बेलायतको रेड लिस्टबाट नेपाल हट्यो

बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएको छ । बेलायत सरकारले सोमबारबाट लागू हुनेगरी नेपाललाई रेड लिस्टबाट हटाएको हो । कोरोना संक्रमण दर धेरै भएको र यसलाई नियन्त्रणमा लिन भन्दै बेलायतले नेपालसहित ५४ देशलाई रेड लिस्टमा राखेको थियो । तर बिहीबार नेपालसहित ४७ वटा देश यस्तो सूचीबाट हटेका छन् ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्वीटरमार्फत नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी दिएकी छन् । पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित ७ देश बेलायतको रेड लिस्टमै छन् ।रेड लिस्टबाट हटेसँगै अब बेलायत जाने नेपाली विद्यार्थी तथा यात्रुहरुलाई सहज हुनेछ ।

सम्बन्धित सामग्री

नयाँ उपचार विधिले हट्यो ‘निको नहुने क्यान्सर’

एउटा नयाँ प्रकारको उपचार विधिले एक किशोरीको निको नहुने भनिएको रक्त क्यान्सर शरीरबाट हटेको छ । ल्युकेमियापीडित बेलायतको लेस्टरकी १३ वर्षीया अलिसालाई निको पार्न यसअघि प्रयोग गरिएका अन्य सबै उपचारहरू असफल भएका थिए ।

बेलायतको 'रेड लिस्ट'बाट हट्यो नेपाल

बेलायतले कोभिड भाइरस नियन्त्रणका लागि यात्रा प्रतिवन्धित मुलुकहरुको सूची (रेड लिस्ट) बाट नेपाललाई हटाएको छ । ब्रिटिस सरकारले बिहीबार एक सूचना जारी गर्दै परिवर्तित नियम आउँदो ११ अक्टोबर सोमबार बिहान ४ बजेदेखि लागू गरिने जनाएको छ ।

विश्व सम्पदा सूचीबाट हट्यो बेलायतको ‘लिभरपुल’सहर

काठमाडौँ :  बेलायतको ‘लिभरपुल– मेरीटाइम मर्केन्टाइल सिटी’  विश्व सम्पदाको सूचीबाट हटेको छ । विश्व सम्पदा समितिको चीनमा जारी ४४ औं अनलाइन अधिवेशनले लिभरपुललाई सूचीबाट हटाउने निर्णय गरेको हो ।  लिभरपुलको यो सुन्दर सहरको विशिष्ट सार्वभौमिक मुल्यमान्यतामाथि आघात पुग्ने खालका क्रियाकलाप…

विश्व सम्पदा सूचीबाट हट्यो बेलायतको ‘लिभरपुल’सहर

काठमाडौँ :  बेलायतको ‘लिभरपुल– मेरीटाइम मर्केन्टाइल सिटी’  विश्व सम्पदाको सूचीबाट हटेको छ । विश्व सम्पदा समितिको चीनमा जारी ४४ औं अनलाइन अधिवेशनले लिभरपुललाई सूचीबाट हटाउने निर्णय गरेको हो ।  लिभरपुलको यो सुन्दर सहरको विशिष्ट सार्वभौमिक मुल्यमान्यतामाथि आघात पुग्ने खालका क्रियाकलाप…

इंग्ल्याण्डको 'रेड लिष्ट' बाट पोर्चुगल हट्यो, कतारलगायतका मुलुक थपिए

लन्डन । कोरोना महामारीको बढ्दो प्रभावका कारण उच्च जोखिममा रहेको भन्दै  ३३ वटा ‘रेड लिष्ट’ मुलुकको सूचीमा परेको युरोपियन मुलुक पोर्चुगल उक्त सूचीबाट हट्ने भएको छ ।यहि मार्च  १९ शुक्रबार  बिहान ४ बजेबाट हाल लागू हुने गरि  ‘रेड लिष्ट’को सूचीबाट पोर्चुगललाई हटाइने बेलायतको याताया...