९ महीनामा निर्जीवन बीमा कम्पनीहरूले संकलन गरे ३० अर्बभन्दा बढी बीमा शुल्क, सबैभन्दा बढी शिखरको

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनी (Nonlife Insurance) हरूले चालू आर्थिक वर्षको चैत महिनासम्ममा ३० अर्ब १ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् ।  बीमा कम्पनीहरूले उक्त अवधिमा २१ लाख ६६ हजार ३२८ ओटा कुल बीमालेख जारी गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५८ प्रतिशत बढी हो । सो अवधिमा कम्पनीहरूले २८ अर्ब ७० करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । बीमाकम्पनीहरूले चैत महीनामा मात्रै ४ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।  शिखरको सबैभन्दा बढी  १६ ओटा निर्जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स (Shikhar Insurance) ले बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चैतसम्ममा ४ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले चैत महिनामा मात्रै ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्नेको दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स छ । कम्पनीले ३ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै सिद्धार्थ प्रिमियरले ३ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।  बीमक  चैत  महिनासम्मको जारी  बीमालेख  संख्या कुल  बीमा  शुल्क (रु. लाखमा) नेपाल इ. कं. लि. 138,335 11,510.47 दि. ओरिएन्टल  इ. कं. लि. 30,864 10,739.22 राष्ट्रिय बीमा कम्पनी लि. 44,404 19,952.03 नेशनल  इ. कं. लि. 24,949 7,632.72 युनाइटेड  इ. कं. (नेपाल) लि. 87,916 9,532.19 नेको  इ. लि. 214,439 22,631.09  प्रभु इ. लि. 95,013 11,549.13  आईएमई जनरल 90,199 14,222.08 प्रूडेन्सियल इ. कं. लि. 103,978 10,451.26 शिखर इ. कं. लि. 203,301 41,548.57  एनएलजी इ. कं. लि. 153,355 18,112.68  अजोड इ. कं. लि. 104,909 14,432.60 हिमालयन एभरेष्ट इ. लि. 201,291 22,949.28 सानिमा जिआईसी इ. लि. 137,929 16,546.83  सिद्धार्थ प्रिमियर इ. लि. 269,888 33,525.16  सगरमाथा लुम्बिनी इ. क. लि. 265,558 34813.07  कुल 2,166,328 300,148.40   स्रोत: नेपाल बीमा प्राधिकरण

सम्बन्धित सामग्री

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : बीमामा बढ्दो आकर्षण

नेपालमा २००६ सालअघि रघुपति जुट मिल, जुद्ध म्याच फ्याक्ट्री, विराटनगर कटन मिल, वीरगञ्ज कटन मिललगायत उद्योग र कल कारखानाको स्थापना भएको पाइन्छ । नयाँ उद्योग सञ्चालनमा आएसँगै वित्तीय सहयोगका लागि १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएको थियो । बैंकको स्थापना भएपछि सोही समयमा नेपालमा बीमा कम्पनीको पनि आवश्यकता महसूस भएको बीमा जानकारहरू बताउँछन् । सोही अनुरूप उक्त समयमा भारतीय बीमा कम्पनीले नेपालमा निर्जीवन बीमा शुरू गरेको इतिहास छ ।  नेपाल बैंक लिमिटेडको सक्रियतामा २००४ सालमा नेपाल माल चलानी तथा बीमा कम्पनी स्थापना भएको थियो । २०१६ सालमा यस कम्पनी नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनी लिमिटेडमा परिवर्तन भएको थियो । कम्पनीलाई २०४८ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा पूर्णरूपले निर्जीवन बीमाको काम गर्ने गरी पुन: नामकरण गरिएको थियो । २०२५ साल अघिसम्म भारतीय बीमा कम्पनीहरूले बीमाको काम गर्दै आएका थिए । उक्त समय नेपालमा रुवी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टर्लिङ इन्स्योरेन्स कम्पनी लिमिटेडलगायत बीमा कम्पनीले बीमाको काम गरेको पाइन्छ ।  २०२४ पुस १ गते १ करोड रुपैयाँको अधिकृत पूँजीमा राष्ट्रिय बीमा संस्थान प्रालिको स्थापना भएको थियो । राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ आएपछि कम्पनी राष्ट्रिय बीमा संस्थानमा परिवर्तन गरिएको थियो । यस कम्पनीले २०२९ सालदेखि जीवन बीमा पनि शुरू गरेको थियो ।  २०४४ सालमा नेपालमा बीमा व्यवसाय गर्न निजीक्षेत्रको नेशनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको थियो । कम्पनीले शुरूका २ वर्षसम्म निर्जीवन बीमा व्यवसाय र त्यसपछि भने जीवन बीमा व्यवसाय पनि शुरू गरेको थियो । नेपालको विकासमा बीमा क्षेत्रको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ । बीमाले व्यक्तिको सम्पत्ति, उद्योग, कलकारखाना लगायतमा पर्न सक्ने जोखिमका साथै राज्य उक्त जोखिमबाट हुन सक्ने आर्थिक भार न्यूनीकरण गर्न मदत गर्छ ।  नेपाल बीमा प्राधिकरणका अनुसार नेपालमा अहिले १४ जीवन र १४ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यस्तै रि–इन्स्योरेन्सतर्फ दुई र लघु बीमातर्फ चार कम्पनी सञ्चालनमा छन् ।  आधा जनसंख्या बीमाको दायरामा नेपालमा बीमा शुरू भएको कम समयमा नै झन्डै आधा जनसंख्या बीमाको दायरामा समेटिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७९/८० सम्ममा नेपालको कुल जनसंख्याको ४४ प्रतिशत बीमाको दायरा समेटिएका हुन् ।  वैदेशिक रोजगार म्यादी जीवन बीमालेखसहित बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत नागरिकसम्म फैलिएको हो । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखबाहेकको बीमाको दायरामा ३९ दशमलव शून्य ३ प्रतिशतमा छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । बीमाको दायरा ४४ दशमलव ३८ प्रतिशत पुगेसँगै बीमाको पहुँचमा १ करोड २९ लाख ४३ हजार २३९ नागरिक छन् । कम समयमा नै बीमाको दायरामा उल्लेखनीय सुधार हुनुमा बीमा प्राधिकरणको मुलुकभर नै गरिने सचेतना अभियान, कम्पनीको शाखा र व्यवसाय विस्तार, र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बीमा जानकारहरू बताउँछन् । बीमाले व्यक्तिको साथै संस्थामा अनिश्चित घटनाहरूबाट हुने जोखिमबाट सृजना हुने आर्थिक भार न्यूनीकरण गर्ने भएकाले मुलुकको समर्ग विकासमा बीमाको प्रमुख भूमिका रहँदै आएको छ ।  सातै प्रदेशमा बीमा विस्तार हुँदै नेपाल बीमा प्राधिकरणले सातै प्रदेशका स्थानीय तहहरूसँग सहकार्य गरेर बीमा सचेतनाका कार्यक्रम गर्दै आएको छ । अहिले मुलुकभरका नागरिकहरू बीमामा समेटिँदै गएको प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । बीमा ऐनमा नै प्राधिकरणले बीमा विकासमा काम गर्नुपर्ने विषय उल्लेख भएसँगै अहिले प्राधिकरणले आक्रमक रूपमा बीमा सचेतनाका कामहरू अघि बढाएको छ । प्राधिकरणका अनुसार चालू आवमा मात्रै प्राधिकरणले १०० भन्दा बढी स्थानीय तहमा बीमा सचेतना र अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आव २०७९/८० मा सक्रिय निर्जीवन बीमालेखको संख्या २७ लाख ९२ हजार ५१६ छ । त्यसमध्ये सबैभन्दा बढी ४५ दशमलव ३० प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि लुम्बिनी प्रदेशमा १५ दशमलव ४९ प्रतिशत र कोशी प्रदेशमा १२ दशमलव ८५ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा निर्जीवन बीमालेखबाट ४० अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यसमध्ये ६७ दशमलव ३० प्रतिशत बागमती प्रदेशबाट, ८ दशमलव ७५ प्रतिशत लुम्बिनीबाट र ८ दशमलव ६२ प्रतिशत कोशीबाट संकलन भएको छ ।  आव २०७९/८० मा सक्रिय जीवन बीमालेखको संख्या १ करोड ४१ लाख ३७ हजार ३२१ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी ७० दशमलव ९५ प्रतिशत बागमती प्रदेशमा छ । त्यसपछि कोशी प्रदेशमा ७ दशमलव ८९ प्रतिशत र लुम्बिनी प्रदेशमा ७ दशमलव २६ प्रतिशत रहेको छ ।  आव २०७९/८० मा जीवन बीमालेखबाट १ खर्ब ४२ अर्ब रुपैयाँ संकलन भएको छ । यसमध्ये बागमती प्रदेशबाट ४४ दशमलव ३२ प्रतिशत, लुम्बिनीबाट १४ दशमलव ८९ प्रतिशत र कोशीबाट १२ दशमलव ३६ प्रतिशत बीमा शुल्क संकलन भएको छ ।

निर्जीवन बीमा कम्पनी कुनले कति कमाए ?

काठमाडौं– निर्जीवन बीमा कम्पनीहरूको बीमा व्यवसायमा २.६६ प्रतिशतको वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा बीमा शुल्कका आधारमा निर्जीवन बीमा व्यवसाय २.६६ प्रतिशतले बढेको हो । अर्थतन्त्रमा आएको सुस्तताको असर निर्जीवन बीमा क्षेत्रमा पनि देखिएको छ । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बीमा शुल्क […]

निर्जीवन बीमा प्रिमियम वृद्धि, सात महिनामा झन्डै २२ अर्ब सङ्कलन

सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीले सात महिनाको अवधिमा झन्डै २२ अर्ब रुपियाँ प्रिमियम सङ्कलन गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढी प्रिमियम सङ्कलन गर्न निर्जीवन बीमा कम्पनी सफल भएका छन् । चालू आर्थिक वर्षको माघ महिनासम्म निर्जीवन बीमा कम्पनीले २१ अर्ब ८१ करोड चार लाख रुपियाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुुन् । यी कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १७ अर्ब ८६ करोड रुपियाँ बराबरको बीमा शुल्क सङ्कलन गरेका थिए ।

निर्जीवन बीमा ११% ले बढ्यो

काठमाडौं । नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना (साउन) मा करीब रू. ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीबाहेकका कम्पनीले साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । साउनमा निर्जीवन बीमा कम्पनीहरूले २ लाख ४१ हजार ८३७ ओटा बीमालेख जारी गरेका छन् । समीक्षा अवधिमा निर्जीवन बीमा व्यवसाय १० दशमलव ७४ प्रतिशतले बढेको छ । गत आवको सोही महीनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्जीवन बीमातर्पmको वृद्धिदर सामान्य देखिएको बताए । ‘यसै पनि साउन आर्थिक वर्षको शुरुआती महीना भएका कारण यस समयमा व्यवसाय त्यति हँुदैन । समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको वृद्धि राम्रो देखिएको छ । तर, त्यसको तुलनामा निर्जीवन बीमामा त्यति राम्रो वृद्धि देखिएन,’ उनले भने, ‘समीक्षा अवधिमा भएका प्राकृतिक प्रकोपका कारण व्यवसाय वृद्धिदर त्यति राम्रो देखिएन होला ।’ १० प्रतिशतको वृद्धिदरलाई नराम्रो पनि भन्न नसकिने उनको भनाइ छ । ‘कोरोना महामारी अझै जारी छ । यो अवस्थामा व्यवसायमा ह्रास नै आएको छैन । यसलाई सकारात्मक रूपमा लिनुपर्छ,’ उनले भने । समीक्षा अवधिमा बीमाशुल्क संकलन गर्ने मामलामा शिखर इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । साउनमा उक्त कम्पनीले रू. ३३ करोड बीमाशुल्क संकलन गरेको छ । बढी बीमा शुल्क संकलन गर्ने दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स देखिएको छ । कम्पनीले रू. ३० करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो नम्बरमा रहेका नेको र सिद्धार्थ इन्स्योरेन्सले २६/२६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

ओरियन्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरियन्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ । सन् १९४७ मा स्थापना भएको ओरियन्टल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको