नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

काठमाडौं । नेपाल उद्योग परिसंघको विधानअनुसार ७ जना उपाध्यक्ष चयन हुनु भएको छ। परिसंघको गभर्निङ काउन्सिलले उहाँहरूलाई उपाध्यक्ष चयन गरेको हो। परिसंघको १८ औँ साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह( […]

सम्बन्धित सामग्री

आईटी क्षेत्रमा लगानी गर्न सीएनआई उपाध्यक्ष हेमराज ढकालकाे आग्रह

नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकालले नेपालकाे सूचना प्रविधि क्षेत्रमा ल

अर्थतन्त्रसँग सम्बन्धित बजेटका धेरैजसो घोषणा कागजमै सीमित

२४ कात्तिक, काठमाडौं । नेपाल सरकारले बजेटमा अर्थतन्त्र र निजी क्षेत्रसँग सम्बन्धित धेरैजसो घोषणा कागजमै सिमित रहेको पाइएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष २०७९/८० को अध्ययनमा निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बुँदाका ६२ बुँदे घोषणामध्ये ३५ प्रतिशत (२२ बुँदा)मा शून्य प्रगति देखिएको छ । सीएनआईका उपाध्यक्ष हेमराज ढकालका […]

नेपाल उद्योग परिसंघ कोशी प्रदेशमा नयाँ कार्यसमिति

विराटनगर। नेपाल उद्योग परिसंघको कोशी प्रदेशको साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले उद्योगी तथा संविधानसभा सदस्य पवनकुमार सारडालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा निर्वाचित भएका छन् । परिसंघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएपछि कोशी प्रदेश समितिका अध्यक्ष भीम घिमिरेले साधारणसभामार्फत नयाँ कार्यसमिति गठन गराएका हुन् । समितिमा ६ जना उपाध्यक्ष र ३ जना मानार्थ उपाध्यक्ष पद रहने व्यवस्था गरिएको छ । साधारणसभाले नवलकिशोर काबरा, देवेन्द्रप्रसाद गुप्ता, सुशील जोशी, कृष्ण अग्रवाल, दीपक पौडेल र गिरिजा सारडालाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ । यसैगरी घनश्याम काबरा, रमेश राठी र ग्रिस लुनियाँलाई मानार्थ उपाध्यक्ष पदमा चयन गरिएको छ । मानार्थ उपाध्यक्ष पदको जिम्मेवारी पाएका लुनियाँ अघिल्लो कार्यसमितिमा कोषाध्यक्ष थिए । अघिल्लो कार्यसमितिमा कार्यसमिति सदस्य रहेका साकेत राठी कोषाध्यक्ष बनेका छन् । राजेन्द्र राठी, वेदान्त जाजु, कर्ण रायमाझी, डेनिस कार्की, दिवस सुवेदी, मधुर दुगड, ऋषभ दाहाल, मुकेश कोठारी, जितेन्द्र राठी, अविदअली अन्सारी, अजिता बराल, पुनित पौडेल, हरिवंश राठी, सन्नी अग्रवाल, पवन पंकज पारख, दिवाकर राठी र अजय राठी कार्यसमिति सदस्य छन् । एसियन थाई फुड्सका सञ्चालक तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजुलाई परिसंघ कोशी प्रदेशको प्रमुख सल्लाहकार चयन गरिएको छ । वासुदेव गोल्यान, सुशील धनावत, सन्तोष रिजाल, शंकरलाल अग्रवाल र श्रीनिवास सारडालाई सल्लाहकार चयन गरिएको छ । यस्तै राजन भगत, रीता ढकाल, महेश पौडेल, अनुप सिग्देल, सञ्जीव सिग्देल, अमित सिंघल, रजत तोदी, निखिल तोदी, प्रशान्त तातेड र भवेश राठीलाई परिसंघको मानार्थ सदस्य चयन गरिएको छ ।  परिसंघको साधारणसभाबाट अध्यक्ष सारडाको संयोजकत्वमा संरक्षण तथा भवन निर्माण समिति पनि गठन गरिएको छ । मोती दुगड, विकास दुगड, शिवप्रसाद घिमिरे, महेश सोनी र विशाल अग्रवाल उक्त समितिमा सदस्य छन् ।

परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच सम्झौता

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ । समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीच लगानी तथा व्यावसाय प्रवर्द्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ […]

उद्योग परिसंघले गठन गर्यो कृषि परिषद्

नेपाल उद्योग परिसंघ अन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा संयोजक छन् ।परिषदले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने बताइएको छ ।कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी त

उद्योग परिसंघमा विदेशीलगानी सहजीकरण समिति गठन

नेपाल उद्योग परिसंघ अन्तर्गत विदेशी लगानी सहजीकरण समिति गठन भएको छ । परिसंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर साइबल घोस संयोजक रहने गरी समिति गठन भएको हो ।  समितिको सह–संयोजकमा परिसंघका राष्ट्रिय परिषद सदस्य एवं सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन रहेका छन् । समितिमा गौरव गोयल सदस्य रहेका छन् ।  समितिले नेपालमा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन भएका समस्या समाधानका लागि नीतिगत मध्यस्थता र प्रक्रियागत सरलीकरणका लागि पहल गर्नेछ । यसैगरी समितिले नेपा...

सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसा योगदानकर्ताले खोजेको बेला पाउने

नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारी बीचमा अन्यौलता कायम रहेकै बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कार्यक्रमको विषयमा अन्यौलता कायम रहेको भन्दै त्यसमा प्रष्टता आवश्यक रहेको बताए ।   प्रदेश नं १ को उद्योग पर

सामाजिक सुरक्षा कोषमा जम्मा भएको पैसाको हिसाब योगदानकर्ताले खोजेको बेला पाउने

नेपाल उद्योग परिसंघ रोजगारदाता परिषद र प्रदेश नं १ उद्योग परिसंघले सामाजिक सुरक्षा कोषसँग योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको विषयमा छलफल गरेका छन् । योगदानमा सामाजिक सुरक्षा कार्यक्रमको विषयमा कर्मचारी, ट्रेड युनियनका पदाधिकारीबीचमा अन्यौलता कायम रहेकै बेला परिसंघले छलफल कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा परिसंघका उपाध्यक्ष राजेशकुमार अग्रवालले सामाजिक सुरक्षा कार्यक्रमको विषयमा अन्यौलता कायम रहेको भन्दै त्यसमा प्रष्टता आवश्यक रहेको बताए । प्रदेश नं १ को उद्योग परिसंघका अ

सीएनआईमा सात उपाध्यक्ष चयन

काठमाडौं (अस) । नेपाल उद्योग परिसंघ (सीएनआई)मा सातजना उपाध्यक्ष चयन भएका छन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार गभर्निङ काउन्सिलले मंगलवार उपाध्यक्षहरू चयन गरेको हो । हालै सम्पन्न परिसंघको १८औं साधारणसभापछि विष्णुकुमार अग्रवालले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । मंगलवार चयन भएका उपाध्यक्षहरूमा सीजी इलेक्ट्रोनिक्सका निर्वाण चौधरी, चितवन उद्योग संघका कृष्णप्रसाद अधिकारी, राजेश मेटल क्राफ्टका राजेशकुमार अग्रवाल, नेपाल आदर्श निर्माण कम्पनीका वीरेन्द्रराज पाण्डे, राज ब्रुअरीका राजबहादुर शाह, चन्द्रागिरि हिल्सका हेमराज ढकाल र लक्की नेपालका रोहित गुप्ता रहेका छन् ।

सीएनआईको अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्विरोध निर्वाचित

काठमाडौँ  – नेपाल उद्योग परिसंघ (सीएनआई)को अध्यक्षमा विष्णुकुमार अग्रवाल निर्वाचित भएका छन्। परिसंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था भएअनुसार अग्रवाल अध्यक्ष बनेका हुन्। उनलाई परिसंघको १८औँ साधारणसभाले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। अग्रवाल परिसंघको वरिष्ठ उपाध्यक्ष थिए। परिसंघको संस्थापक सदस्यहरुमा दीलिप अग्रवाल, शरदकुमार तिवेडढीवाला, आदित्य संघाईलगायत २० जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। […]