निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड

काठमाडौँ– सरकारले आयात प्रतिस्थापन तथा निर्यात बढाउन उद्यमी–व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाए । सङ्घको १३ औँ वार्षिक साधारणसभालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही […]

सम्बन्धित सामग्री

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : वनमन्त्री साह

काठमाडौँ, १६ चैत । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा नर्सरीका बिरुवाको आयात विस्थापित गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । नर्सरी व्यवसायी सङ्घले आजदेखि भृकुटीमण्डपमा सुरु गरेको बागवानी प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री साहले फूल निर्यात बढाउनुपर्ने बताएका हुन् । उनले जडीबुटी तथा फूल उत्पादनको नेपालमा राम्रो सम्भावना रहेकाले उत्पादन बढाउन सबै […]

प्रशोधनभन्दा उत्पादनमा जोड देऊ

नेपालको आर्थिक अवस्थामा पछिल्लो समयमा सुधार भएको संकेत मिलेको भनी प्रक्षेपण गरिए पनि यो सुधारको संकेत लामो समय टिक्न सकेन । निर्यात व्यापारमा कमीका कारण यसको टिकाउ र दीर्घकालीन प्रभाव देखिएको छैन । त्यसो त यो निर्यात व्यापार सामान आयत गरेर प्रशोधन गरी पुनः निर्यात गर्दा हुन गएको मात्र हो । आफ्नो उत्पादन होइन । […] The post प्रशोधनभन्दा उत्पादनमा जोड देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषिजन्य वस्तुको पकेट क्षेत्र घोषणा र निर्यात

काठमाडौँ,१८ माघ । कृषि क्षेत्रमा आत्मनिर्भर हुन नलगाड नगरपालिकाले १० वटा बालीको पकेट क्षेत्र बनाएर काम थालेको छ । आयतित वस्तुलाई भन्दा आफ्नै उत्पादनमा जोड दिएर कृषिजन्य वस्तु उत्पादन गरी निर्यात गर्ने उद्देश्यले विभिन्न बालीको पकेट क्षेत्र बनाएर काम थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । नगरभित्रबाट मह, लसुन, मकैलगायत वस्तु जिल्ला […]

आयात प्रतिस्थापनका लागि उत्पादन वृद्धिमा जोड

अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् ।मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री शर्माले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न […]

मासिक १० करोडभन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट

आयात प्रतिस्थापन गर्न स्वदेशमा उत्पादन उपभोग र निर्यात सम्भावना भएको कृषि उद्योग र उत्पादनमूलक उद्योगको प्रवर्द्धन गरेर उत्पादन बढाइने भएको छ । यस्तै, उत्पादनको सम्भावना भएका कृषिजन्य वस्तु उत्पादन र प्रशोधन गर्दै आयात प्रतिस्थापनमा जोड दिइने छ ।नेपालमै उत्पादन सम्भावना भएका उद्योगबाट उत्पादित वस्तुको खपतमा जोड दिइने समेत अर्थमन्त्री जनार्दन शर्माले बताए । यसैगरी, उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, फुटवेयर र खानेपानी जस्ता वस्तुको निर्यात प्रबद्र्धन गरिने छ । यस्ता वस्तुको निर्यातमा ८

आन्तरिक उत्पादन बढाएर लोडसेडिङ कम गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्नु मुलुकको प्राथमिकता भएको बताएकी छिन् ।शनिबार काठमाडौंमा हिमालयन हाईड्रो एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित बिजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गर्दै आफ्नौ उत्पादनमा जोड […]

निर्यात सहजीकरणमा चेम्बरको जोड

काठमाडौं (अस) । नेपाल चेम्बर अफ कमर्सले बढ्दो व्यापार घाटा न्यूनीकरणका लागि निर्यात सहजीकरण गर्नुपर्नेमा जोड दिएको छ । नेपाल निर्यात परिषद्का नवनिर्वाचित पदाधिकारीलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनमा देखिएका नीतिगत कठिनाइ अन्त्य गर्न चेम्बरले पहल गर्ने बताए । प्राथमिकता प्राप्त वस्तुको निर्यातमा विकसित देशहरुले अल्पविकसित राष्ट्रलाई दिने सहुलियतसम्बन्धी व्यवस्था जीएसपी सुविधा रिन्यू नहुँदा समस्या भएको अध्यक्ष मल्लको भनाइ छ । अमेरिकाले पछिल्लो समय जीएसपी सुविधा कटौती गर्दा भन्सार करमा २० प्रतिशतसम्म अतिरिक्त भार परेको निर्यात व्यवसायीले गुनासो गरे । अध्यक्ष मल्लले विकसित देशबाट पाउने जीएसपी सुविधामा सहजीकरणका लागि सरकारी निकायका साथै सम्बन्धित देशका राजदूतसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । वस्तु निर्यात गर्दा अनलाइनबाट सीधै भुक्तानी गर्न सकिने व्यवस्था गरिए निर्यात दोब्बरले वृद्धि गर्न सकिने अध्यक्ष मल्लको धारणा छ । मुलुकभरबाट उत्पादन भएका कृषिजन्य, हस्तकला, जडीबुटी, चिया, कफीलगायतका वस्तुलाई एकै ठाउँ जम्मा गरी एकीकृत निर्यात केन्द्र वा निर्यात प्रवर्द्धनगृहमार्फत निकासी गर्न सकिए साना व्यवसायीलाई लाभ तथा उत्पादन लागत कम हुने अध्यक्ष मल्लले जानकारी दिए । मुलुकको निर्यात प्रवर्द्धनका लागि विदेशी निजी क्षेत्रसँग उच्चस्तरीय व्यावसायिक छलफल चलाउन चेम्बरले पहल गर्ने अध्यक्ष मल्लले बताए । चेम्बरले व्यापार सहजीकरण गर्न  विभिन्न देशका राजदूतसँग छलफल गरिरहेको र विदेशी निजी क्षेत्रसँग व्यापार सहजीकरणका लागि पहल भइरहेको उनको भनाइ छ । कार्यक्रममा नेपाल निर्यात परिषद्का नवनिर्वाचित अध्यक्ष रेशमबहादुर पोख्रेललले भन्सार प्रक्रिया सहजीकरण नहुँदा व्यवसायीले अनावश्यक दु:ख पाएको गुनासो गरे । राज्यबाट निर्यातकर्ताले पाउने सुविधा लिन पनि विभिन्न झन्झट भोग्नुपरेको अध्यक्ष पोख्रेलले बताए । राज्यले विभिन्न ३९ वटा वस्तुलाई निर्यात प्राथमिकताको सूचीमा राखे पनि निर्यात भने बढ्न नसकेको अध्यक्ष पोख्रेलको भनाइ छ । मुलुकमा कच्चा पदार्थ आयात गर्नुपर्दा निर्यातयोग्य वस्तुको  लागत बढेको व्यवसायीले बताए । चालू आर्थिक वर्षको ७ महिनामै व्यापार घाटा १० खर्ब १५ अर्ब पुगेको सन्दर्भमा चेम्बरले निर्यात प्रवर्द्धनका  विभिन्न विकल्पबारे परिषद्सँग छलफल गरेको हो ।

बेलायती राजदूतसँग परिसंघको छलफल, निर्यात प्रवद्र्धन र लगानी अभिवृद्धिमा जोड

नेपाल उद्योग परिसंघले  बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल गरेको छ  । छलफलमा परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न  राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ । बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए  । ‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए  । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे। बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक÷सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए । राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे  । ‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ,’ उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।’ नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उनको भनाइ छ । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याए  । नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ छ । यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे । उनीहरूले बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिए । बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि जोड दिए ।

मौलिक गहना बनाएर निर्यात गर्न जोड

गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताएका छन् ।बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउनुपर्ने बताए । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना […]