वडा सदस्यलाई कार्यवाहक जिम्मेवारी दिएर वडाअध्यक्ष गुप्ता एमालेको चुनावी प्रचारमा

बाराको जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले वडाअध्यक्षको कार्यवाहक जिम्मेवारी वडा सदस्य सिता उप्रेतीलाई दिएर आफू चुनावी प्रचारप्रसारमा गएका छन् ।  अध्यक्ष गुप्ताले कार्तिक १५ गते घरायसी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै कार्तिक १६ गतेदेखि लागु हुनेगरी वडाको सम्पूर्ण जिम्मेवारी सदस्य उप्रेतीलाई दिएका थिए  ।कहिलेसम्मको बिदा हो भन्ने मितिसमेत नखुलाई अध्यक्ष गुप्ता बारा ४ का एमाले उम्मेदवारको चुनाव प्रचारप्रसारमा गएको पाइएको छ । उनले बिदा पत्रमा घरायसी कामले

सम्बन्धित सामग्री

मौन अवधिमा पैसा बाँडेको आरोपमा दुई वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

मौन अवधिमा निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको र चुनाव प्रचारप्रसारमा हिँडेको भन्दै जितपुरसिमरा उपमहानगरका २ जना वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपमहानगरका वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ता र वडा नं ६ का वडाअध्यक्ष कैयमुदिन अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । बहालवाला  जनप्रतिनिधि भएर निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा मतदातालाई प्रभाव पार्न पैसा बाँडेको र चुनावी प्रचारप्रसारमा  हिँडेको भन्दै वडाध्यक्षद्वय गुप्ता र अन्सारीलाई नियन्त्रणमा लिइएको जिल्ला प

बालेनले चाहँदैमा सजिलै उठ्दैन काठमाडौंको फोहोर, के के छन् चुनौती ?

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो जीत सुनिश्चित गरिसकेका छन् । निकै ठूलो मतान्तरका साथ मुख दल नेपाली कांग्रेस र नेकपा एमालेलाई हराउने सुनिश्चिततासँगै बालेन यतिबेला महानगरबासीका लागि 'हट टपिक' बनेका हुन् ।केही महिनाअघि मेयरमा उठ्ने उनको घोषणासँगै चर्चामा रहेका थिए । लगभग २० हजार मतान्तरसहित उनले बिजय हासिल गर्लान् भन्ने कसैको परिकल्पना थिएन । उनले मेयरमा उठ्ने घोषणा गर्नुभन्दा निकै अघिदेखि भित्री तयारी तीव्र बनाएका थिए । उनको तयारीका बारे प्रमुख दलहरू बेखबर थिए । मेयरमा बिजयी भएपनि उनले काम गर्न नसक्ने एकाथरीले टिप्पणी गर्न थालेका छन् । उनले चुनावी घोषणापत्रमा जेजे उल्लेख गरेका छन्, ती सबै सम्पन्न गर्न उनलाई संघ, प्रदेश, काठमाडौंकै वडाअध्यक्ष र महानगरबासीको सहयोग चाहिन्छ । काठमाडौँको सबैभन्दा ठूलो समस्या यहाँको फोहोर नउठ्नु हो । आफ्नो माग पूरा नभएको भन्दै बन्चरेडाँडास्थित ल्याण्डफिल्ड साइट वरपरका बासिन्दाले काठमाडौँको फोहोर व्यवस्थापनमा असहयोग गर्दै आइरहेका छन् । प्रहरी लगाएर काठमाडौँको फोहोर बन्चरेडाँडामा लैजानुपर्ने बाध्यता बनेको छ । विगत केही महिनादेखि काठमाडौँमा यत्रतत्र फोहोर भेटिन देखिन थाल्नुको मुख्य कारण ल्याण्डफिल्ड साइटमा स्थानीयहरूको अवरोध नै हो । काठमाडौँको फोहोर व्यवस्थापन गर्ने मुद्दा लिएर मेयरमा जित सुनिश्चित गरेका बालेनले के गर्लान् भन्ने चासोको विषय बनेको छ । केही दिनयता प्रहरी परिचालन गरेरै भएपनि ल्याण्डफिल्ड साइटमा फोहोर लैजान थालिएको छ । तर दीर्घकालीन व्यवस्थापनका लागि अहिलेको सानो प्रयास पर्याप्त छैन । यस्तो छ काठमाडौँको फोहोर व्यवस्थापनको अवस्था काठमाडौँ महानगरमा दैनिकजसो सयौं टन फोहोर जम्मा हुन्छ । यसको व्यवस्थापनका महानगरसहित लागि ७० निजी संस्थाहरूले काम गरेका छन् । तर पनि फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । ती संस्थाहरू फोहोरमैला व्यवस्थापन महासंघसमा आबद्ध छन् । महानगरको वातावरण व्यवस्थापन विभागले उपलब्ध गराएको सूचना अनुसार काठमाडौँ महानगरमा दैनिक ५ सय १६ टन फोहोर उत्पादन हुन्छ । महानगरले उक्त फोहोरलाई २६ किलोमिटर टाढा ककनी गाउँपालिकाको वडा नम्बर २ मा रहेको सिसडोल र त्यसको केही टाढा बन्चरेडाँडामा लगेर थुपार्ने गरेको छ । काठमाडौँ महानगरलगायत अन्य १७ पालिकाको फोहोर सिसडोल र बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । तर स्थानीहरूले पटक-पटक फोहोर व्यवस्थापनको कार्यलाई अवरोध गर्दै आइरहेका छन् । पछिल्लो समय फोहोर थुप्र्याउने ठाउँ वरपरको जग्गा सरकारले मुआब्जा तिरेर लिइदिनुपर्ने माग राखिएको छ । त्यस्तै पक्की सडक बनाइदिनुपर्ने, उक्त क्षेत्रका जनतालाई रोजगारी दिनुपर्ने लगायतका मागहरू सदाबहार माग हुन् । महानगरका एक कर्मचारी भन्छन्, 'एउटा माग पूरा गरेलगत्तै अर्को माग आउँछ । कतिपय पूरा गर्नै नसकिने मागहरू पनि छन् । त्यहाँका जनताको स्वार्थप्रेरित मागहरूले गर्दा हामीलाई फोहोर व्यवस्थापनमा अप्ठेरो परिरहेको छ ।'निजी क्षेत्रबाट संकलन गरिएको फोहोर लैजाने टिप्परबाट महानगरले पैसासमेत लिने गरेको छ । वातावरण विभागका प्रमुख सरिता राईका अनुसार ८ टन भन्दा माथिको फोहोर बोकेर जाने टिप्परबाट ४ सय र ८ भन्दा थोरै टन लिएर जाने टिप्परबाट ३ सय लिने गरेको छ । उक्त रकमबाट फोहोर व्यवस्थापन गर्न कर्मचारीको सेवा सुविधा व्यवस्थापन गर्ने गरिएको राईले बताइन् । महानगर भने आफ्नै गाडीहरूको प्रयोग गरेर फोहोर व्यवस्थापन गर्ने गरेको छ । काठमाडौँका कतिपय खुला क्षेत्रबाट महानगर आफैंले फोहोर उठाउने गर्छ । कालीमाटी पूल, टेकु सुन्धारा, जमल, कोटेश्वर, बालकुमारी पुल, जडिबुटी, महाराजगंज चोक, माइतीघर, बानेश्वर, तिनकुने, एयरपोर्ट, दरबारमार्ग क्षेत्रबाट महानगर आफैं फोहोर उठाउने गर्छ भने अन्य क्षेत्रबाट निजी संस्थाहरूले उठाउने गर्छन् । एकपटक शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अनौपचारिक कुराकानीका क्रममा भनेकी थिइन्, 'काठमाडौँको फोहोर व्यवस्थापनमा ठूलो सिण्डिकेट छ । मन्त्रीस्तरीय निर्णयले मात्र फोहोर उठ्दैन । सिण्डिकेट यति बलियो छ कि, उस्तै परे मन्त्रीकै जागिर धरापमा पर्छ ।' उनको भनाइले पुष्टि गर्छ, काठमाडौँको फोहोर व्यवस्थापन सोचेभन्दा निकै कठीन छ । छैन दीर्घकालीन व्यवस्थापनको योजना आजभन्दा ४ वर्षअघि २०७५ को वैशाख २४ गते लगानी बोर्ड र फोहोर व्यवस्थापन गर्ने कम्पनी नेपवेस्टबीच प्रारम्भिक आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । करीब ५ अर्बबराबरको उक्त सम्झौता आजसम्म पनि कार्यान्वयन हुन सकेको छैन । बरू लगानी बोर्डले उक्त सम्झौता काठमाडौँ महानगरलाई हस्तान्तरण गर्यो । नयाँ ऐनमा ६ अर्ब भन्दा माथिको आयोजना मात्र लगानी बोर्डले हेर्न पाउने प्रावधान रहेकाले २०७६ को वैशाखमै उक्त सम्झौता महानगरपालिकालाई दिइएको र त्यसपछि के भयो भन्ने थाहा नभएको बोर्डका सह-प्रवक्ता रमेश अधिकारीले बताए । काठमाडौँ महानगरपालिकाका प्रवक्ता बसन्त आचार्यले फाइल महानगरमा आएको आएको तर त्यसमा कुनै प्रगती नभएको बताउँछन् । त्यतिबेला लगानी बोर्डले तत्कालीन सीईओ महाप्रसाद अधिकारीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत सामेल भएको समिति बनाएको थियो । उक्त समितिले प्रतिवेदन तयार गरेर मुख्यसचिवलाई पठाएको थियो । उक्त प्रतिवेदनमा फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी महानगरकै रहने उल्लेख छ । तर हालसम्म उक्त प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन ।स्ट्रकचरल इन्जिनियर बालेन्द्र शाह फोहोर व्यवस्थापनका यी सबै प्रक्रियामा कति जानकार होलान् यो उनको विषय हो । तर अन्तरपालिका समन्वयसँग जोडिएको यो विषय सल्ट्याउन त्यति सहज छैन । महानगर एक्लैले आफ्नो फोहोर व्यवस्थापन गर्न सक्ने स्थिति नै देखिन्न । ककनी नगरपालिकास्थित ल्याण्डफिल्ड साइटमा देखिएको व्यवस्थापनको जिम्मा संघ सरकारले नै लिनुपर्छ ।

एमालेलाई समर्थन गर्दै माओवादी उम्मेदवारले ‘फिर्ता लिए’ उम्मेदवारी

रूपन्देही । अर्घाखाँचीको शितगंगा नगरपालिका– १० मा माओवादी केन्द्रका वडाअध्यक्ष उम्मेदवार रवि बेल्बासेले एमालेका उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी ‘फिर्ता लिएका’ लिएका छन् । नगरपालिकाको अध्यक्षमा पाँच दलीय गठबन्धन र एमालेबीच चुनावी प्रतिस्पर्धा भए पनि वडामा सबै दल एक्लाएक्लै भिडेका थिए । माओवादी उम्मेदवारले सघाउने भएपछि यहाँका एमाले उत्साही भएका छन् । उक्त वडा माओवादीको […]