काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा नेताहरुले सर्वसम्मतिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिएका छन् ।
महाधिवेशनको लागि बिहिवार सौराहा पुगेका ओलीलाई उहाँ बसेको होटलमै पुगेर नेताहरुले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म सहमतिबाटै छान्नुपर्ने भन्दै दबाब दिएका हुन् । आफूलाई भेट्न पुगेका नेताहरुलाई ओलीले सर्वसम्मतिबाटै नेतृत्व चयन हुने विश्वास दिलाउनुभएको छ । तर अध्यक्षमा भीम रावललेसमेत दाबी गरेको र अरु पदमा पनि आकाङ्क्षी नेताहरु धेरै भएकाले सर्वसम्मति गराउन चुनौती देखिएको छ ।&nbs...