अन्योलमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा

२६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर २०७५ मंसिरबाट सरकारले विभिन्न सात शीर्षकका कर्जामा ब्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जा सुरु गर्यो । अहिले १० शीर्षकमा उपलब्ध हुँदै आएको ब्याज अनुदानको सहुलियतपूर्ण कर्जामा स्रोत भने अनिश्चित छ । सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार २ खर्ब ५८ अर्ब ४७ करोड १६ लाख […]

सम्बन्धित सामग्री

ब्याज अनुदान नपाउँदा सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावित

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले ब्याज अनुदान नपाएपछि सहुलियतपूर्ण कर्जा कार्यक्रम प्रभावित भएको छ । अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा चालू आवमा सहुलियत कर्जाका ऋणीको संख्यासँगै लगानी रकमसमेत घटेको छ ।  नेपाल राष्ट्र बैंकको अनुसार अघिल्लो आवसम्ममा बैंकहरूले १ लाख ४७ हजार जनालाई २ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, गत आवसम्ममा कर्जा लिनेको संख्या घटेर १ लाख ४५ हजार कायम भएको छ । यसैगरी कर्जा रकम पनि घटेर १ खर्ब ९७ अर्ब रुपैयाँ कायम भएको छ ।  सरकारले ब्याज अनुदान दिन छोडेपछि गत आवको पुसदेखि राष्ट्र बैंकको अनौपचारिक निर्देशनमा बैंकहरूले नयाँ कर्जा स्वीकृति रोकेका थिए । जेठदेखि पुन: शुरू भए पनि गतवर्षको तुलनामा ऋणीको संख्या र लगानीको आकार घटेको छ ।  सहुलियत कर्जा लगानीमा बैंकहरूले ब्याज अनुदानबापत पाउनुपर्ने रकम चैत महीनायता नपाएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए । जसले गर्दा सहुलियत कर्जा प्रवाहमा बैंकहरू उत्साहित नभएको उनको भनाइ छ । सरकारले पनि सहुलियत कर्जा कार्यक्रमलाई निरुत्साहित गर्न थालेको छ । चालू आवको बजेटमा कर्जाको प्रभावकारिता अध्ययनका आधारमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यक्रमलाई पुन: संरचना गर्ने घोषणा गरेको सरकारले ब्याज अनुदानका लागि छुट्ट्याएको रकम पनि २ अर्ब घटाएर ११ अर्ब ५९ करोड रुपैयाँ मात्र छुट्ट्याएको छ ।  पछिल्लो समय सहुलियत कर्जाको आकार बढे पनि यो प्रभावकारी नदेखिएको तथा पहुँचवालाले दुरुपयोग गरेको भन्दै आलोचना भइरहेको छ । राष्ट्र बैंकले पनि सहुलियत कर्जाको प्रभावकारिताबारे अध्ययन गरिरहेको छ । राष्ट्र बैंकको अध्ययन प्रतिवेदनका आधारमा सहुलियत कर्जा कार्यक्रम पुनरवलोकन गर्ने सरकारको तयारी छ ।  सहुलियत कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधिअनुसार बैंकहरूले व्यावसायिक कृषि तथा पशुपन्छीपालन, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवाको परियोजना, महिला उद्यम, दलित व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्पपीडित निजी आवास निर्माण, कपडा उद्योग, प्राविधिक तथा व्यावसायिक र युवा स्वरोजगार गरी १० ओटा क्षेत्रमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जामा बैंकहरूले आफ्नो आधारदरमा अधिकतम २ प्रतिशत बिन्दुले थप गरी ब्याजदर निर्धारण गर्न पाउँछन् । त्यसमध्ये महिला उद्यमशीलता कर्जामा ६ प्रतिशत र अन्य कर्जामा ५ प्रतिशत ब्याज अनुदान सरकारले दिने व्यवस्था छ । तर, ५ करोड रुपैयाँभन्दा बढीको व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ प्रतिशत मात्र ब्याज अनुदान दिने प्रावधान छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवसम्ममा सहुलियत कर्जामध्ये सबैभन्दा बढी महिला उद्यमशील कर्जा लिनेको संख्या ८२ हजार ७१८ जना छ । उनीहरूलाई ८७ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जा दिन थालेपछि विभिन्न समूहमा कर्जा लिने क्रम निकै बढेको थियो । खासगरी महिलाले कर्जा लिएर उद्योग, व्यवसाय गर्न थालेका थिए । विज्ञहरू यस्ता कार्यक्रमले आर्थिक रूपमा कमजोर समूहलाई सशक्त बनाउन पनि निकै टेवा दिएको बताउँछन ।

वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सम्झौता

उद्यमशीलता विकास गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक र नलगाड नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रदान गर्नेसम्बन्धमा सम्झौता भएको छ । सिंहदरबारस्थित वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा आज नगरप्रमुख डम्बरबहादुर रावत र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो सम्झौता भएको हो । स्थानीय क्षेत्रभित्र स्थायी बसोबास गर्ने नगरवासीको जीवनयापनमा सहयोग पुग्ने गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ब्याज अनुदान […]

सहुलियतपूर्ण कर्जा कार्यक्रम बन्द !

३२ जेठ, काठमाडौं । सरकारले पाँच वर्षदेखि सञ्चालन गरिरहेको सहुलियतपूर्ण कर्जा कार्यक्रम कुनै घोषणाविना अचानक रोकेको छ । साना व्यवसायी तथा किसानहरुलाई ब्याज अनुदान दिने यो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष लागेदेखि नै बन्द गरिएको हो । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा सहुलियतपूर्ण कर्जा दिन बन्द गरेको बैंक सन्चालकहरुले बताएका छन् । तर, यसबारे औपचारिक रुपमा […]

सहुलियतपूर्ण कर्जा कृषि क्षेत्रमा बढी

मङ्सिर मसान्तसम्म दुई खर्ब ४१ अर्ब ८३ करोड १४ लाख ७४ हजार रुपियाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार विभिन्न १० शीर्षकमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह गर्नका लागि उक्त ऋण स्वीकृत भएको हो । यस्तो ऋण प्रवाह गर्न राष्ट्र बैङ्कले ११ अर्ब १५ करोड ८० लाख रुपियाँभन्दा बढी ब्याज अनुदान दिएको छ ।

कृषिमा सहुलियतपूर्ण कर्जा १०.२ % ले वृद्धि  : राष्ट्र बैंक

पुस ३, काठमाडौं । सहुलियतपूर्ण कर्जाअन्तर्गत कृषिका लागि ऋण लिनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । योसँगै कर्जा भुक्तानी नगर्ने ऋणीको संख्यामा पनि वृद्धि भएको छ ।  कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि सरकारले कृषिमा सहुलियतपूर्ण कर्जा लगानी गर्दै आएको छ । चालू आर्थिक वर्षको पहिलो चार महीनामा कृषि कर्जामा १० दशमलव शून्य २ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा कृषि कर्जाको वृद्धिदर करीब सात प्रतिशत थियो । नेपाल राष्ट्र बैंक, आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको आव २०७८/ ०७९ को पहिलो चार महीनाको तथ्यांकमा १ खर्ब ३० अर्ब २३ करोड रुपैयाँ सहुलियतपूर्ण कृषि कर्जा वितरण भएको उल्लेख छ । उक्त कर्जा ५५ हजार ११६ जना व्यक्तिले प्राप्त गरेका हुन् । विसं २०७८ कात्तिक मसान्तसम्म १ लाख ३३ हजार ९३०  जना ऋणीलाई सहुलियतपूर्ण कर्जा लगानी भई २ खर्ब ५ अर्ब २ करोड रुपैयाँ कर्जा बक्यौतामध्ये झण्डै आधा रकम कृषि क्षेत्रमा बक्यौता रहेको अनुमान छ ।             वाणिज्य बैंकले आगामी दुई वर्षपछि कृषि कर्जामा पाँच प्रतिशतले लगानी वृद्धि गर्नुपर्ने मौद्रिक नीतिमा उल्लेख छ । यसअघि राष्ट्र बैंकले १० प्रतिशत अनिवार्य गरेको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत असार २९ मा प्रस्तुत गरेको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकले विसं २०८० मा कुल कर्जाको १५ प्रतिशत बजेट कृषि क्षेत्रमा लगानी गर्नुपर्ने उल्लेख छ । विसं २०७८ को असार मसान्तसम्म ११ प्रतिशत कृषि कर्जा लगानी हुँदा कृषि तथा पशुपालनका क्षेत्रमा ४ खर्ब २५ अर्ब ८३ करोड रुपैयाँ लगानी गरिएको मौद्रिक नीतिमा उल्लेख छ ।      उत्पादन अभिवृद्धि, रोजगार सृजना र उद्यमशीलता विकासका लागि सरकारको ब्याज अनुदानमा सो अवधिमा ४६ हजार ५७ व्यक्ति लाभान्वित भएका छन् । उनीहरुले कुल १ खर्ब ६ अर्ब ९८ करोड रुपैयाँ सहुलियत पूर्ण कर्जा प्राप्त गरेका हुन् ।             नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार आव २०५९/ ०६० देखि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । मौद्रिक नीतिले सहुलियतपूर्ण कृषि कर्जा लिने ऋणीको संख्यामा उल्लेखनीय वृद्धि भएको बताएको छ । गत असार मासन्तसम्म सो प्रकारको ऋण लिने किसानको संंख्या १५ हजार ९१६ जना छ भने उनीहरुसँग २९ अर्ब ३६ करोड रुपैयाँ कर्जा बक्यौता छ ।  सरकारले कृषि कर्जामा पाँच प्रतिशत ब्याजमा अनुदान दिने व्यवस्था गरेको छ । यस वर्ष सहुलियतपूर्ण कर्जाका लागि सरकारले कुल १ अर्ब २५ करोड रुपैयाँ ब्याज अनुदान प्रदान गरेको छ ।             कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ । १५ लाख रुपैयाँसम्मको कृषि, उद्यम तथा व्यवसाय कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले आधार दरमा दुई प्रतिशमात्र थप गरी ऋणको ब्याज तोक्न पाउने, कुनै प्रकारको सेवा शुल्क लिन नपाउने र समय अगावै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाइने व्यवस्था मौद्रिक नीतिले गरेको छ ।            यसका साथै बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले यस प्रकारको कर्जा निवेदन प्राप्त भएको सात दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा ग्राहकलाई स्पष्ट जानकारी दिनुपर्ने व्यवस्था छ । रासस

भीमदत्तका १४ उद्यमीलाई विनाधितो सहुलियतपूर्ण कर्जा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ युवा उद्यमीलाई विनाधितो बिनाब्याज सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धनमा सघाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो । भीमदत्त नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिउद्यमी ५ लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने कार्यक्रम शुरू गरेको हो । ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा छनोट भएकाहरूलाई बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रममा बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशी, नगर प्रमुख सुरेन्द्र विष्ट, आर्थिक विकास समिति संयोजक डम्बरबहादुर कार्की र बैंकका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रशाद जोशीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा बैंकका शाखा प्रबन्धक जोशीले नगरपालिकाको सिफारिश अनुसार बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित समुदाय व्यवसाय विकास कर्जा गरी पाँच प्रकारका सहुलियतपूर्ण कर्जा लगानी गरिरहेको जानकारी दिए । बैंकले पहिलो चरणमा ६७ लाख ४० हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गरेको उनले बताए । युवालाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि गतवर्ष बैंक र नगरपालिकाबीच ब्याज अनुदान सम्बन्धी सम्झौता भएको थियो । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले स्वरोजगार सृजना गर्न र उद्यमशीलताको विकासका लागि ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरिएको बताए । उद्यमशीलता विकास कार्यक्रम निरन्तर चलिरहने भन्दै उनले दोस्रो चरणको सहुलियतपूर्ण कर्जाका लागि प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन समेत दिएका छन् । नगरपालिकाले चाँडै दोस्रो चरणको सहुलियतपूर्ण कर्जाका लागि आवेदन खोल्ने तयारी गरिरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक कार्कीले बताए । उनका अनुसार आवेदन संकलन गरी कार्यविधि अनुसार कर्जाका लागि उद्यमी छनोट गरिनेछन् । कार्यक्रममा सहुलियत कर्जा पाएका पोल्ट्री उद्यमी युवा जित पार्कीले विनाधितो विनाब्याज पाएको कर्जाले आफ्नो व्यवसाय विस्तारमा ठूलो सहयोग पुग्ने बताए । यसअघि वैदेशिक रोजगारीका लागि भारतमा रहेका पार्की स्वदेशमै उद्यम व्यवसाय गर्ने योजनासहित फर्किएका थिए ।

व्यावसायिक कृषि तथा पशुपालनमा मात्रै ५० अर्ब लगानी

काठमाडौं । सरकारले ब्याज अनुदान दिने सहुलियतपूर्ण कर्जा लिनेको संख्या २८ हजार नाघेको छ । गत चैत मसान्तसम्ममा २८

प्रभावकारी भएन सहुलियतपूर्ण कर्जा कार्यक्रम

सविता शर्मा काठमाडौँ, वैशाख १७ गते । एकीकृत कार्यविधिसहित सरकारले चालू आर्थिक वर्षमा ल्याएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान...