कृषि बीमामा अनुदान कटौती

सरकारले कृषि तथा पशुपक्षी बीमामा दिँदै आएको अनुदान २५ प्रतिशत विन्दुले घटाएको छ । सरकारले ५ वर्षदेखि कृषिबीमामा लाग्ने बीमा शुल्कमा ७५ प्रतिशत अनुदान दिँदै आएको थियो । तर, चालू आवमा भने ५० प्रतिशतमात्र अनुदान दिने भएको छ । कृषि बीमा व्यापक नबनिसकेको अवस्थामा यसरी अनुदान घटाउँदा कृषिक्षेत्रमा बीमा कम हुन्छ र यस क्षेत्रमा आउने लगानी प्रभावित हुन सक्छ । कृषि अनुदानको दुरुपयोग भइरहेको र यसले कृषि उत्पादकत्वमा ठूलो प्रभाव पार्न नसकेको अवस्थामा अनुदान रोक्नु उपयुक्त हुन सक्छ । कृषिबीमामा भने अनुदानको दुरुपयोग भएको देखिँदैन र यसबाट व्यावसायिक खेती गर्ने किसान लाभान्वित भएको देखिन्छ । सरकारले कृषिबीमामा अनुदान दिए पनि त्यसको बारेमा धेरै कृषकले थाहा पाएका छैनन् । थाहा पाए पनि कृषिबीमा कसरी गर्ने भन्ने जानकारी नहुँदा उनीहरू जोखिम बेहोर्न बाध्य छन् । कृषिक्षेत्र सबैभन्दा जोखिमयुक्त व्यवसाय हो । कृषि र मौसमको सम्बन्ध हुन्छ । मौसमको भविष्यवाणी अझै पनि सही रूपमा हुन सकेको छैन । यस्तो हुँदा कृषि क्षेत्रमा कृषकहरूले अप्रत्याशित नोक्सानी बेहोर्नुपरिरहेको छ । बीमाबाट यस्तो क्षतिको रक्षावरण हुन सक्छ । त्यसैले कृषिबीमामा आकर्षित गर्न अनुदान दिने नीति ल्याइएको हो । तर, कृषिबीमामा व्यापकता नआउँदै यसलाई कम गर्दै लैजाने हो भने कृषिबीमामा अनुदान दिने नीतिको औचित्य प्रमाणित हुन सक्दैन । बीमा अनुदानमा सरकारी कोषबाट ठूलो रकम खर्च भएको पनि देखिँदैन । यस्तोमा कृषि बीमामा अनुदान घटाउन सरकारले किन आवश्यक देखेको हो बुझ्न सकिँदैन । सरकारले कृषिलाई प्रोत्साहन दिन कृषिक्षेत्रमा अनुदान दिने गरेको छ । मलखादलगायत शीर्षकमा दिइने अनुदानको व्यापक दुरुपयोग भइरहेको छ । यसबारे विभिन्न समितिले समग्र रूपमा र क्षेत्रगत रूपमा समेत अध्ययन अनुसन्धान गरेको पाइन्छ । सरकारले २०७५ सालमा गरेको एक अध्ययनअनुसार सरकारले प्रदान गरेको कृषि अनुदान पहुँचवाला तथा टाठाबाठाले मात्रै प्राप्त गरेको देखाएको थियो । युवा कृषि उद्यमीहरूले समेत सरकारले दिएको अनुदान प्राप्त गर्न नसकेको तर पहुँचवालाहरूले नक्कली कागजात बनाएको भरमा अनुदान लिएको समेत पाइन्छ । कृषि अनुदानको दुरुपयोग भइरहेको र यसले कृषि उत्पादकत्वमा ठूलो प्रभाव पार्न नसकेको अवस्थामा अनुदान रोक्नु उपयुक्त हुन सक्छ । बीमामा भन्दा कृषिमा अनुदानको रकम निकै बढी र ठूलो पनि देखिन्छ । कृषिबीमामा भने अनुदानको दुरुपयोग भएको देखिँदैन र यसबाट व्यावसायिक खेती गर्ने किसान लाभान्वित भएको देखिन्छ । त्यसैले कृषि बीमामा अनुदान घटाउनु हालको अवस्थामा उपयुक्त देखिँदैन । हो, कृषिबीमामा अनुदान अनन्तकालका लागि दिन सकिँदैन र दिनु पनि हुँदैन । व्यावसायिक कृषिले मुनाफा आर्जन गर्ने हुँदा बीमाको पूरा दायित्व उनीहरूले नै लिनु सिद्धान्ततः सही हो । तर, धेरै किसानले बीमा गर्न नथालिसकेको अवस्थामा अनुदान घटाउँदा बीमा कम हुन थाल्छ र किसानहरूले जोखिम वहन गर्न नसक्ने अवस्था पनि आउँछ । कृषिबीमा ठूला र पहुँचवाला मात्र होइन, साना किसानहरूले पनि गरेको देखिन्छ । त्यसो हुँदा कृषिमा अनुदान दिनुभन्दा कृषिबीमामा अनुदान दिनु बढी फलदायी हुने देखिन्छ । कृषिबीमामा मोरल हजार्ड भनिने जोखिम धेरै छ । त्यसो हुँदा बीमा कम्पनीहरू कृषिबीमाका लागि त्यति आकर्षित हुने गरेको पाइँदैन । त्यही कारण बीमामा अनुदान घटाइएको हुन सक्छ । त्यसो हो भने कृषिबीमामा विद्यमान मोरल हजार्डको जोखिमलाई घटाउने काम गर्नुपर्छ । खास खास व्यवसाय जो बलियो भएको छ त्यसमा चाहिँ बरु घटाउन उपयुक्त होला । पर्याप्त रूपमा बीमा हुन थालेको हो भने अनुदान घटाउनु उपयुक्त हुन सक्छ तर यसबारे अध्ययन भएको तथ्य पाइएको छैन । घटाउनै परे पनि ७५ बाट ७० सम्म घटाउनु ठीकै हुन्थ्यो तर ५० प्रतिशतमा मा झार्नु अनुपयुक्त नै देखिन्छ । सरकारले खाद्य भण्डारण आदिमा अनुदान दिइएकाले बीमामा अनुदान घटाएको बताएको छ । ती क्षेत्रमा अनुदान ठीक भए पनि बीमाचाहिँ जोखिम कम गर्न बढी आवश्यक हो भन्ने बिर्सनु हुँदैन ।

सम्बन्धित सामग्री

किसान महासङ्घद्वारा मुख्यमन्त्रीसमक्ष पाँच बुँदे माग

चितवन– नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री  शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ । बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरिएकामा त्यसको विरोध गरेको छ । महासङ्घले कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले सोको निरन्तरता गरिनुपर्नेलगायत माग पेस गरेको छ । जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका […]

मलको अनुदान यथावत्

सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ । गत साता आपूर्ति तथा वितरण व्यवस्थापन समितिको सिफारिसमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा दिँदै आएको मल अनुदान कटौती गरेको थियो । किसानलाई दिँदै आएको मलको अनुदान कटौती हुँदा चौतर्फी विरोध भएको थियो । विरोधपछि सरकारले विगतदेखि दिँदै आएको मल अनुदानलाई यथावत् […]

मलमा अनुदान  घटाउने निर्णय फिर्ता

रासायनिक मलमा किसानलाई दिइँदै आएको अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मलमा अनुदान कटौतीलाई स्थगित गरेको हो । २९ फागुनमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले...

मलको अनुदान कटौति निर्णयबाट पछि हट्यो सरकार

सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले...

रासायनिक मलको अनुदान कटौतीको निर्णय फिर्ता

सरकारले किसानहरुलाई दिंदैआएको रासायनिक मलको अनुदान कटौतीको निर्णय फिर्ता लिएको छ । केही दिनअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले अनुदान कटौतीको निर्णय गरेको थियो । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो। बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे …

रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीको निर्णय फिर्ता लिन एमालेको माग

काठमाण्डाै – नेकपा एमालेले रासायनिक मलमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । एमालेको कृषि तथा पशुपक्षी विभागले आज आइतवार विज्ञप्ति निकालेर विदेशीलाई खुसी पार्न सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । रासायनिक मलको अनुदान कटौती गर्ने र मूल्यवृद्धि गर्ने निर्णयले किसान मर्कामा पर्ने एमालेको भनाइ छ । रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीले भारतीय उत्पादनलाई प्रोत्साहन गर्ने एमालेको दाबी छ । यस्तै पार्टीको कृषि तथा पशुपक्षी वि...

खाली बोरा ओढेर किसान आन्दोलित

सरकारले रासायनिक मलको खरिदमा किसानलाई दिँदै आएको अनुदान घटाएको भन्दै झापाका किसान आन्दोलित भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको गत फागुन २६ गतेको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेपछि त्यसको विरोधमा झापाका किसानले खालि बोरा ओडेर राष्ट्रिय झण्डा र मकै तथा अन्य कृषि […]

किसानलाई बिनाब्याज बीउ पुँजी सराहनीय कदम

बागमती प्रदेश सरकारले किसानलाई बिनाब्याज बीउ पुँजी उपलब्ध गराएर सराहनीय कामको सुरुवात गरेको छ । यसअघि किसानलाई अनुदानलाई दिँदै आएकोमा अब अनुदान कटौती गरिएको छ । यसको बदलामा बिनाब्याज बीउ पुँजी उपलब्ध गराइनेछ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्षबाट कृषि व्यवसाय सञ्चालन गर्न यस्तो सुविधा उपलब्ध गराउने तयारी गरेको छ । […]

किसानलाई बिनाब्याज ५५ करोड बिउ पुँजी

हेटौंडा । यसअघि किसानलाई दिँदै आइएको अनुदान कटौती गर्दै बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षबाट कृषि व्यवसाय सञ्चालनका लागि बिनाव्याज बिउ पुँजी उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्ष २०७९/ ०८० मा मन्त्रालयले बिउ पुँजी उपलब्ध गराउन करिब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । विनीयोजित बजेट कार्यान्वयन गर्न बिउ […]

कृषि अनुदान कटौती, अब ५० प्रतिशतसम्म मात्रै

सरकारले कृषि अनुदानमा कटौती गर्दै निजी कृषि पूर्वाधारमा अधिकतम ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । यसअघि वितरित अनुदानमा दुरुपयोग भएपछि सरकारले अनुदान कटौती गर्दै अधिकतम ५० प्रतिशतसम्म पुर्‍याएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७८’ मार्फत उक्त व्यवस्था ल्याएको हो ।