दामन भ्युटावर पुनः सञ्चालनको तयारी

गत वर्षदेखि नै बन्द रहेको दामन भ्यु टावर पुनः सञ्चलन गर्ने तयारी भएको छ । थाहा नगरको दामनमा रहेको भ्यु टावर एन्ड दामन रिसोर्टसमेत कोरोनाका कारण गत वर्ष वैशाखबाट बन्द छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण देखाउँदै भाडामा सञ्चालनको जिम्मा लिएको निजी कम्पनीसँगको सम्झौता रद्द भएपछि दामन भ्युटावर गत छ महिनादेखि ठप्प छ ।