पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक सिंहदरबारमा बस्दै छ । सहमतिउन्मुख कार्यदलको बैठक केहीबेरमै बस्न लागेको हो ।
बैठकमा कार्यदलमा भएको भनिएको सहमतिको भाषा मिलाउने लगायत विषयमा छलफल हुनेछ।
शनिबार लगभग सहमति भएको र भाषालगायत बाँकी प्राविधिक कुरा मात्रै बाँकी रहेको दुवै पक्षका नेताले बताएका थिए ।