निर्वाचन आयोगले किन बोलायो ओली र प्रचण्ड–नेपाल पक्षलाई ?

निर्वाचन आयोगले नेकपाका दुबै पक्ष (प्रचण्ड–माधव नेपाल र केपी ओली पक्ष) लाई संयुक्त छलफलका लागि शुक्रबार बोलाएको छ । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका सूचना निकाल्नुअघि आयोगले नेकपाका नेताहरुसँग छलफल गर्न खोजेको हो । दल दर्ताको सूचना निकालेपछि नेकपाका दुबै पक्षले छुट्टाछुट्टै रुपमा दर्ताको प्रयत्न गर्ने र त्यसले मुठभेट निम्तिने चिन्ता आयोगलाई छ । नेकपाका दुबै पक्षले पुस ५ यता अलग–अलग ढंगले गरेका बैठक र तिनले गरेका निर्णयलाई आयोगले मान्यता दिएको छैन । कान्तिपुरमा खबर छ ।  

सम्बन्धित सामग्री

निर्वाचन आयोगले देखाएको बदनियत

निर्वाचन आयोगले संघीय तथा प्रदेश सभाको लागि चुनाव लडेका झन्डै २५०० जना उम्मेद्वारलाई निर्वाचन खर्च सार्वजनिक नगरेको भनेर साउनको दोस्रो हप्ता प्रति उम्मेद्वार रु.१५  हजार जरिवाना सहित सूची प्रकाशित गर्यो। यो जरिवानाको सूचना निर्वाचन भएको मितिको ७ महिनापछि हो। चुनाव सम्पन्न भएको ५ महिनापछि गत वैशाखमा निर्वाचन आयोगले ७ दिने सूचना निकालेर आयोगमा निर्वाचन खर्च […]

निर्वाचन आयोगले गर्‍यो सिट बाँडफाँट

काठमाडौं, मंसिर २२ । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। मंगलबार मतगणना सकिएलगत्तै निर्वाचन आयोगले बुधबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र ६ तथा सोही ऐनको अनुसूची १ र २ तथा […]

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ।

१२ दललाई निर्वाचन आयोगले बोलायो

काठमाडौं : निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले बुधबार मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचन आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो।आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो।  मंसिर ४ गते

निर्वाचन आयोगले ल्याएको आचारसंहितामा के छ ? (पूर्णपाठसहित)

१३ भदौ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता सार्वजनिक गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले आचारसंहिता तयार गरी राजपत्रमा प्रकाशित गरेको हो । आयोगले निर्णय गरेका दिनदेखि आचारसंहिता लागू हुनेछ । आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता […]

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

काठमाडाैँ- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ। आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो। नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ। आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।

निर्वाचन आयोगले फेर्‍यो भरतपुरमा मुख्य निर्वाचन अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई हटाएको छ। आयोगले भरतपुरका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। आयोगले केही दिनअघि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको थियो।

निर्वाचन आयोगले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।  सोमवार निर्वाचन आयोगले गर्ने नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको बताएका हुन् । आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन

निर्वाचन आयोगले कानुन मन्त्रालयसँग आज छलफल गर्ने

काठमाडौं, १४ माघ । आगामी चुनावबारे निर्वाचन आयोगले कानून मन्त्रालयसँग छलफल गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनको कानुनको विषयमा छलफल गर्न मन्त्रालयलाई आज बोलाएको जनाइएको छ । स्थानीय तहको निर्वाचन आयोगले आगामी वैशाखमै गर्नुपर्ने भन्दै निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्दै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा […]

निर्वाचन आयोगले कानून मन्त्रालयलाई बोलायो

१४ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी चुनावबारे छलफल गर्न कानून मन्त्रालयलाई बोलाएको छ । निर्वाचन कानूनका विषयमा आयोगले मन्त्रालयसँग आज छलफल गर्न लागेको हो । कानून मन्त्रालयका सचिव उदयराज सापकोटाले आज साढे ११ बजे निर्वाचन आयोगले छलफलका लागि बोलाएको जानकारी दिए । निर्वाचन आयोग स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्ने अडानमा छ । उसले […]