आज राति देखि डिभी भर्न सकिने, प्लस टु बिद्यार्थी पनि योग्य, कहाँबाट कसरी भर्ने ?

सन् २०२३ को डीभी नेपाली समयानुसार आज बेलुका पौने १० बजेदेखि  भर्न सकिने भएको छ। सन् २०२३ का बिजेताको नाम यहि सन २०२२ को मे मा थाहा हुने र यही वर्षको सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्न सक्ने ज्नाइएको छ। नेपाल लगायत मकाउ र ताइवानले डिभीको लागि आबेदन दिन सक्नेछन तर बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, हैटी, होन्डुरस, भारत, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, बेलायत, भेनेजुएला र भियतनामका नागरिकले भने डीभी भर्न पाउनेछैनन्।डीभी भर्नका लागि १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव हुनुपर्नेछ भने डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।डिभी भर्नका लागि १८ बर्ष नपुगेपनि भिसा पाउने बेलासम्म प्लस टु उत्तिर्ण गरेको भने हुनुपर्ने छ।। अमेरिकी दूतावास काठमाडौंका अनुशार डिभी लोटरी भर्नका लागि कुनै उमेरको सिमाबन्दी छैन । कन्सुलर अधिकारीले उमेरको कुनै हदबन्दी नरहेको तर पढाई वा कामको अनुभव लगायतका अन्य योग्यताका मापदण्डहरु पूरा गर्नुपर्ने बताएका छन्।सन् २०२३ को डिभी लोटरीमा सहभागी हुनका लागि ११ वा १२ कक्षा पढ्दै गरेकाहरु पनि सहभागी हुनसक्नेछन् तर उनीहरुले डिभी परेर भिसा पाउनका लागि भने १२ कक्षा उत्तिर्ण गरेको हुनुपर्छ ।  डिभी भर्नका लागि एउटा व्यक्तिले एउटा भन्दा बढी आबेदन दिएमा उसको आबेदन स्वत रद्द हुनेछ। त्यसति डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ भने एकल उल्लेख गरेर डिभी भर्नेले एकल नै उल्लेख गरेर भर्नुपर्नेछ।डिभी लोटरी भर्न पासपोर्ट भने अनिवार्य गरिएको छ। पछिल्लो २ बर्षदेखि डिभी लोटरी आवेदनमा पासपोर्ट अनिवार्य गरिएको हो ।पासपोर्टमा भएको नाम, पासपोर्ट नम्बर, पासपोर्टको म्याद, जारी भएको देश लगायतका विवरणहरु भर्नुपर्नेछ।अमेरिका बसेका नेपालीहरुले पनि डिभी भर्न पाउनेछन्। यदि डिभी लोटरी पर्ने नेपाली संयुक्त राज्य अमेरिकामा भएमा त्यस्तो व्यक्तिले युएससीआईएससँग आफ्नो स्टेटस समायोजन गर्नुपर्छ । अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐनको दफा २४५ को शर्तअनुसार जो व्यक्ति संयुक्त राज्य अमेरिकामा भौतिक रूपमा उपस्थित छन् उनीहरूले युएससीआईएसमा स्थायी बसोबासको लागि निवेदन दिन सक्छन् ।डिभी भर्नका लागि यो लिंक वा यहाँ क्लिक गर्नुहोस

सम्बन्धित सामग्री

बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने भएको छ । बिद्यार्थी मोर्चाको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । बिद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साहको अध्यक्षतामा बसेको बैठकले शिक्षा क्षेत्रमा देखिएको विभेद, सेण्डिकेट तथा निषेधको विरुद्ध […] The post बिद्यार्थी मोर्चाको राष्ट्रिय भेला चैत २४ गते काठमाडौंमा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिद्यार्थी बेहोस, विद्यालय बन्द

कालिकोट । महाबै गाउँपालिका–४ पादमघाटस्थित तिला माविका ३० जना विद्यार्थी बेहोस भएका छन् । विद्यार्थी बेहोस भएपछि पाँच दिनका लागि विद्यालय बिदा गरिएको छ । कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षीका सिता शाहीले बताइन । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेका थिए । त्यसपछि विद्यालयमै स्टाफ नर्स […] The post बिद्यार्थी बेहोस, विद्यालय बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यार्थी बेहोस हुन थाले पछि बाग्लुङको विद्यालय बन्द

बाग्लुङमा विद्यार्थी बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । बाग्लुङ–बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालयका बिद्यार्थी एकाएक बेहोस हुन थाले पछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो ।प्रधानाध्यापक देवीदत्त पौडेलका अनुसार विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको हो ।

ट्राफिक नियम उल्लघंन गर्ने ११८ जना बिद्यार्थी कारबाहीमा

ट्राफिक नियम उल्लघंन गर्ने ११८ जना बिद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेको हुन् ।

माओवादी बिद्यार्थी संगठन फुटयो

काठमाडौं । लामो बिबादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन भएको हो । ‘अध्यक्षज्यूको समुहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि हामीले आपत्ति […] The post माओवादी बिद्यार्थी संगठन फुटयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी बिद्यार्थी संगठन फुटयो, पवन कार्कीको नेतृत्वमा आयोजक समिति

काठमाडौं, असार १८ । लामो बिबादमा फसेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अन्ततः बिभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानन्तर समिति घोषणा गरेसँगै सो संगठन बिभाजन भएको हो । ‘अध्यक्षज्यूको समुहले बिधान बिपरित पदाधिकारी तथा केन्द्रिय समितिको संख्या थपे पछि […]

स्टडी अष्ट्रेलिया भ्रमण टोली काठमाण्डौमा, उच्च प्राथमिकतामा नेपाली बिद्यार्थी

नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलिसीटी भोल्कको नेतृत्वमा आठ अष्ट्रेलियाली अधिकारीहरुको टोलीले नेपाल र अष्ट्रेलिया बीचको शैक्षिक सम्बन्धहरुलाई थप सुदृढ बनाउने बारे छलफलहरुमा सहभागी भएको छ । विगतका वर्षहरुमा बढ्दो संख्यामा नेपाली विद्यार्धीहरुले अष्ट्रेलियामा उपलब्ध विश्वस्तरको शिक्षा लिने र त्यहा प्रदान गरिने अध्ययन पश्चातको रोजगारीका अवसरहरु रोजेका छन् । झण्डै दुई वर्षसम्म अष्ट्रेलिया अन्तराष्ट्रिय आगन्तुकहरुका लागि बन्द रहेतापनि अष्ट्रेलियालाई आफ्नो अध्ययनको गन्तब्य बनाउन चाहाने विद्यार्थीहरुको संख्यमा वृद्दि भएको छ ।नेपाल हाल अष्ट्रेलियाको अन्तराष्ट्रिय विद्यार्थीहरुको तेस्रो ठुलो स्रोत रहेको छ । अष्ट्रेलियामा नेपाली डायस्पोरा वृद्दि भईरहेको छ । विद्यार्थीहरुले आफ्ना परिचित साथीहरु र परिवारका सदस्यहरुको समिपमा रहेर उत्कृष्ट स्तरको शिक्षाको अनुभव गर्ने र शिक्षा पश्चात आफ्नो जीवनको तयारी गर्ने सहज अवसर प्राप्त गरिरहेका छन् । सिनियर ट्रेड कमिसनर डा। मोनिका केनेडी विद्यार्थीहरुले अष्ट्रेलिया रोज्नुको धेरै कारणहरु रहेको तर शिक्षाको गुणस्तर मुख्य कारण भएको बताउनुहुन्छ । “उच्च गुणस्तर, कडा गुणस्तर प्रत्यायोजन प्रणाली, अन्तराष्ट्रिय विद्यार्थीहरुलाई भरपुर सहयोग, सामयिक पाठ्यक्रम र अध्ययन पश्चात रोजगारी प्राप्त गर्ने उच्च दर आदि कारणहरुले विद्यार्थीको लगानिको राम्रो प्रतिफल प्राप्त हुने हूँदा  अष्ट्रेलियाली शिक्षाको विश्वभरमा उच्च माग रहेको छ ।” शिक्षा काउन्सिलर ब्रेट गाल्ट(स्मिथले विद्यार्थीहरुलाई प्रदान गरिने सहयोगहरुमा जोड दिंदै भन्नुभयो, “अष्ट्रेलियामा विश्वका अन्य देशको तुलनामा निकै सहयोगी अन्तराष्ट्रिय शिक्षा प्रणाली रहेको छ । अष्ट्रेलियाको अन्तराष्ट्रिय शिक्षा रणनिती २०२१(२०३० ले विद्यार्थीहरुको अनुभव, सुरक्षा र अधिकारहरुलाई केन्द्रविन्दुमा राखेको छ ।” कोभिड(१९ ले लाखौं विद्यार्थीहरुको जीवनलाई असर गर्यो । मु्ख्यतः सीमा बन्द भएकाले र स्वास्थ्य जोखिमका कारण विश्वभरमा धेरै अन्तराष्ट्रिय विद्यार्थीहरुले अप्ठ्यारो अनुभव गरे ।  यसै समयमा अष्ट्रेलियाली ट्रेड ईन्भेष्टमेण्ट कमिसनले अन्तराष्ट्रिय विद्यार्थीहरुकालागि उनीहरुले अध्ययन गर्ने विषयहरुको बारेमा र अष्ट्रेलिया आउने तयारी गर्ने विषयमा निर्णय गर्न सहयोग गर्न अनलाईन स्रोतहरु उपलब्ध गराएको छ । स्टडी अष्ट्रेलिया  वेबसाईटमा पढाईको तयारी गर्न र रोजगारीका लागि सहयोगी सीपहरु सिक्न र वृत्ति विकास र सम्बन्धीत विषय छनौट गर्न सहयोगी माईक्रो क्रेडेन्सियलहरु पनि उपलब्ध छन् ।हालै मात्र अष्ट्रेलियाली विश्वविद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुका लागि Study Australia Industry Immersion Program (SAIEP) सार्वजनिक गरिएकोछ । यसले विद्यार्थीहरुको रोजगारमुखी सीपहरु विकास गर्न र विश्वभरका रोजगार दाताहरुसंग सम्पर्क गराउन सहयोग गर्नेछ ।

अनेरास्ववियु (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा तिवारी

नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाए।...

इडिभी २०२० को नतिजामा नाम निकालेका नक्कली ६ बिद्यार्थी पक्राउ

काठमाडौं, २१ भदौ । नक्कली शैक्षिक प्रमाणपत्र सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । यूएस डाइभर्सिटी भिसा (ईडिभी) २०२० को भिसा प्रकृयाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा काठमाडौं महानगरपालिका ३ महाराजगंजस्थित अमेरिकन राजदूतावास र काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ कुलेश्वर बस्ने […]

सामाजिक कार्यमा जुट्ने भन्दै संगठित भए तराईका बिद्यार्थी

१४ असोज, काठमाडौं । सामाजिक कार्यमा लाग्ने भन्दै तराईबाट आएर काठमाण्डौंमा अध्ययन गरीरहेका विद्यार्थीहरु संगठित भएका छन् । काठमाडौंमा भएको एक भेलाले 'तराई-काठमाडौं बिद्यार्थी परिषद्' गठन गरेको हो । भेलाले पर्सा जिल्लाका रुपक पटेलको अध्यक्षतामा …