माछा मार्दा करेन्ट लागेर २ जनाको मृत्यु

विराटनगर : ताप्लेजुङ र झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ का २५ वर्षीय विक्रम ताम्लिङको करेन्ट लगाएर माछा मार्ने क्रममा आफैँलाई करेन्ट लागेर मृत्यु भएको हो।सोमबार दिउँसो माछा मार्न भनी साम्सिङ खोलामा गएका ताम्लिङको करेन्ट लागेर मृत्यु भएको  इलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।यसैगरी, झापाको अर्