नेपालगन्ज नाकामा भारतीय पर्यटकलाई स्वागत

भारतबाट कैलास मानसरोवर दर्शन गर्नका लागि आएका पर्यटकलाई नेपालगन्ज नाकामा स्वागत गरिएको छ। नेपालगन्जका पर्यटन ब्यवसायीले सोमबार अपरान्ह नेपाल भारत सीमानाकाको जमुनाहामा पुगेर भारतीय पर्यटकलाई स्वागत गरेका हुन्।...

सम्बन्धित सामग्री

४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत

बर्दिया । ४४ औं विश्व पर्यटन दिवसका अवसरमा आज बर्दियामा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विदेशी पर्यटकको समूहलाई ढाकाटोपी लगाएर स्वागत गर्नुभएको हो । पर्यटकको समूहलाई ठाकुरबाबा नगरपालिकाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा स्वागत गरिएको हो । उनीहरुलाई प्रदेशसभा सदस्य जन्मजय तिमिल्सेना, नगरप्रमुख तिलकराम लम्साल, उपप्रमुख विना भट्टराई लगायतले स्वागत गर्नुभएको थियो […]

पर्यटनमन्त्रीद्वारा विदेशी पर्यटकलाई स्वागत

काठमाडौं- विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका हुन् । विमानस्थलमा पर्यटकलाई स्वागत गर्न पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा संघसंस्थाको पनि […]

नाकामा पर्यटकलाई स्वागत

स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक भित्रिने रूपन्देहीको बेलहिया नाकामा मंगलबार पर्यटकलाई स्वागत गर्दै ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ । सुनौली–भैरहवा नाका हुँदै मंगलबार बिहानै नेपाल प्रवेश गर्ने क्यानाडा, चीन, इजरायल र भारतका पाँच पर्यटकलाई स्वागत र सम्मान गरिएको हो ।

पोखरा विमानस्थलमा बाजा-गाजासहित पर्यटकलाई स्वागत

पोखरा । पोखरा विमानस्थलमा ४३ औं पर्यटन दिवसको अवसर पारेर आज (मंगलबार) पहिलो उडान मार्फत पोखरा भित्रिने पर्यटकलाई स्वागत गरिएको छ । पोखरामा पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा पर्यटन परिषदको संयुक्त आयोजनामा मंगलबार बाजागाजासहित पर्यटकलाई स्वागत गरिएको हो । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि […]

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

रुपन्देही- विभिन्न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सिमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाँण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । क्यानडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।

विश्व पर्यटन दिवस: गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत (फाेटाे फिचर)

रुपन्देही – विभिन्‍न कार्यक्रम गरी मंगलबार ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । साेही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चाैधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् । क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएकाे हाे । तस्बिरहरू:

विश्व पर्यटन दिवस : गृहमन्त्रीले गरे विदेशी पर्यटकलाई स्वागत

विभिन्‍न कार्यक्रम गरी आज ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ । सोही अवसरमा स्थलमा मार्ग भई नेपाल आएका विदेशी पर्यटकलाई सीमानाका बेलहियामा गृहमन्त्री बालकृष्ण खाण, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरी र पर्यटन व्यवसायीहरुले स्वागत गरेका छन् ।  क्यानाडा, इजरायल, चीन र दिल्लीबाट आएका ५ पर्यटकलाई स्वागत गरिएको हो ।यता ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी, सोह्रखुट्टे लैनचौर हुँदै पुनः त्रि

विदेशी पर्यटकलाई स्वागत

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आइतबार इटालियन पर्यटकलाई बाजागाजा सहितको साँस्कृतिक झाँकीले भव्य स्वागत गरिएको छ । रुकुम पश्चिम र रुकुम पूर्वका पर्यटकीय क्षेत्र तथा ग्रामीण वस्तीको भ्रमणमा आएका आठजना पर्यटकलाई खलंगा बजार परिक्रमा गरेर स्वागत गरिएको हो ।उद्योग बाणिज्य संघ र नेपाल पर्यटन सूचना केन्द्र रुकुमको समन्वयमा पहिलोपटक रुकुम भ्रमणमा आएका विदेशी पर्यटकलाई स्वागत गरिएको […]

सिक्लेस गाउँमा पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ

कात्तिक ९, कास्की । कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ ।  कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षित छन् । विभिन्न संघ संस्थाका साथै व्यक्तिगत रुपमा आउने पर्यटकले सिक्लेसमा सञ्चालित २३ होटेल तथा २० होमस्टे प्रत्येक दिन भरिने गरेको उनी बताउँछन् । महामारीबाट लामो समयसम्म घरमा नै रहन बाध्य मानिस यतिखेर प्रकृति र संस्कृतिले भरिएका गाउँठाउँमा पुग्ने गरेका कारण पर्यटकीय चहलपहल बढेको हो । पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ ।  वरिपरिको हरियो वनजंगलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमी रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ । लगभग ४०० कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । यातायातका साधनहुँदै पोखराबाट लगभग चार घन्टाको यात्रामा पुग्न सकिने सिक्लेसमा ढुंगाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न पाइन्छ । स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको विशेषता हो ।  ‘दशैं शुरु हुनु अगावै असोजको दोस्रो साताबाट सिक्लेसमा पर्यटकको चाप बढेको छ,’ सिक्लेस होटल व्यवसायी समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, ‘त्यसयता यहाँका होटेल तथा होमस्टे सबै दिनहुँ पर्यटकले भरिएका छन् ।’ गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त संग्रहालय जस्तै बनेको यहाँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशी अनुसन्धाता सिक्लेस आउने गरेका छन् ।  यहाँबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि पनि पर्यटक जाने गरको सिक्लेस युवा क्लबका पूर्व सचिव एवम् सल्लाहकार देवीजङ गुरुङले जानकारी दिए । उनका अनुसार गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण गन्तव्य बनेको छ । म्युजियमका साथै गाउँकोमाथि रहेको पार्कमा पर्यटक रमाउने गरेको उनले जानकारी दिए ।  संग्रहालयमा गुरुङ संस्कृतिको भेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ । संग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । पर्यावरणीय संरक्षणका लागि सुमय समयमा हुने गरेका विभिन्न महोत्सवका कारण यहाँका स्थानीयवासीमा पर्यावरणलाई जोगाउनुपर्छ भन्ने भावना जगाएको पाइन्छ ।  सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइँलाई लम्ब्याउन गाउँमाथि निर्मित सिक्लेस पार्क पर्यटकको बसाइँ लम्ब्याउनका लागि बहुउपयोगी बनेको गुरुङले जानकारी दिए । सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन् । होमस्टे सञ्चालकले यहाँ आउने पर्यटकलाई लक्षित गरी प्याकेज तय गरेको होमस्टे सञ्चालक पदम गुरुङले जानकारी दिए ।  उनका अनुसार प्योकजमा साँझको खाजा, बेलुकाको खाना, बसाइँ र भोलिपल्ट बिहानको नास्ता तथा खानाका लागि ९०० रुपैयाँ निर्धारण गरिएको छ । पर्यटकले आवश्यक ठानेका अवस्थामा बेलुका सांस्कृतिक प्रस्तुति पनि रहने गुरुङले जानकारी दिए । पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन् । यहाँ जानका लागि काहुँ खोलामा जिप सहज रुपमा नै उपलब्ध हुन्छ । सवारी साधन हुँदै काँहुखोला, ढाडबेंसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ । यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको छ ।  संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । लामो समयसम्म कोरोना प्रभावित पर्यटनमा असोज दोस्रो सातायता भएको पर्यटकको आगमनले सिक्लेसी पर्यटन व्यवसायीलाई उत्साहित बनाएको उनले जानकारी दिए । रासस