कैलालीमा वैशाख ३० गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

वैशाख १९, कैलाली । कोरोना संक्रमण समुदायस्तरमै फैलिएकाले कैलालीमा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)को शनिवार बसेको बैठकले वैशाख ३० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको हो ।  यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाको समयमा सबै बैंक तथा वित्तीय संस्थाले वैैशाख २० देखि ३० गतेसम्म बिहान ९ देखि साढे ११ बजेसम्म मात्र एउटा बैंकको एउटा मात्र शाखा खुला गर्न पाउने व्यवस्था गरिएको छ । एकतिर कोरोना संक्रमण फैलँदैछ भने अर्कोतर्फ भारतबाट नेपाल फर्कने नेपालीको संख्यासमेत बढ्दै गएको छ । भारतबाट नेपाल फर्कने नेपाली सिधै गाउँ पस्ने गरेका कारण समुदायमा थप जोखिम बढाएको छ ।  सुदूरपश्चिमका नाकामा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव हुन थालेको छ । प्रदेशका सीमा नाकामा भारतबाट फर्किने नेपालीको संख्या बढिरहेका बेला एन्टिजेन किटको अभाव हुन थालेकाले थप जोखिम बढेको हो ।  भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका कञ्चनपुरको गड्डाचौकी र गौरीफण्टा नाका, बैतडीको झुलाघाट नाका र दार्चुलाको पुलघाट नाकाबाट दैनिक दुई हजारदेखि दुई हजार ५०० को संख्यामा नेपाली सुदूरपश्चिम भित्रिरहेका छन् । तीमध्ये थोरै संख्यामा मात्र परीक्षण हुने गरेको छ । गौरीफण्टा नाकाबाट दैनिक झण्डै एक हजार भित्रिए पनि १०० देखि १५० जनासम्मको मात्र कोरोना परीक्षण हुने गरेको छ । किट अभावका कारण आवश्यकतानुसार कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।  कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था नभएपछि कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने तयारी शुरु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आइतवारदेखि उक्त स्थानमा आवश्यक संरचना व्यवस्थापनका लागि तयारी थालिने जानकारी दिए ।

सम्बन्धित सामग्री

यस वर्ष एसईई वैशाख ९ देखि २० सम्म

काठमाडौँ- यस वर्षको माध्यमिक परीक्षा (एसईई) वैशाख ९ देखि वैशाख २० गतेसम्म हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको एसईई वैशाख ९ देखि २० सम्म हुने भएको हो। गत वर्ष कोरोना महामारीका कारण जेठ १३ गतेदेखि २४ गतेसम्म भएको थियो।

वैशाख ९ बाट एसईई हुने

आगामी वैशाख ९ गतेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने भएको छ । बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि वैशाख २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।  परीक्षा तालिका बिहीवार सार्वजनिक गर्ने तयारी छ ।

एसईई वैशाख ९ गतेदेखि हुने

२६ माघ, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको […]

स्थानीय चुनावको मिति प्रस्ताव : पहिलो चरण– वैशाख १४, दोस्रो चरण– वैशाख २२

निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै चुनावको मिति प्रस्ताव गरेका हुन् । देशैभर एकै चरणमा चुनाव गर्न सम्भव नभए पहिलो चरण वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते गर्न सकिने प्रस्ताव गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मितिबारे गरिएको प्रस्ताव सार्वजनिक गरेका छन् । यस्तो छ विज्ञप्ति –

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ। साेमबारकाे बैठक सकिएपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।...

वैशाख १९ गतेदेखि डडेलधुरामा निषेधाज्ञा

धनगढी । जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो । शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु […]

डडेलधुरामा वैशाख १९ गतेदेखि निषेधाज्ञा

१७ वैशाख, धनगढी । जिल्ला प्रशासन कार्यालय डडेलधुराले वैशाख १९ गतेदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए । शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा वैशाख १९ गते […]

मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने

प्रसिद्ध धार्मिक गन्तव्य मुस्ताङको मुक्तिनाथ मन्दिर वैशाख मसान्तसम्म बन्द हुने भएको छ

टोखाका विद्यालय वैशाख ९ देखि बन्द हुने

काठमाडौं । टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणद र फैलन नदिन वैशाख नौदेखि विद्यालय बन्द गर्न लागेको जानकारी दिए ।“वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोना सम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख १० देखि १५ गतेसम्म सबै विद्यालय बन्द गर्ने र वैशाख १६ गतेदेखि स्वास्थ्