आफूलाई हटाएर देखाउन ओलीको चुनौती, प्रचण्ड-नेपाल भन्छन्ः ओली पाहा झैं पछारिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड-माधव समूहलाई चुनौति दिनुभएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै आएको प्रचण्ड-माधव समुहलाई उहाँले लोकतान्त्रिक प्रक्रियामार्फत आफूलाई हटाएर देखाउन चुनौति दिनुभएको हो । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले संसदीय दलको नेता फेर्ने चाहाना हो भने आफैले संसदीय दलको बैठक बोलाईदिने सम्म बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टीको कमिटीमा आउनुपर्यो । अध्यक्षले बोलाएको बैठकमा आउनुपर्यो । महासचिवले बोलाएको बैठकमा आउनुपर्यो । दलको नेताले बोलाएको बैठकमा आउनुपर्यो । उहाँहरु दलको नेता फेर्नुहोस् न । विधिवत फेर्नुहोस् । बैठक बोलाईदिन्छु । आउनुहोस् न ।’ उहाँले प्रधानमन्त्रीका लागि खोजी भईरहेको भन्दै व्यंग्य गर्नुभयो । उहाँले प्रधानमन्त्री बन्न चाहनेलाई विधि र प्रक्रिया अनुसार संसदीय अभ्यासमा सहभागी हुन पनि चुनौति दिनुभयो । एउटै पार्टीमा भएर पनि अघिल्लो पटक पनि माधव नेपाल, झलनाथ खनालहरुले प्रचण्डलाई उकासेर आफुलाई हटाएको भन्दै उहाँले अविश्वासको प्रस्ताव राखेर आफुलाई हटाएर देखाउन चुनौति दिनुभयो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखेर हटाउने होइन गलहत्याएर हटाउने । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया थाहा पाउनुभयो नि कस्तो रहेछ भनेर ? प्रजातान्त्रिक अभ्यास कस्तो रहेछ उहाँहरुको ? अविश्वासको प्रस्ताव राखेर हटाउन पाउनुहुन्छ नि उहाँहरुले । हटाउनुहोस् न अविश्वासको प्रस्ताव राखेर । त्यो बाटो नजाने गलहत्याउने । कुन लोकतान्त्रिक अभ्यास भित्र पर्छ यो ?’ अदालतको फैसलापछि देश फेरि अन्यौलमा फसेको दाबी उहाँले गर्नुभयो । राष्ट्रिय राजनीति अस्थिरतातर्फ धकेलिए पनि पार्टी किञ्चित विच्चलित नभई अगाडि बढ्ने र मुलुकलाई अलोकतान्त्रिक बाटोमा जान नदिने प्रतिवद्धता जनाउनुभयो । सरकारले ठिक ढंगले र प्रभावकारी ढंगले काम गरिरेकाले, विकास कामले गति लिएकाले आफुमाथि प्रहार गर्ने काम भएको दाबी उहाँले गर्नुभयो । उहाँले आफूमाथि शारीरिक हमला सम्म हुन सक्ने भन्दै त्यसो भयो भने अनौठो नमान्न तथा प्रतिक्रियावादी तत्वसँग घुँडा नटेक्न पनि कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले पार्टीलाई देशी विदेशी शक्तिहरुबाट आक्रमण भईरहेको दाबी गर्दै ...

सम्बन्धित सामग्री

कोशी प्रदेशको नाम परिवर्तन गरेर देखाउन पहिचानवादीलाई ओलीको चुनौती

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशको नाम संशोधन हुने संभावना नरहेको बताएका छन् । आज (शनिवार) पाँचथरमा भएको कार्यक्रममा बोल्दै ओलीले दुई चारजना सडकमा उत्रिएकै भरमा कोशी नाम फिर्ता नहुने बताएका हुन् । उनले पहिचानवादीहरुलाई कोशी प्रदेशको नाम फेरेर देखाउन चुनौतीपनि दिएका छन् । उनले भने ‘दुईचार जना […]

एसपीपी सम्झौताको नयाँ ड्राफ्ट सरकारलाई ओलीको चुनौती

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन्। मंगलबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा...

एसपीपीको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई ओलीको चुनौती

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन्। मंगलवार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका…

संसदीय निर्वाचनमा ३ सिट जितेर देखाउन माधवलाई ओलीको चुनौती

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैँमाथि प्रहार गरेको उनको आरोप छ ।काठमाडौँमा शुक्रबार पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै ओलीले माधव […]

नेपाललाई संसदीय निर्वाचनमा ३ सिट ल्याएर देखाउन ओलीको चुनौती

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन्।...

माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीको चुनौती

काठमाडौं, २५ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिएका हुन् । यस्तै, उनले प्रचण्ड ४ सिटपनि आउदैन् भनेर गठबन्धन गरेको […]

झापामा माओवादीको महाधिवेशन गरेर देखाउन अध्यक्ष दाहाललाई ओलीको चुनौती

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा माओवादी केन्द्रको महाधिवेशन गरेर देखाउन पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । चितवनमा एमालेले महाधिवेशन गर्न लागेको सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै ओलीले झापामा अधिवेशन गर्न चुनौती दिएका हुन् । चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, […]

प्रचण्ड र माधवलाई चुनाव जितेर देखाउन ओलीको चुनौती

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका कारण चुनाव जितेको दावी गरेका छन् । आइतबार झापामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताए । उनले प्रचण्ड र माधव नेपाललाई अव चुनाव जितेर देखाउन चुनौती समेत दिए । ‘प्रचण्डले अब जितेर देखाउन् त, माधव नेपालले जितेर देखाउन् त ?’ओलीको भनाइ छ । उनले एमालेबाट गएका अरु नेता कार्यकर्ता फर्कि

अध्यादेश फेल गरेर देखाउन प्रधानमन्त्री ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका छन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार काठमाडौमा गरेको कार्यक्रममा सम्बोधन गर्दैए प्रधानमन्त्री ओलीले हिम्मत भए अध्यादेश फेल गरेर देखाउन चुनौति दिएका हुन् ।उनले एसिड आक्रमण विरुद्धको अध्यादेश पास हुन नदिन संसद अवरुद्ध गरिएको दाबी गरे । उनले संसदमा सांसदहरुले संसदीय मूल्य […]

प्रधानमन्त्रीबाट हटाएर देखाउन ओलीको चुनौती, जनतामा गएर दुईतिहाइ ल्याउने दाबी

प्रधानमन्त्री केपी ओलीले पदबाट हटाएर देखाउन चुनौती दिएका छन् । गृहजिल्ला झापा आएका ओलीले दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाको संगमस्थलमा बन्ने चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्याश कार्यक्रममा आइतबार...