सिकार खेल्न गएका पुरुषको गोली लागेर मृत्यु‚ हत्या आरोपमा एक पक्राउ

दाङ : सिकार खेल्न गएका दाङका एकजनाको गोली लागेर मृत्यु भएको छ। घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीका अनुसार घोराही-१२ को जंगलमा शुक्रवार राति घटना भएको हो। गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।