मेटलाइफद्वारा उत्कृष्ट वितरण प्रतिनिधिलाई सम्मान

काठमाडौं (अस) । मेटलाइफ नेपालले आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको छ । कम्पनीले आइतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट घोषित भएका एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको हो । कार्यक्रममा कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले आफूहरूले गत वर्षदेखि नै ग्राहकवर्गलाई सहज डिजिटल सेवा प्रदान गर्न ध्यान केन्द्रित रहेको बताए । ‘अहिलेको विषम परिस्थितिमा हाम्रा अभिकर्ताको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महीनामा ग्राहकलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्घताप्रति निकै गौरवान्वित छौं,’ उनले भने, ‘मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकको जीवन यात्राको प्रत्येक चरणका आवश्यकता पूरा गर्न आफ्ना अभिकर्ताको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ ।’ कम्पनी ग्राहकका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने नेपालमै पहिलो जीवन बीमा कम्पनी भएको दाबी उपाध्यक्ष श्रेष्ठले गरे । कार्यक्रममा  कम्पनीका शीर्ष अधिकारी, योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र देशभरका फिल्ड प्रतिनिधिको उपस्थिति रहेको थियो । मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । कम्पनीले उपभोक्ता तथा व्यवसायलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा)जस्ता सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

आइटिएमको उत्कृष्ट वैज्ञानिक सम्मान डा. धिमाललाई

आइटिएमको पहिलो उत्कृष्ट वैज्ञानिक सम्मान नेपालका डा. मेघनाथ धिमालले पाएका छन्।

आइटिएमको उत्कृष्ट वैज्ञानिक सम्मान डा. धिमाललाई

आइटिएमको पहिलो उत्कृष्ट वैज्ञानिक सम्मान नेपालका डा. मेघनाथ धिमालले पाएका छन्।

उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरौं : साह

बारा । प्रादेशिक अस्पताल कलैयाको अवस्था सुधार गर्न उत्कृष्ट कार्य गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गर्नु पर्ने संसद ज्वाला कुमारी साहले बताईन । कलैया अस्पताल व्यवस्थापन समितिले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै संसद साहले स्वास्थ्यकर्मीलाई सम्मान गर्नु पर्ने बताएकी छिन । अस्पतालमा काम गर्ने कर्मचारीको मनोबल बढाउन प्रत्येक दिनको कार्यको मूल्याङ्कनको रेकर्ड राखी सम्मान गर्दा अस्पतालको सेवा […] The post उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरौं : साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टोखाद्वारा ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान

काठमाडौँको टोखा नगरपालिकाले ७३ उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । टोखाले ५८ राष्ट्रिय बाल दिवसका अवसर पारेर आज साउथ वेष्टर्न स्कुल वसुन्धरामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रका कक्षा १० र १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको हो ।सो नगरपालिकाले २० विद्यार्थी, ४१ शिक्षक तथा १२ विद्यालयलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीलाई रु १२ हजार पाँच सय पुरस्कार, प्रमाणपत्र र खादा लगाएको थियो ।  यस्तै उत्कृष्ट शिक्षकलाई रु

आईएमएस ग्रुपले गर्‍यो वर्षका उत्कृष्ट कर्मचारीलाई सम्मान

आईएमएस ग्रुपले आफ्नो ३०औँ वार्षिकोत्सवका अवसरमा वर्षका उत्कृष्ट कर्मचारीलाई विभिन्न अवार्डबाट सम्मान गरेको छ ।

उत्कृष्ट राइडर, क्याप्टेन र फुडमेनलाई पठाओको सम्मान

काठमाडौ । पठाओले वर्ष भरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गरेको छ । २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गरिएको पठाओ नेपालका निर्देशक यशु थकालीले बताए । कार्यक्रममा कलाकार दिपकराज गिरी र दिपाश्री निरौला अवार्डेड राइडर, क्याप्टेन र फुडम्यानलाई ट्रफी, सम्मान पत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए । एभरेस्ट इन्स्योरेन्सको तर्फबाट […]

पठाओले वर्ष भरिका उत्कृष्ट राइडर तथा फुडमेनलाई सम्मान गर्ने

प्रसिद्ध राइड सेरिङ्ग (पठाओ)ले वर्ष भरिका उत्कृष्ट आफ्ना राइडर ( क्याप्टेन) तथा फुडमेन, रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । कम्पनीले २०७८ साल भरी उत्कृष्ट सेवा प्रदायकहरुलाई सम्मान गर्ने तयारी गरिएको पठाओ नेपालको प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्टेन र फुडमेन साथिहरुले साधै हामीलाई हाम्रो परिवारझैँ साथ दिनुहुने भएको छ’ हमालले भनिन्, ‘उहाँहरुको योगदानको उच्च कदर गर्दै यो कार्यक्रम आयोजना गर्न लागेका हौं ।’ उक्त सम्मान वैशाख १८ गते

उत्कृष्ट काम गरेको भन्दै भेरी अस्पताललाई सम्मान

नेपालगञ्ज, ७ वैशाख । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा. राजन पाण्डेलाई उक्त […]

सिटिजन लाइफद्वारा उत्कृष्ट लिडर सम्मान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्पाेरेट क्लबमा पर्न सफल उत्कृष्ट लिडरहरुलाई सम्मान गरेको छ । होटेल याक एण्ड यतीमा सम्पन्न सिटिजन लिडर्स नाइटको चौथो संस्करणका अवसरमा सम्मान प्रदान गरिएको हो ।हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१ हजार अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट […]

उत्कृष्ट विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान

विराटनगर – ९ स्थित ग्रिनल्याण्ड कलेजले विभिन्न परी क्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ ।...