कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिए

काठमाडौं : कोपा अमेरिका फुटबलमा  कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन्। ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका हुन्।खेल अवधिभर भेनेजुएलामाथि दवाब बनाए पनि कोलम्बिया गोल गर्न सकेन।  खेलको इन्ज्युरी समयमा कोलम्बियाका लुइस डियाज रेड कार्ड खाँदै बाहिरिएका थिए। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग अंक बाँडेको ह

सम्बन्धित सामग्री

कोपा अमेरिका फुटवलको समूह विभाजन , अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिकाको समूह विभाजन गरिएको छ । यस वर्षको कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् । दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । त्यस्तै उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट […]

बेलायतको रेड लिस्टबाट नेपाल हट्यो

बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएको छ । बेलायत सरकारले सोमबारबाट लागू हुनेगरी नेपाललाई रेड लिस्टबाट हटाएको हो । कोरोना संक्रमण दर धेरै भएको र यसलाई नियन्त्रणमा लिन भन्दै बेलायतले नेपालसहित ५४ देशलाई रेड लिस्टमा राखेको थियो । तर बिहीबार नेपालसहित ४७ वटा देश यस्तो सूचीबाट हटेका छन् ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्वीटरमार्फत नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी दिएकी छन् । पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित ७ देश बेलायतको रेड लिस्टमै छन् ।रेड लिस्टबाट हटेसँगै अब बेलायत जाने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुनेछ ।

बेलायतले नेपाललाई दियो ‘ग्रीन सिग्नल’

कोरोना महामारीका कारण बेलायत सरकारद्वारा अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’मा रहेको नेपाल अन्ततः मुक्त भएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायत सरकारले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् ।रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले  बेलायत आउँदा  ११ रातको होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छै

आज राति देखि डिभी भर्न सकिने, प्लस टु बिद्यार्थी पनि योग्य, कहाँबाट कसरी भर्ने ?

सन् २०२३ को डीभी नेपाली समयानुसार आज बेलुका पौने १० बजेदेखि  भर्न सकिने भएको छ। सन् २०२३ का बिजेताको नाम यहि सन २०२२ को मे मा थाहा हुने र यही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने ज्नाइएको छ। नेपाल लगायत मकाउ र ताइवानले डिभीको लागि आबेदन दिन सक्नेछन तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले भने डीभी भर्न पाउनेछैनन्।डीभी भर्नका लागि १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्नेछ भने डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।डिभी भर्नका लागि १८ बर्ष नपुगेपनि भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरेको भने हुनुपर्ने छ।। अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन्।सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।  डिभी भर्नका लागि एउटा व्यक्तिले एउटा भन्दा बढी आबेदन दिएमा उसको आबेदन स्वत रद्द हुनेछ। त्यसति डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ भने एकल उल्लेख गरेर डिभी भर्नेले एकल नै उल्लेख गरेर भर्नुपर्नेछ।डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य गरिएको छ। पछिल्लो २ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो ।पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ।अमेरिका बसेका नेपालीहरुले पनि डिभी भर्न पाउनेछन्। यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।डिभी भर्नका लागि यो लिंक वा यहाँ क्लिक गर्नुहोस

कोपा अमेरिकामा आज राती दुई खेलहरु हुँदै

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत समूह ‘बी’को समूह चरणको अन्तिम दुई खेलहरु हुँदैछन्। आज हुने खेलहरुमा ब्राजिल र इक्वेडर तथा पेरु र भेनेजुएलाबीच प्रतिस्पर्धा हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राती२ः४५ बजेबाट सुरु हुनेछ। क्वार्टरफाइनलमा स्थान इक्वेडर आफ्नो खेलसँगै पेरु र भेनेजुयलाबीचको नतिजामा भर पर्नुपर्छ। समुह ‘बी’को शीर्ष स्थानमा ब्राजिल छ। भने दोस्रो स्थानमा कोलम्बिया,तेस्रोमा पेरु,चौथोमा इक्वेडर र पाँचौमा भेनेजुएला रहको छ।

कोपा अमेरिकामा आज राती भेनेजुएला र इक्वेडर भिड्दै

एजेन्सी। कोपा अमेरिका फुटबल प्रतियोगितामा आज राती भेनेजुएलाले इक्वेडरको सामना गर्दैछ। ब्राजिलको ओलम्पिक रंगशालामा हुने खेल नेपाली समयअनुसार राती२ः४५ बजेदेखि सुरु हुनेछ। त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा सोमबार बिहान कोलम्बिया र पेरु भिड्दैछन्। स्टाडियो ओलम्पिको रंगशालामा हुने खेल बिहान५ः४५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको समूह‘ए’मा रहको कोलम्बिया अंक तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै भेनेजुएला तेस्रो, इक्वेडर चौथो र पेरु पाँचौ स्थानमा छन्।

कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी रोकिए

एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार बिहान भएको खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। ब्राजिलको ओलिम्पिको रंगशालामा सम्पन्न खेलमा दुबै टोली गोल गर्न असफल रहे। खेलमा कोलम्बियाका लुइस डाइजले इन्जुरी समयमा रातो कार्ड पाएका थिए। समूह 'ए' मा कोलम्बियाले पहिलो खेलमा इक्वेटरलाई १-० ले पराजित गर्दा भेनेजुएला ब्राजिलसँग ३-० ले पराजित भएको थियो।

कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दै

३० जेठ, काठमाडौं । मिनी विश्वकप मानिने युरोकप सुरु भएको दुई दिनपछि विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका सोमबारदेखि ब्राजलिमा सुरु हुँदैछ । ४७ औं संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि …