विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापन प्रभावकारी बनाउन राष्ट्रपति भण्डारीले दिइन् जोड

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गर्नु आवश्यक रहेको बताएकी छन्। काठमाडौँको भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको शनिबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले आयातित बिजुलीका कारण केही वर्षअघि मात्रै हामीले लोडसेडिङबाट मुक्ति पाएको उल्लेख गरिन्। उनले लोडसेडिङको दीर्घकालीन समाधान भनेको आफ्नै उत्पादन हुनु रहेको […]