दुई वर्षदेखि बन्द दामन रिसोर्ट र भ्यूटावर पुनः सञ्चालनको तयारी

भदौ ७, टिस्टुङ । दूरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्यूटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ ।  स्थानीय तहमा जनप्रतिनिधि आउनेवित्तिकै नगरपालिकाले पहिलो वर्ष नै ठेक्का आह्वान गरी हेटौँडाको प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्का दिएको थियो ।  सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाश इन्टरनेशनलबीचको ठेक्का सम्झौता भंग भएपछि बाँकी एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग पाँच वर्षका लागि ठेक्का सम्झौता भए पनि सो रिसोर्ट र भ्यूटावर दुई वर्षदेखि बन्द छ । भ्यूटावरमा दूरबिन राखिदिन नगरपालिकालाई पटकपटक आग्रह गरे पनिे सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटल इन्टरनेशनलले जिकिर गर्दै आएको थियो । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय नै चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्यूटावरबाट हात झिक्यो । अहिले नगरपालिकाले यथावस्थामा नै रिसोर्ट तथा भ्यूटावर सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरेको छ । न्यूनतम रू. तीन लाख २० हजार कायम गरी एक वर्षका लागि रिसोर्ट तथा भ्यूटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिए ।  रिसोर्ट र भ्यूटावर सञ्चालनको ठेक्का पाउने व्यवसायीले  भ्यूटावर, किचेन, स्टोर, रेष्टुराँ र  भ्यूटावर अगाडिको हल मात्र प्रयोग गर्न पाउने नगरपालिकाले जानकारी दिएको छ । ‘यसअघि प्रयोगमा रहेका बेड रुम (लज) प्रयोग गर्न नपाउनेगरी निर्णय भएको छ’, उनले भने ।  यसअघि नगरपालिकाको कुनै प्रकारको बाँकी बक्यौता रहेको व्यक्ति, फर्म वा कम्पनीले बोलपत्रमा भाग लिन नपाउने सूचनामा जानकारी दिइएको छ । रिसोर्ट र भ्यूटावर सञ्चालनका क्रममा विद्युत् महसुल र पानी महसुल व्यवसायीले नै बुझाउनुपर्ने तथा रिसोर्ट सुरक्षाका लागि मूलगेटमा सुरक्षा गार्डको व्यवस्था अनिवार्य रुपमा व्यवसायी स्वयम्ले नै गर्नुपर्ने नगरपालिकाले जानकारी दिएको छ ।  विसं २०२१ मा निर्माण गरिएको दामन भ्यूटावर लामो समय केन्द्रीय सरकारको मातहत रहेकोमा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिका मातहत आएको थियो । रासस

सम्बन्धित सामग्री

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेतीतर्फ आकर्षित

भजनी – बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन् । राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन । कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए […]

३० वर्षदेखि बन्द कृषि औजार कारखाना सञ्चालनको तयारीमा आविष्कार केन्द्र

३ दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःं सञ्चालनमा आउने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टिमले कारखाना सञ्चालनको तयारी गरेको छ ।आविष्कार केन्द्रको १६ जना प्राविधिक टिमले ४ दिनदेखि कारखानामा दैनिक १२ देखि १६ घन्टा खटेर पुराना मेसिन सरसफाइ गर्ने, चल्नसक्ने र फाल्नुपर्ने मेसिनहरु छुट्याउने, विद्युतीकरणको अवस्था र कारखाना सञ्चालनका लागि तत्काल लाग्ने लागतको विषयमा प्रारम्भिक अध्ययन सुरु गरेको छ । असोज ११ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताका आ

त्रिशूलीमा साढे ५ सय मिटरको जीपलाइन तयार, व्यावसायिक सञ्चालनको तयारी

रिभर फन बिच रिसोर्टले त्रिशूली नदीमा साढे ५ सय मिटरको जीपलाइन निर्माण गरेको छ । जीपलाइन तयार भएर सफल परीक्षण भएको पनि रिसोर्टले जानकारी दिएको छ ।  रिभर फनले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारको रिसोर्टसम्म पुग्ने गरी बनाएको उक्त जीपलाइनको सफल परीक्षण भएको रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताए ।  १२ वर्षदेखि सञ्चालनमा रहेको यो रिसोर्टले ग्राहकको सुविधा र आकर्षणका लागि जीपलाइन सञ्चालन गरेको उनले बताए । अधिकारीका अनुसार ५५८ मिटर लामो जीपलाइनको अधिकांश भाग त्रिशूली नदि माथि पर्छ ।  ...

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार  बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिप्रसाद भट्टले जानकारी दिए ।  यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई  विद्यालयमै खोप केन्द

बैतडीका ३९ हजार बालबालिकालाई मोडर्ना खोप दिइने

बैतडी : बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार  बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप दिइने भएको छ। सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाहरुका लागि खोप अभियान सञ्चालन गर्ने निर्देशन गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको  स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए। यहाँ पनि  १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आगामी पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो। बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२   बालबालिका रहेका र उनीहरुलाई  वि

बैतडीमा १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप

बैतडी : बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ।जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप लगाउने तयारी भएको हो। सरकारले देशका विभिन्न जिल्लामा किशोरकिशोरीका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरीशप्रसाद भट्टले जानकारी दिए।यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई आगामी पुस ४ गतेदेखि मोडर्ना खोप दिइने भएको हो

दामन भ्युटावर पुनः सञ्चालनको तयारी

गत वर्षदेखि नै बन्द रहेको दामन भ्यु टावर पुनः सञ्चलन गर्ने तयारी भएको छ । थाहा नगरको दामनमा रहेको भ्यु टावर एन्ड दामन रिसोर्टसमेत कोरोनाका कारण गत वर्ष वैशाखबाट बन्द छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै भाडामा सञ्चालनको जिम्मा लिएको निजी कम्पनीसँगको सम्झौता रद्द भएपछि दामन भ्युटावर गत छ महिनादेखि ठप्प छ ।

चितवन मेडिकल कलेज सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला दिन तयार

चितवन : कोभिड-१९ को संक्रमण बढिरहेको समयमा चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ। एक वर्षदेखि काम थालेर हाल प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ। कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले आफूहरुसँग जनशक्ति र प्रयोगशाला तयारी भएको भन्दै सरकारलाई दिन

सरकारलाई पीसीआर ल्याब दिन तयार भयो चितवन मेडिकल कलेज

चितवन – कोभिड–१९ को सङ्क्रमण बढिरहेको समयमा यहाँ रहेको चितवन मेडिकल कलेजले स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई दिन तयार रहेको जनाएको छ ।  एक वर्षदेखि काम थालेर अहिले प्रयोगशाला सञ्चालनको तयारी अवस्थामा पुगेको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राध्यापक डाक्टर हरिशचन्द्र ...

बन्यो बुटवलमा आधुनिक वधशाला

रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा गरेका पसलबाट मासु उपभोग गरिरहेका थिए। अब वधशाला सञ्चालनको तयारी भएसँगै उपभोक्ताले स्वच्छ मासु खान पाउने भएका छन्।