शुक्रवार ५ ओटा कम्पनीको साधारण सभा हुँदै

जेठ २७, काठमाडौं । शुक्रवार ५ ओटा कम्पनीको साधारण सभा हुँदैछ । हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा गर्न लागेका हुन् ।  हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ । सभाले ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १२ गतेसम्मका कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।  लुम्बिनी जनरल इन्स्योरेन्सले सभा बेलुका ४ बजे गर्ने जानकारी गराएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जेठ १३ गतेसम्मका कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।  त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्सले सिद्धार्थ भवनमा बिहान ११ बजे सभा शुरु गर्ने भएको हो । सभाले १२ प्रतिशत बोनस शेयर र ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको लाभांश जेठ १३ गतेसम्मका कायम शेयरधनीले लाभांश पाउनेछन् ।  त्यस्तै, नेपाल फाइनान्सले कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा र ललितपुर फाइनान्सले केन्द्रिय कार्यालय लगनखेलमा बिहान ११ बजे साधारण सभा गर्ने जानकारी गराएका हुन् । यी दुवै कम्पनीको सभाको नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गर्नेछन् । 

सम्बन्धित सामग्री

तीन कम्पनीको साधारण सभा सोमवार हुँदै, कुन-कुन कम्पनी कहाँ हुँदै छ ?

काठमाडौं । भोलि सोमवार तीन कम्पनीको साधारण सभा हुँदै छ । न्यादी हाइड्रोपावर ,धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन् ।  न्यादी हाइड्रोपावर लिमिटेडले १५ औं वार्षिक साधारण सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण छलफलउपर छलफलका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।  त्यस्तै सभामा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकसहित दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुँदै छ । कम्पनीले लाभांशसम्बन्धी प्रस्ताव गरेको छैन । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १९ देखि चैत ६ गतेसम्म बुक क्लोज गरेको छ । यसको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य छन् ।  धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्न  भोलि सोमवार विशेष साधारण सभा बोलाएका हुन् ।  धौलागिरी लघुवित्तले डिसीआरडिसीको सभाहल उपल्लाचौर, बागलुङमा बिहान १० बजे सभा बोलाएको हो भने खप्तड लघुवित्तले होटल नमस्ते, अत्तरीयामा बिहान १० बजे सभा बोलाएको हो ।  सभामा यी दुवै लघुवित्त एक आपसमा मर्ज हुने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, डीडीएका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायत प्रस्तावहरू प्रस्तुत गरिनेछन् । फागुन २६ गतेसम्म कायम यी लघुवित्तका संस्थापक र सर्वसाधारण शेयरधनीहरूले विशेष साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

भलिबल संघको नेतृत्वका लागि मास्के र चन्द भिड्दै

काठमाडौं । नेपाल भलिबल संघको नयाँ नेतृत्वका लागि उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रबहादुर चन्दले प्रतिस्पर्धा गर्दै छन् । त्यसका लागि आज संघको चुनावी साधारण सभा हुँदै छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुने साधारणसभाले अब चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । उपाध्यक्ष मास्केले केहीअघि नै अध्यक्ष पदका लागि...

आरम्भ चौतारी लघुवित्त संंस्थाको साधारण सभा हुँदै

काठमाडौं, २६ चैत । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्थाको साधारण सभा आइतवार हुने भएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन […]

बक्सिङ संघको साधारण सभा हुँदै, महासचिवको असहमति

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघको शनिबार साधारण सभा हुने भएको छ । तर, संघकै महासचिव सविन भट्टाचार्यले भने अहिले साधारण सभा गर्नुको औचित्य नरहेको भन्दै फरक मत राखेका छन् । संघका अध्यक्ष राम अवालले शुक्रबार विज्ञप्ती जारी गर्दै संघको विधान अनुसार नियमित साधारण सभा ललिपुरको हात्तीबनमा हुन लागेको जनकाएका छन् । राष्ट्रिय दैनिकमा २१ […]

सिटिजन्स बैंकको आज ४ बजे साधारण सभा हुँदै

काठमाडौं, १६ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनलको साधारण सभा आज हुँदैछ । बैंकको सभा प्रधान कार्यालय दरबारमार्गमा साँझ ४ बजे बोलाइएको हो । बैंकको आज हुने सभाले १२ दशमलव ९१ प्रतिशत बोनश शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लााभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । कम्पनीको प्रस्तावित लाभांश असोज २१ गते […]

युनियन हाइड्रोपावरको साधारण सभा आज हुँदै

काठमाडौं, २५ असार । युनियन हाइड्रोपावर लिमिटेडको आज साधारण सभा हुँदै छ । कम्पनीले २ आर्थिक वर्षको सभा एकैदिन गर्न लागेको हो । कम्पनीको सभाले दुई वर्षको वार्षिक प्रतिवेदन विवरणमा छलफल र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ । यसको साथै सभाले ६ जना संचालकको निर्वाचन पनि गर्ने भएको छ । संस्थापक […]

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै

काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै छ । कम्पनीको सभा सोमबार (आज) काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको आज बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६÷७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने भएको छ । […]

आज यी दुई कम्पनीका साधारण सभा हुँदै

काठमाडौं, ७ बैशाख । आज दुई कम्पनीको साधारण सभा हुँदैछ । मंगलबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीको सभा हुन लागेको हो । कालिका लघुवित्तको आज बिहान देखि पोखराको होटल टास्क इन्टरनेशनलमा सभा भैरहेको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस बेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको […]