कृषि अनुदान कटौती, अब ५० प्रतिशतसम्म मात्रै

सरकारले कृषि अनुदानमा कटौती गर्दै निजी कृषि पूर्वाधारमा अधिकतम ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको छ । यसअघि वितरित अनुदानमा दुरुपयोग भएपछि सरकारले अनुदान कटौती गर्दै अधिकतम ५० प्रतिशतसम्म पुर्‍याएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७८’ मार्फत उक्त व्यवस्था ल्याएको हो ।

सम्बन्धित सामग्री

एकीकृत कृषि बजार तयार हुँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले कृषि उपज बजारीकरणका लागि एकीकृत कृषि बजार निर्माण गरिरहेको छ । नगरपालिकाले कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुरको सहयोगमा उक्त संरचना निर्माण गरिरहेको हो । नगरपालिकाका इञ्जिनीयर जयराज भट्टले एकीकृत कृषि बजारमा १ सय ५० सटर निर्माण हुने बताए । उनका अनुसार नगरपालिकाले सय सटर केन्द्रसँगको सहकार्यमा र बाँकी आफ्नै स्रोतबाट निर्माण गरिरहेको छ । भीमदत्त–४ को खुलामञ्चनजिकै एकीकृत कृषि बजारको संरचना निर्माणका लागि दुई छुट्टाछुट्टै ठेक्का सम्झौता गरिएको छ । ५० सटरका लागि एमडी कन्सट्रक्शनसँग १ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । सय सटर निर्माणका लागि एमके/निरज जेभीसँग ३ करोड ९६ लाखमा सम्झौता भएको छ । दुवै योजनाको ५० प्रतिशत निर्माण सम्पन्न भइसकेको इञ्जिनीयर भट्टको भनाइ छ । योजनाको काम २०८० जेठमा सक्ने लक्ष्य छ । नगरपालिकाले कृषि उपज बजारीकरणका लागि उक्त संरचना निर्माण गरेको नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए । उनका अनुसार संरचना निर्माण भएपछि सबै किसिमका कृषि उत्पादनलाई एकीकृत गरी बजार व्यवस्थापन गरिनेछ । नगरपालिकाले कृषि उत्पादन बढाउन एक वडा एक उत्पादन, पकेट क्षेत्र कार्यक्रम, कृषि अनुदान, सहकारी क्षेत्रसँग सहकार्य लगायत काम गरिरहेको छ । बजार निर्माण भएपछि नगरपालिकाको आन्तरिक स्रोत पनि बढ्ने अपेक्षा छ ।

प्रदेश २ मा पार्टी कार्यकर्तालाई कृषि अनुदान

प्रदेश २ सरकारले कृषिका योजना पार्टीका कार्यकर्तालाई बाँडेको पाइएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०७६-७७ मा ५० प्रतिशत अनुदानमा किसानका नाममा ट्याक्टर वितरण गरेको थियो ।

गाउँ–गाउँ कृषि अनुदान

नेपाल समाचारपत्र, पाल्पा । जिल्लाको तिनाउ गाउँपालिकाले स्थानीय मुनाल गाईं फर्मलाई केही समय पहिले मिल्किङ ९दूध दुहुने मेसिन० हस्तान्तरण ग¥यो । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरका अनुसार गाउँपालिकाले ३ लाख बराबर मिल्किङ मेसिन ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरेको हो । पम्परागत रूपमा गरिने कृषि कर्मलाई आधुनिकीकरण गर्नका लागि मेसिन प्रदानसँगै कृषकको कार्यशैली बदलिएको छ । […]

कृषि अनुदान कसिलो बनाइँदै

आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि क्षेत्रमा जाने सबैखाले अनुदानमा एक रूपमा दिने र थप कसिलो बनाइने भएको छ । कृषि अनुदानको दुरूपयोगको गुनासो बढ्दै जाँदा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले मातहतका सबैखाले अनुदानको अनुपात ५० प्रतिशत बनाउने प्रस्ताव गरेको जनाएको छ ।