काठमाण्डाै – नेकपा एमालेले रासायनिक मलमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ ।
एमालेको कृषि तथा पशुपक्षी विभागले आज आइतवार विज्ञप्ति निकालेर विदेशीलाई खुसी पार्न सरकारले रासायनिक मलको मूल्यवृद्धि गरेको आरोप लगाउँदै तत्काल फिर्ता लिन माग गरेको छ । रासायनिक मलको अनुदान कटौती गर्ने र मूल्यवृद्धि गर्ने निर्णयले किसान मर्कामा पर्ने एमालेको भनाइ छ । रासायनिक मलमा दिँदै आएको अनुदान कटौतीले भारतीय उत्पादनलाई प्रोत्साहन गर्ने एमालेको दाबी छ ।
यस्तै पार्टीको कृषि तथा पशुपक्षी वि...