भारतबाट फर्किने नेपालीमा देखिन थाल्यो कोरोना संक्रमण

पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ ।

सम्बन्धित सामग्री

जमुनाह नाकामा ६ दिनमा सात जना नेपालीमा कोरोना पुष्टि

भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण देखिएको छ । १५ जेठ अघि कोरोना संक्रमित फेला नपरे पनि त्यसयता भारतबाट फर्किने नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जमुनाह हेल्थ डेस्कका सिनियर ल्याव टेक्निसियन...

भारतबाट फर्केका तीन जनालाई कोरोना पुष्टि

भारतबाट फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा परेको छ। भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।...

सुदूरपश्चिममा होल्डिङ सेन्टर निर्माणको काम अधुरै, संक्रमित व्यवस्थापनमा चुनौती

२७ पुस, धनगढी । पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ । दैनिक कम्तीमा पनि एक सय जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ । भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने […]

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री खड्काद्वारा गौरीफन्टा नाकाको निरीक्षण

१ भदौँ, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । मन्त्री खड्काले मंगलबार गौरीफन्टा नाकाको निरीक्षण गर्दै तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने जनाएका छन् । भारतबाट फर्किने सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन खड्काले […]

भीमदत्त नगरपालिकाद्वारा गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माण

वैशाख २२, महेन्द्रनगर । भारतसँग जोडिएको कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने भएको छ । भारतबाट फर्किने नेपालीलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्नका लागि नाकामा होल्डीङ सेन्टर निर्माण गर्न लागिएको हो ।भीमदत्त नगरपालिकाले नेपाली सेना लगायत अन्य साझेदार संस्थाहरुसँगको सहकार्यमा नाकामा होल्डीङ सेन्टर निर्माण गरिएको हो । सीमामा स्थायी होल्डिङ सेन्टर बनाउने सरकारको निणर्य भएपछि त्यसका लागि आवश्यक बजेट नपठाउँदा नगरपालिकाले आफ्नै स्रोत साधनबाट अस्थायी होल्डीङ सेन्टर निर्माण गर्न लागेको हो । सेन्टर बनाउन प्रदेश सरकारले प्रतिवद्धता जनाएका पनि निर्माण कार्यमा चाँसो नदिएका कारण भीमदत्त नगरपालिकाले निर्माण कार्य थालेको हो । होल्डिङ सेन्टर निर्माणमा निड्स नेपाल र नेपाली सेनाले मद्दत गरिरहेका छन् । होल्डीङ सेन्टर निर्माणको जिम्मेवारी पाएका निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सेन्टर निर्माण कार्य अगाडी बढी सकेको बताए । उनका अनुसार सेन्टर निर्माणका लागि बाँस र त्रिपालको व्यवस्था भइरहेको छ । ‘नगरपालिकाबाटै तत्काल होल्डिङ सेन्टर निर्माणका लागि निर्देशन भएको छ ।’ कार्यकारी निर्देश रेग्मीले भने ‘आजसम्ममा बाँस आईपुग्छ बिहीवारबाट नेपाली सेनाले होल्टीङ सेन्टर निर्माण कार्य शुरु गर्छन् ।’ उनका अनुसार नाकामा एक हजार जना अटाउन सक्ने क्षमताको महिला र पुरुषका लागि छुट्टाछुट्टै होल्डिङ सेन्टर तयार गरिने छ । होल्डिङ सेन्टरमा भीमदत्त नगरपालिकाले सेन्टरको लागि चाहिने आवश्यक बाँस लगायतका सामाग्री जुटाउन आर्थिक सहयोग गर्नेछ भने नेपाली सेनाले सेन्टर निर्माणसँगै त्यसलाई सञ्चालनको जिम्मा लिनेछ । साथै निड्स नेपालले त्रिपालको व्यवस्थापन गरिरहेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नाका तत्काल होल्डिङ सेन्टर निर्माणका लागि निर्देशन गरिएको बताए । उनका अनुसार संक्रमणको दर बढ्दै जाँदा नाकामा आउने नेपालीको संख्या बढी रहेकोले जतिसक्दो चाँडो होल्डीङ सेन्टर निर्माण गर्ने पक्षमा नगरपालिका रहेको बताए । ‘सरकारले स्थायी रुपमा भारत सँग जोडिएका सिमा क्षेत्रहरुमा होल्डिङ सेन्टर बनाउने भनेर निर्णय गरेको थियो, निर्णय गरेको भएपनि बजेट व्यवस्थापनको कुरामा ढिलाइ भयो’, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘स्थायी रुपमा सरकारले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको भएपनि नगरपालिकाले नेपाली सेना, निड्स नेपालसँग साझेदारी गरेर अस्थायी रुपमा भएपनि होल्डिङ सेन्टर निमार्ण गर्न लागेको हो, केही दिनमा नेपाली सेनाले अस्थायी रुपमा निमार्ण गर्नेछ ।’   सरकारीले स्थायी रुपमा बनाउने भनेपनि नगरपालिकाले स्वदेश फर्कने नेपाली नागरिकको सहजताका लागि केही दिनको लागि भएपनि अस्थायी रुपमा होल्डिङ सेन्टर निमार्ण गर्न लागेको नगर प्रमुख विष्टको भनाइ छ ।

कैलालीमा वैशाख ३० गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

वैशाख १९, कैलाली । कोरोना संक्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को शनिवार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।  यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाले वैैशाख २० देखि ३० गतेसम्म बिहान ९ देखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने व्यवस्था गरिएको छ । एकतिर कोरोना संक्रमण फैलँदैछ भने अर्कोतर्फ भारतबाट नेपाल फर्कने नेपालीको संख्यासमेत बढ्दै गएको छ । भारतबाट नेपाल फर्कने नेपाली सिधै गाउँ पस्ने गरेका कारण समुदायमा थप जोखिम बढाएको छ ।  सुदूरपश्चिमका नाकामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको छ । प्रदेशका सीमा नाकामा भारतबाट फर्किने नेपालीको संख्या बढिरहेका बेला एन्टिजेन किटको अभाव हुन थालेकाले थप जोखिम बढेको हो ।  भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० को संख्यामा नेपाली सुदूरपश्चिम भित्रिरहेका छन् । तीमध्ये थोरै संख्यामा मात्र परीक्षण हुने गरेको छ । गौरीफण्टा नाकाबाट दैनिक झण्डै एक हजार भित्रिए पनि १०० देखि १५० जनासम्मको मात्र कोरोना परीक्षण हुने गरेको छ । किट अभावका कारण आवश्यकतानुसार कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।  कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था नभएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी शुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आइतवारदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालिने जानकारी दिए ।

कञ्चनपुरमा होम क्वरेन्टीनमा बस्न सकिने कार्यविधि पारित

कञ्चनपुर - भारतबाट फर्किने नेपालीको चाप बढेसँगै कञ्चनपुरमा होम क्वरेन्टीनमा बस्ने सकिने कार्यविधि तयार गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको बैठकले दिनप्रतिदिन बढिरहेको चापका कारण क्वरेन्टीनको व्यवस्थापनमा समस्या भएकाले होम क्वरेन्टीनमा बस्न सकिने कार्यविधि पार...