्ने भएको छ । यस पहलले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, र गणित (स्टीम) क्लब स्थापना गर्ने र विद्यार्थीलाई मेकिंग स्पेस भित्र विभिन्न डिजाइन सोच विचारहरू अन्वेषण गर्न, सिक्न र कार्यान्वयन गर्न अनुकूल वातावरण प्रदान गरेर सशक्त बनाउने लक्ष्य राखेको छ । ह्यान्ड्स […]

आइएमई पेबाट मेटलाइफको पोलिसी नवीकरण

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीले इन्सोरेन्स पोलिसी नवीकरणबापतको शुल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्नेछन् । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।

मेटलाइफ फाउन्डेसनले समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने

मेटलाइफ फाउन्डेसनले विश्वभरका अल्पसेवा र न्यून प्रतिनिधित्व भएका समुदायहरूको आवश्यकतालाई सम्बोधन गरी समावेशी आर्थिक गतिशीलता सञ्चालन गर्ने उद्देश्य घोषणा गरेको छ ।विश्वभरी नै बुधबार घोषणा भएको यो योजनाले मेटलाइफको २०३० विविधता, समता र समावेशिता प्रतिबद्धताहरूलाई बढावा दिने बताइएको छ । फाउन्डेशनले एक अर्ब ५० करोड डलर कोषको वाचा गरेको पनि प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ […]

नेपाली बीमा क्षेत्रमा पहिलो पटक मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बीमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म शुरु गरिएको छ ।  बीमा सल्लाहकारहरुको छनौट तथा भर्नाका लागि ल्याइएको   अभिनव डिजिटल सोलुसनको अनावरण मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले वरिष्ठ अधिकारीहरुसँग कम्पनीको मुख्य कार्यालय काठमाडौंमा सुरु गरेका थिए ।  बीमा अभिकर्ताहरुले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु अपलोड गरेर आफ्नो प्रोफाइल बनाउन सक्नुका साथै आफूलाई चाहिने ताल

मेटलाइफको डिजिटल रेक्रुटमेन्ट सोलुसन

मेटलाइफ नेपालले डिजिटल माध्यमबाट बिमा सल्लाहकारहरु भर्ना गर्नका लागि नेपालमै पहिलो पटक मेटलाइफ एजेन्सी रेक्रुटमेन्ट सोलुसन प्लेटफर्म (मार्स) सुरु गरेको छ ।बिमा सल्लाहकारको छनौट तथा भर्नाका लागि ल्याइएको यस अभिनव डिजिटल सोलुसनको मेटलाइफका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले अन्य वरिष्ठ अधिकारीले संयुक्त रुपमा अनावरण गरे ।मार्समा इच्छुक बिमा अभिकर्ताले अनलाइन नयाँ खाता खोली, आवश्यक कागजातहरु […]

मेटलाइफको सहयोग

मेटलाइफ फाउन्डेसन र ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले कोभिड–१९ प्रभावितहरूलाई सहयोग गरेको छ ।फाउन्डेसनको आर्थिक सहयोगमा मोरङ र सप्तरीका २५० परिवारलाई खाद्यान्न सहयोग गरेको जनाइएको छ । त्यसका लागि फाउन्डेसनले करिब ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाइएको छ ।

मेटलाइफको पोखरा र बुटवल कार्यालय शाखा कार्यालयमा रूपान्तरण

मेटलाइफ नेपालले पश्चिम नेपालमा रहेका आफ्ना कार्यालयहरूमा सुविधाहरू विस्तार गरेको छ । पोखरा र बुटवल कार्यालयहरूलाई रूपान्तरण गरी शाखा कार्यालयहरू बनाइएको छ ।अब यी शाखाबाट बीमा आवेदन तथा प्रिमियम संकलन, पोलिसी वितरण तथा पोलिसी परिवर्तन, पुनस्र्थापना, ग्राहक सोधपुछ प्रबन्धनसहित अन्य कागजात प्रशोधन सम्बन्धी सेवाहरू प्राप्त गर्न सकिने जनाइएको छ ।