प्रचण्ड र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढ्यो : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’  र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताएका छन् ।  शनिबार पार्टीको वडास्तरीय अधिवेशनको उद्घाटन गर्दै उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए ।उनले भने,  ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि ब

सम्बन्धित सामग्री

आफूलाई हटाएर देखाउन ओलीको चुनौती, प्रचण्ड-नेपाल भन्छन्ः ओली पाहा झैं पछारिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहलाई चुनौति दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड-माधव समुहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौति दिनुभएको हो । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहाना हो भने आफैले संसदीय दलको बैठक बोलाईदिने सम्म बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको कमिटीमा आउनुपर्यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत फेर्नुहोस् । बैठक बोलाईदिन्छु । आउनुहोस् न ।’ उहाँले प्रधानमन्त्रीका लागि खोजी भईरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रिया अनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौति दिनुभयो । एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफुलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव राखेर आफुलाई हटाएर देखाउन चुनौति दिनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यास भित्र पर्छ यो ?’ अदालतको फैसलापछि देश फेरि अन्यौलमा फसेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विच्चलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफूमाथि शारीरिक हमला सम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भईरहेको दाबी गर्दै ...

जसपासँग प्रचण्ड-नेपालले गरेको कुराकानी राजेन्द्र श्रेष्ठले खुलाए

वार्तामा नेकपाको तर्फबाट कमरेड प्रचण्ड, कमरेड माधव नेपाल दुवै अध्यक्ष हुनुहुन्थ्यो, हाम्रो तर्फबाट अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो र म गरी तीन जना थियौं । वार्तामा प्रचण्ड कमरेड र माधव कमरेड दुवैले बिहिबारको सन्दर्भमा हामीले चाहेपनि नचाहेपनि एउटा नयाँ ढंगले बढ्नुपर्ने आवश्यकत्ता यो देशले नै निर्माण गर्यो ।

ओलीको व्यङ्ग्य : बुढेशकालमा ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को विरोधमा प्रचण्ड–नेपाल समूह...

निर्वाचन आयोगले किन बोलायो ओली र प्रचण्ड–नेपाल पक्षलाई ?

निर्वाचन आयोगले नेकपाका दुबै पक्ष (प्रचण्ड–माधव नेपाल र केपी ओली पक्ष) लाई संयुक्त छलफलका लागि शुक्रबार बोलाएको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका सूचना निकाल्नुअघि आयोगले नेकपाका नेताहरुसँग छलफल गर्न खोजेको हो । दल दर्ताको सूचना निकालेपछि नेकपाका दुबै पक्षले छुट्टाछुट्टै रुपमा दर्ताको प्रयत्न गर्ने र त्यसले मुठभेट निम्तिने चिन्ता आयोगलाई छ । नेकपाका दुबै पक्षले पुस ५ यता अलग–अलग ढंगले गरेका बैठक र तिनले गरेका निर्णयलाई आयोगले मान्यता दिएको छैन । कान्तिपुरमा खबर छ ।

प्रधानमन्त्री ओलीविरुद्ध मुख्यमन्त्री शाही सडकमा

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सडक आन्दोलनमा निस्केका छन्। प्रचण्ड–माधव नेपाल समूहले मंगलबार देशभरि गरेको विरोध कार्यक्रमअन्तर्गत मुख्यमन्त्री शाही सडक आन्दोलनमा उत्रिएका हुन्।

प्रचण्ड-नेपाल सडकमा आउनुलाई नेता साउद भन्छन्, ‘दुख पाइस मंगले आफ्नै ढंगले’

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाका नेताहरुले आफ्नै कारणले दु:ख पाएको बताएका छन्। प्रधानमन्त्री केपी ओलीले त्याग नगर्दा र प्रचण्ड र माधव नेपाल प्रक्रियाबाट अगाडि आउन नसक्दा अहिलेको अवस्था निम्तिएको उनको भनाई छ। गृहजिल्ला कञ्चनपुरमा रहेका नेता साउदले शुक्लाफाँटा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको