चितवन उद्योग संघ, माडीको अध्यक्षमा रमेश नेपाली

चितवन । चितवन उद्योग संघ माडी समिति अध्यक्षमा रमेश नेपाली चयन भएका छन् । संघको शनिवार भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले २०८०/०८१ को लागि नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  संघको उपाध्यक्षहरूमा नारायणदत्त रिजाल र गोविन्दप्रसाद नेपाल, सचिवमा जिताराम महतो र कोषाध्यक्षमा सुमनराज खनाल चयन भएका छन् । यसैगरी संघको सदस्यहरूमा चिरञ्जीवी बराल, कौशल्या देवी शाह, मोहनराज पोख्रेल, अर्जुन श्रेष्ठ, भारती न्यौपाने भुसाल र दामोदर देवकोटा छन् ।  महिला उद्यमी मञ्च माडी अध्यक्षमा भारती न्यौपाने भुषाल र युवा उद्यमी मञ्चमा दामोदर देवकोटा चयन भएका हुन् । नव निर्वाचित पदाधिकारीहरूलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथ गराएका थिए । कार्यक्रममा माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको उपस्थिति थियो ।

सम्बन्धित सामग्री

मतपत्र च्यात्न नदिन विशेष सुरक्षा

चितवनका सातवटै पालिका तहमा मतगणना स्थललाई सुरक्षित बनाइएको छ। मतगणना स्थलमा फलामको बारसहित जाली, सिसी क्यामरा जडानलगायतका प्रविधि जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए।'मतपत्र सुरक्षा गर्न आवश्यक सुरक्षा व्यवस्था बनाइएको छ। भरतपुर महानगरपालिकासहित सबै तहमा सिसी क्यामरासहित जाली लगाइएको छ' उनले भने, 'यसपटक मतपत्र च्यात्न दिइने छैन ।' भरतपुर महानगरमा चितवन उद्योग संघ प्रदर्शनी केन्द्रको ब्लक सी, माडीको माडी क्याम्पसको पहिलो तला, रत्ननगरमा न

कोरोनापछि चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुँदै

चितवनमा कोरोना महामारीपछि पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो । पुसको २, ३ र ४ गते चल्ने प्रदर्शनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० वटा स्टल हुने बताइएको छ । जसमा ३० वटा स्टल लघु, घरेलु तथा साना उद्योगीका लागि निःशुल्करूपमा छुट्याइएको छ ।कोभिड महामारीपछि दुई वर्षपछि अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी आयोजना हुन लागेको परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले नेपा

छैटौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी पुस २ देखि

छैटौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी-२०७८ घोषणा भएको छ । प्रदर्शनी आगामी पुस २ गतेदेखि ४ गतेसम्म चल्ने छ ।  प्रदर्शनीको चितवन उद्योग संघ र संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गरेका हुन् । प्रदर्शनी चितवन प्रदर्शनी केन्द्रमा चल्नेछ । कोरोनाअघि प्रदर्शनी नियमितरूपमा रहे पनि कोरोना महामारीसँगै २ वर्ष रोकिन पुगेको थियो ।  कोरोना महामारी न्यून हुँदै गइरहेको अवस्थामा आयोजकले पुन: यसलाई निरन्तरता दिन लागेको हो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू राखिन...

नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको विधानअनुसार ७ जना उपाध्यक्ष चयन हुनु भएको छ। परिसंघको गभर्निङ काउन्सिलले उहाँहरूलाई उपाध्यक्ष चयन गरेको हो। परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( […]

रत्ननगरलाई चितवन उद्योग संघको बजेट सुझाव

चितवन (अस) । चितवन उद्योग संघ रत्ननगर इकाइ समितिले रत्ननगर नगरपालिकाको आव ०७८÷७९ कोे बजेट, नीति तथा कार्यक्रमका लागि सुझाव पेस गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित सुझावपत्रलाई चितवन उद्योग संघ रत्ननगर इकाइ समितिका अध्यक्ष गजेन्द्र अधिकारी र चितवन उद्योग संघ अध्यक्ष राजु पौडेलले संयुक्त रूपमा रत्ननगरका नगरप्रमुख नारायण वनलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष पौडेलले संघले अघि सारेका महत्वपूर्ण परियोजना र रत्ननगर नगरपालिकाको बजेट, नीति तथा कार्यक्रमका लागि पेस गरिएका सुझावबारे जानकारी गराए । सो क्रममा औद्योगिक नीति निर्माण तथा चितवन प्रदर्शनी केन्द्र सञ्चालन विभागका संयोजक एवं चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्तीले उद्योग तथा रोजगारी र सीप विकास, राजस्व परामर्श, कृषि तथा पशुपक्षीसम्बन्धी सुझाव प्रस्तुत गरेका थिए । उक्त अवसरमा नगरपालिका प्रमुख वनले संघले ल्याएको सुझावलाई रत्ननगरको बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गरिने बताए । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेललगायत सहभागी थिए ।

चितवनमा सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

चितवन उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।  मंगलवार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।   चितवन उद्योग संघ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका परिसर कुरिनटारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, इलाका प्रहरी कार्यालय मुग्लिन र पत्रकारहरूलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयला...

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन। उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ।अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभाव न्यूनीकरण गर्न कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

भरतपुर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

चितवन। उद्योग संघ चितवनले १० थान अक्सिजन कन्सन्ट्रेटर भरतपुर अस्पताललाई हस्तान्तरण गरेको छ।अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै जाँदा देखिएको अक्सिजन अभाव न्यूनीकरण गर्न कन्सन्ट्रेटर खरिद गरेर हस्तान्तरण गरिएको हो । संघका अध्यक्ष राजु पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

अक्सिजन सिलिण्डर जम्मा गर्दै उद्योग संघ चितवन

वैशाख २५, चितवन । उद्योग संघ चितवनले जिल्लामा रहेका उद्योगहरुमा प्रयोग गरिएका अक्सिजन सिलिण्डर संघमा जम्मा गरिदिन अनुरोध गरेको छ । कोभिड संक्रमणसँगै सिलिण्डर अभाव हुने देखिएपछि संघले जम्मा गर्न थालेको हो । संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालका अनुसार बिहीवारदेखि अक्सिजन ग्यास प्रयोग गर्ने उद्योगमा टेलिफोन गरेर सिलिण्डर संघमा पठाइदिन अनुरोध गरिएको हो । उनका अनुसार धातुको काम गर्ने उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गर्दछ । जिल्लाका ४० ओटाभन्दा बढी उद्योगमा अक्सिजन ग्यास प्रयोग हुने गरेको उनको भनाइ छ । ती उद्योगबाट ५० ओटाभन्दा बढी सिलिण्डर संकलन हुने अपेक्षा गरिएको छ ।            संघका अध्यक्ष राजु पौडेलले जिल्ला प्रशासन कार्यालय चितवन र उद्योग परिसङ्घको आग्रहपछि उद्योगीसँग रहेका सिलिण्डर संकलन गर्न लागिएको बताए । कतिपय सिलिण्डर उद्योगबाटै अत्यावश्यक ठाउँमा पठाउने विषयमा पनि छलफल भइरहेको छ । उनका अनुसार सिलिण्डर सङ्कलन भएपछि अक्सिजन भरेर उपचारका लागि अत्यावश्यक ठाउँमा पठाइने छ । अक्सिजनको माग घट्दै गएपछि फिर्ता मागेर सम्बन्धित उद्योगमा पठाइने उनले जानकारी दिए । रासस

चैत २३ देखि ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी’

चितवन : स्थानीय उद्योग र उत्पादनको प्रवद्र्धनका लागि चितवनको भरतपुरमा यही चैत २३ गतेदेखि ‘पाँचौँ राष्ट्रिय औद्योगिक प्रदर्शनी’ हुने भएको छ। चितवन उद्योग संघ भरतपुरको आयोजनामा हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको सोमबार भरतपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।  प्रदर्शनी मूल आयोजक समितिका...