अमेरिकाको पेन्सिलभेनियामा ४ बर्षको बालकको हातमा पेस्तोल पुगेपछि खेलाउने क्रममा आफैलाई गोली लागेर मृत्यु भएको छ । बालकको मृत्युपछि उनका १८ बर्षका दाजुविरुद्ध आशयविनाको हत्याको अभियोग लगाइएको छ । प्रहरीका अनुशार रोमन ओगुलेरा आर्टिज नामका कोट्सभिल निवासी बालकले भरेको पेस्तोल उनका दाजुको बेडरुमको टेबुलबाट उठाएका थिए । त्यसपछि उनले दुर्घटनावश हतियार पड्काउँदा मृत्यु भएको थियो […]