स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने रूपन्देहीको बेलहिया नाकामा मंगलबार पर्यटकलाई स्वागत गर्दै ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ । सुनौली–भैरहवा नाका हुँदै मंगलबार बिहानै नेपाल प्रवेश गर्ने क्यानाडा, चीन, इजरायल र भारतका पाँच पर्यटकलाई स्वागत र सम्मान गरिएको हो ।