भीमदत्तका १४ उद्यमीलाई विनाधितो सहुलियतपूर्ण कर्जा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका १४ युवा उद्यमीलाई विनाधितो बिनाब्याज सहुलियतपूर्ण कर्जा प्रदान गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धनमा सघाउन सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो । भीमदत्त नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिउद्यमी ५ लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने कार्यक्रम शुरू गरेको हो । ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा छनोट भएकाहरूलाई बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रममा बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशी, नगर प्रमुख सुरेन्द्र विष्ट, आर्थिक विकास समिति संयोजक डम्बरबहादुर कार्की र बैंकका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रशाद जोशीले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका छन् । सो अवसरमा बैंकका शाखा प्रबन्धक जोशीले नगरपालिकाको सिफारिश अनुसार बैंकले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी र दलित समुदाय व्यवसाय विकास कर्जा गरी पाँच प्रकारका सहुलियतपूर्ण कर्जा लगानी गरिरहेको जानकारी दिए । बैंकले पहिलो चरणमा ६७ लाख ४० हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गरेको उनले बताए । युवालाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि गतवर्ष बैंक र नगरपालिकाबीच ब्याज अनुदान सम्बन्धी सम्झौता भएको थियो । कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले स्वरोजगार सृजना गर्न र उद्यमशीलताको विकासका लागि ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरिएको बताए । उद्यमशीलता विकास कार्यक्रम निरन्तर चलिरहने भन्दै उनले दोस्रो चरणको सहुलियतपूर्ण कर्जाका लागि प्रक्रिया अघि बढाउन कार्यालयलाई निर्देशन समेत दिएका छन् । नगरपालिकाले चाँडै दोस्रो चरणको सहुलियतपूर्ण कर्जाका लागि आवेदन खोल्ने तयारी गरिरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक कार्कीले बताए । उनका अनुसार आवेदन संकलन गरी कार्यविधि अनुसार कर्जाका लागि उद्यमी छनोट गरिनेछन् । कार्यक्रममा सहुलियत कर्जा पाएका पोल्ट्री उद्यमी युवा जित पार्कीले विनाधितो विनाब्याज पाएको कर्जाले आफ्नो व्यवसाय विस्तारमा ठूलो सहयोग पुग्ने बताए । यसअघि वैदेशिक रोजगारीका लागि भारतमा रहेका पार्की स्वदेशमै उद्यम व्यवसाय गर्ने योजनासहित फर्किएका थिए ।

सम्बन्धित सामग्री

सहुलियतपूर्ण कर्जा कार्यक्रम बन्द !

३२ जेठ, काठमाडौं । सरकारले पाँच वर्षदेखि सञ्चालन गरिरहेको सहुलियतपूर्ण कर्जा कार्यक्रम कुनै घोषणाविना अचानक रोकेको छ । साना व्यवसायी तथा किसानहरुलाई ब्याज अनुदान दिने यो कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष लागेदेखि नै बन्द गरिएको हो । नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा सहुलियतपूर्ण कर्जा दिन बन्द गरेको बैंक सन्चालकहरुले बताएका छन् । तर, यसबारे औपचारिक रुपमा […]

अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित

सात वर्षअघि सुरु गरिएको ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा प्रवाह अघोषित रूपमा स्थगित भएको छ । सरकारले अनुदानबापतको ब्याज रकम दिन नसक्ने अवस्था सिर्जना भएपछि बैंक तथा वित्तीय संस्थाहरूले अघोषित रूपमा...

अन्योलमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा

२६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर २०७५ मंसिरबाट सरकारले विभिन्न सात शीर्षकका कर्जामा ब्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जा सुरु गर्यो । अहिले १० शीर्षकमा उपलब्ध हुँदै आएको ब्याज अनुदानको सहुलियतपूर्ण कर्जामा स्रोत भने अनिश्चित छ । सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार २ खर्ब ५८ अर्ब ४७ करोड १६ लाख […]

चन्द्रागिरि नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने

चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ। नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो। नगरप्रमुख घनश्याम गिरीका अनुसार...

नगरपालिकाले सहुलियतपूर्ण कर्जा दिने

कीर्तिपुर– चन्द्रागिरि नगरपालिकाले नगरभित्रका कृषि तथा साना मझौला उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । नगरपालिकाको नेतृत्व र त्यहाँ रहेका बैंकका शाखाबीचको छलफलमा सहकार्य गर्ने सहमति भएको हो ।  नगरप्रमुख घनश्याम गिरीका अनुसार दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, च्याउ तथा बीउ बिजनको उत्पादन, प्रशोधन भण्डारण, फूल व्यवसाय र पशुपन्छीपालन गर्ने किसानलाई नगरपालिकाले ब्याज […]

एनएमबि बैंकले उपलब्ध गरायो उखु किसानलाई सहुलियतपूर्ण कर्जा

काठमाडौं । एनएमबि बैंकले मधेश प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमीकतामा राख्दै मधेश प्रदेशमा हालसम्म १५६ जना उखु किसानलाई  कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराइसकेको बैंकले जनाएको छ । बैंकले उखु किसानहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उदेश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससँग […]

कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन त्रिपक्षीय समझदारी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नगरपालिका, ग्लोबल आइएमई बैंक र आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिबीच त्रिपक्षीय समझदारी भएको छ । नगरपालिकामा यसअघि अपनाइँदै आइएको परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमार्फत व्यावसायीकरण गर्दै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन त्रिपक्षीय समझदारी गरिएको हो । आरएण्डडी इनोभेटिभ सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेमाफुकी, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र दिक्तेल...

कसले पाएछन् एक खर्ब २२ अर्ब सहुलियतपूर्ण कर्जा ?

कोरोनाबाट प्रभावित व्यवसायीलाई प्रदान गर्नका लागि अगाडि सारिएको पुनरकर्जा, सहुलियतपूर्ण कर्जा कार्यक्रमका नाममा रु एक खर्ब २२ अर्ब ७० करोड बराबरको लगानी भएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म एक लाख चार हजार १०९ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । आव २०७७÷७८ मा कूल रु एक खर्ब ४८ अर्ब ७५ करोड …

बाराका माछापालक किसानलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जा

काठमाडौँ– मेगा बैंकले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। मेगा बैंक नेपाल लिमिटेड, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो। यससम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सीईओ अनुपमा […]