एमाले मालिकाका सबै वडाअध्यक्ष सर्वसम्मत चयन

नेकपा एमाले गुल्मी मालिका गाउँपालिकाको ८ वटै वडाका वडा अध्यक्षहरू सर्वसम्मत चयन भएका छन् ।  वडा नम्बर १ नेटामा गङ्गाबहादुर श्रीस, २ मा खिमलाल अर्याल, ३ मा लाल बहादुर थापा, ४ अर्खावाङमा यमप्रसाद अर्याल, ५ हिलेमा  रुद्र गिरि, ६ अर्जैमा पुर्णप्रसाद पराजुली, ७ मा बेदप्रसाद पन्थी र ८ मा सुरेश पौडेल चयन भएको एमाले मालिका गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएर वडाअध्यक्ष गुप्ता एमालेको चुनावी प्रचारमा

बाराको जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले वडाअध्यक्षको कार्यवाहक जिम्मेवारी वडा सदस्य सिता उप्रेतीलाई दिएर आफू चुनावी प्रचारप्रसारमा गएका छन् ।  अध्यक्ष गुप्ताले कार्तिक १५ गते घरायसी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै कार्तिक १६ गतेदेखि लागु हुनेगरी वडाको सम्पूर्ण जिम्मेवारी सदस्य उप्रेतीलाई दिएका थिए  ।कहिलेसम्मको बिदा हो भन्ने मितिसमेत नखुलाई अध्यक्ष गुप्ता बारा ४ का एमाले उम्मेदवारको चुनाव प्रचारप्रसारमा गएको पाइएको छ । उनले बिदा पत्रमा घरायसी कामले

एमाले उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी

बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी भएका छन् । जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयलाई लिएर एमाले कार्यकर्ताले गरेको सडक आन्दोलनमा उम्मेदवार चौधरी आफै सहभागी भएका थिए । उम्मेदवार चौधरीले निर्वाचन आचारसंहिता विपरीत आन्दोलनमा सहभागी भएर वडाअध्यक्षलाई पक्राउ गरेको भन्दै प्रहरी, प्रशासनको कार्यशैलीको विरोध गरेका थिए ।  जिल्ला निर

विराटनगर महानगरका ६ वडाको मतगणना सम्पन्न, तीनमा एमाले विजयी

विराटनगर : १९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा ६ वडाको मत गणना सम्पन्न भएको छ। मुख्य निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार विराटनगरमा मंगलबार विहानसम्म ६ वडाको मत गणना सम्पन्न भएको हो।मुख्य निर्वाचन कार्यालयले  सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार विराटनगरमा एमाले तीन, काँग्रेस, जसपा र स्वतन्त्र उम्मेदवारले १÷१ वडामा वडाअध्यक्ष जितेका छन्।मंगलबार विहान सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार विराटनगर १ को वडाअध्यक्षमा एमालेका जितबहादुर बस्नेत १९०० मत ल्याएर विजयी भएका छन्।

भरतपुर महानगरमा एमाले–राप्रपाबीच तालमेल, राप्रपालाई उपमेयर

चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गर्ने भएको छ । त्यसका लागि एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी सहमति भएको बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति निर्देशन दिएको चितवन एमालेका नेताहरुले बताएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले महानगरमा एमालेसँग तालमेल भएको पुष्टि गरे । ‘तालमेल हुने पक्का भयो, उपमेयरसहित केही वडाअध्यक्ष राप्रपाका हुने

बुटवलमा एमाले र जनमुक्ति पार्टीबीच तालमेल

११ वैशाख, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीले बुटवलका १९ वडामा ११ जना वडा सदस्यको उम्मेदवार पाउने गरी एमालेसँग तालमेलको सहमति गरेको हो । सहमति अनुसार जनमुक्तिका मतदाताले एमालेका मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्य गरी ८६ पदका […]

एमाले ललितपुर महानगरमा ब्यन्जनकारसहित ११ वडाअध्यक्ष सर्वसम्मत चयन

काठमाडौं, ४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ललितपुर महानगरपालिकाका १० वडामा वडाध्यक्ष सर्वसम्मत चयन गरेको छ । एमाले महानगरले मेयरमा हरिकृष्ण ब्यन्जनकार र उपमेयरमा मञ्जली शाक्य (आस्था)लाई सर्वसम्मत सिफारिस गरेको हो । ब्यन्जनकार गत स्थानीय तहको चुनावमा २ चिरीबाबु महर्जनसँग २ सय मतले पराजित भएका थिए । शाक्य यस अघिको चुनावमा उम्मेदवारी बनेपनि […]

कास्कीको रुपामा एमालेका ३ वडाअध्यक्ष सर्वसम्मत सिफारिस

स्थानीय तहको चुनाव नजिकिएसँगै कास्कीमा दलहरूले आफ्ना उम्मेदवारको खोजी सुरु गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वडा तहबाट उम्मेदवार सिफारिस सुरू गरेको हो ।एमालेले रुपा गाउँपालिकाका ३ वटा वडामा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । वडा नम्बर ५, ६ र ७ मा सर्वसम्मत उम्मेदवार टुंगो लागेको एमाले रुपा गाउँपालिकाले जनाएको छ । वडा नम्बर ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्ण सुवेदी वडाध्यक्षको अन्तिम उम्मेदवार बनेका छन् ।यसअघिको निर्वाचनमा ५ र ६ एमालेले जितेको हो भने ७ मा कांग्रेसले वड

पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश

कपिलवस्तु । पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ता नेकपा एमाले प्रवेश गरेका छन् । कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई स्वागत गरेका छन् । त्यसका लागि ओली कपिलवस्तुनै पुगेका थिए । गुप्तासहित प्रदेश सांसद् धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगरपालिका-४ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ […] The post पूर्वमन्त्री बृजेशकुमार गुप्ता एमाले प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

सांसद बृजेशकुमार गुप्ता एमाले प्रवेश

पूर्वमन्त्री तथा सांसद बृजेशकुमार गुप्ता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गरेका छन् । सोमबार कपिलबस्तुमा आयोजित कार्यक्रममा गुप्तासहित विभिन्न पार्टी परित्याग गरेकाहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका वडा नम्बर १ का वडाअध्यक्ष सुदिप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय  बुद्धभूमि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दलाल यादव एमाल

काठमाडौँका सात वडाअध्यक्ष एकीकृत समाजवादीमा

काठमाडौँ – काठमाडौँका ११ स्थानीय तहका सातवडाका अध्यक्षहरुले एकीकृत समाजवादी रोजेका छन्। उनीहरुले शुक्रबार जिल्ला निर्वाचन कार्यालय काठमाडौँ पुगेर एमाले परित्याग गरेका हुन्। समाजवादीतिर लाग्नेमा काठमाडौं महानगरपालिकाका दुई जना छन्। कामनपा– ७ का शुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोलले समाजवादीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै बूढानीलकण्ठ नगरपालिका–३ का बालकृष्ण श्रेष्ठ, […]