भीमदत्त नगरपालिकाद्वारा गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माण

वैशाख २२, महेन्द्रनगर । भारतसँग जोडिएको कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्डिङ सेन्टर निर्माण गरिने भएको छ । भारतबाट फर्किने नेपालीलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्नका लागि नाकामा होल्डीङ सेन्टर निर्माण गर्न लागिएको हो ।भीमदत्त नगरपालिकाले नेपाली सेना लगायत अन्य साझेदार संस्थाहरुसँगको सहकार्यमा नाकामा होल्डीङ सेन्टर निर्माण गरिएको हो । सीमामा स्थायी होल्डिङ सेन्टर बनाउने सरकारको निणर्य भएपछि त्यसका लागि आवश्यक बजेट नपठाउँदा नगरपालिकाले आफ्नै स्रोत साधनबाट अस्थायी होल्डीङ सेन्टर निर्माण गर्न लागेको हो । सेन्टर बनाउन प्रदेश सरकारले प्रतिवद्धता जनाएका पनि निर्माण कार्यमा चाँसो नदिएका कारण भीमदत्त नगरपालिकाले निर्माण कार्य थालेको हो । होल्डिङ सेन्टर निर्माणमा निड्स नेपाल र नेपाली सेनाले मद्दत गरिरहेका छन् । होल्डीङ सेन्टर निर्माणको जिम्मेवारी पाएका निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले सेन्टर निर्माण कार्य अगाडी बढी सकेको बताए । उनका अनुसार सेन्टर निर्माणका लागि बाँस र त्रिपालको व्यवस्था भइरहेको छ । ‘नगरपालिकाबाटै तत्काल होल्डिङ सेन्टर निर्माणका लागि निर्देशन भएको छ ।’ कार्यकारी निर्देश रेग्मीले भने ‘आजसम्ममा बाँस आईपुग्छ बिहीवारबाट नेपाली सेनाले होल्टीङ सेन्टर निर्माण कार्य शुरु गर्छन् ।’ उनका अनुसार नाकामा एक हजार जना अटाउन सक्ने क्षमताको महिला र पुरुषका लागि छुट्टाछुट्टै होल्डिङ सेन्टर तयार गरिने छ । होल्डिङ सेन्टरमा भीमदत्त नगरपालिकाले सेन्टरको लागि चाहिने आवश्यक बाँस लगायतका सामाग्री जुटाउन आर्थिक सहयोग गर्नेछ भने नेपाली सेनाले सेन्टर निर्माणसँगै त्यसलाई सञ्चालनको जिम्मा लिनेछ । साथै निड्स नेपालले त्रिपालको व्यवस्थापन गरिरहेको छ । नगर प्रमुख सुरेन्द्र विष्टले नाका तत्काल होल्डिङ सेन्टर निर्माणका लागि निर्देशन गरिएको बताए । उनका अनुसार संक्रमणको दर बढ्दै जाँदा नाकामा आउने नेपालीको संख्या बढी रहेकोले जतिसक्दो चाँडो होल्डीङ सेन्टर निर्माण गर्ने पक्षमा नगरपालिका रहेको बताए । ‘सरकारले स्थायी रुपमा भारत सँग जोडिएका सिमा क्षेत्रहरुमा होल्डिङ सेन्टर बनाउने भनेर निर्णय गरेको थियो, निर्णय गरेको भएपनि बजेट व्यवस्थापनको कुरामा ढिलाइ भयो’, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘स्थायी रुपमा सरकारले होल्डिङ सेन्टर बनाउने निर्णय गरेको भएपनि नगरपालिकाले नेपाली सेना, निड्स नेपालसँग साझेदारी गरेर अस्थायी रुपमा भएपनि होल्डिङ सेन्टर निमार्ण गर्न लागेको हो, केही दिनमा नेपाली सेनाले अस्थायी रुपमा निमार्ण गर्नेछ ।’   सरकारीले स्थायी रुपमा बनाउने भनेपनि नगरपालिकाले स्वदेश फर्कने नेपाली नागरिकको सहजताका लागि केही दिनको लागि भएपनि अस्थायी रुपमा होल्डिङ सेन्टर निमार्ण गर्न लागेको नगर प्रमुख विष्टको भनाइ छ । 

सम्बन्धित सामग्री

‘होल्डिङ सेन्टर’ प्रयोगविहीन

काठमाडौं, असार १७ । भारतलगायत तेस्रो मुलुकबाट नेपाल आउने कोभिड–१९ बाट सङ्क्रमित भएकालाई राख्‍न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र प्रयोगविहीन बनेका छन्। पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म नेपाल–भारत सीमामा विभिन्न सात ठाउँमा निर्माण गरिएका ती होल्डिङ सेन्टर प्रयोगविहीन बन्नुका साथै त्यसको स्वामित्व कसले लिने भन्ने विषय अन्योल बनेको छ। कोभिड–१९ को दोस्रो लहरको समयमा […]

धनगढीमा कोरोनाकालको होल्डिङ सेन्टर प्रयोगविहीन

कैलालीको धनगढीमा निर्माणाधीन होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा रहेको छ।

अझै बन्न सकेन ‘होल्डिङ सेन्टर’

काठमाडौं, असार २१ । मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्‍न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन […]

‘होल्डिङ सेन्टर’ अझै निर्माण हुन सकेन

मुलुकमा फेरि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या दिनदिनै बढ्दै गएको अवस्थामा सङ्क्रमितलाई राख्न सकिने ‘होल्डिङ सेन्टर’ भने अझै निर्माण हुन सकेका छैनन् । कोभिड–१९ का सङ्क्रमितहरूको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकलाई राख्‍न ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र निर्माण गर्ने निर्णय गरिएको डेढ वर्ष पुग्न लाग्दा पनि ‘होल्डिङ सेन्टर’ अझै तयार हुन सकेको छैन । सरकारले निर्णय गरेका आठ ठाउँमध्ये अहिलेसम्म एउटाको जग्गा प्राप्ति नै हुन नसक्दा

सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’

कोभिड– १९ संक्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।

सुर्खेतका दुई स्थानमा ‘होल्डिङ सेन्टर’

कर्णाली, ११ माघ: कोभिड– १९ सङ्क्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । […]

सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण

सल्यान : कर्णाली प्रदेशको नाका सल्यानको कपुरकोटमा होल्डिङ सेन्टर निर्माण गरिएको छ। भारतलगायत तेस्रो मुलुक तथा अन्तर जिल्लाबाट आएका नागरिकलाई कोरोना संक्रमण परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो। कर्णाली प्रदेश सरकारको सहयोगमा गाउँपालिकाको वडा नं. ३ स्थित प्रहरी चेक पोष्ट नजिकै भवन निर्माण गरिएको छ।सम्भावित कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरेर होल्डिङ सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष भीम बहादुर सेनले बताए। होल्डिङ सेन्टर सञ्चालनमा ल्याउन अझै पनि समस्या र

होल्डिङ सेन्टर बनाउन अझै समय लाग्ने

काठमाडौं। भारतबाट नेपाल प्रवेश बिन्दुमा होल्डिङ सेन्टर राखेर पीसीआर र एन्टीजेन परीक्षण गर्ने निर्णय भए पनि भौतिक संरचना निर्माणको काम अघि बढेको छैन। मन्त्रिपरिषद्ले ८ नाकामा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो। तर, अहिलेसम्म जग्गा व्यवस्थापनसमेत भएको छैन। सीसीएमसी सचिवालयकाअनुसार होल्डिङ सेन्टर तयार पार्न अझै ४ हप्ता लाग्ने बताएको छ।

सीमा नाकामा होल्डिङ सेन्टर बनाउने सरकारको निर्णय

सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने भएको छ । सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका हुन् ।