लक्ष्मी लघुवित्त र सिभिल लघुवित्तको साधारण सभा सोमवार, यी प्रस्ताव प्रस्तुत गरिँदै

काठमाडौं । भोलि सोमवार अर्थात् फागुन २९ गते दुई कम्पनीको वार्षिक साधारण सभा हुँदै छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन् ।  सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा सोमवार बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको हो । सभामा ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ । त्यस्तै सभाले कम्पनीको हाल कायम शेयर संरचनामा संस्थापक शेयरधनीतर्फ ६० प्रतिशत र सर्वसाधारण शेयरधनीतर्फ ४० प्रतिशत  रहेकोमा सो शेयर स्वामित्व परिवर्तन गरी संस्थापक ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।   कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् । त्यस्तै लक्ष्मी लघुवित्तले ११औं वार्षिक साधारण सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको हो । सभाले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्तावउपर छलफल गर्नेछ । त्यस्तै सभामा यस कम्पनीले अन्य इजाजतप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण  प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्तावउपर पनि छलफल गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

सम्बन्धित सामग्री

प्रभु इन्स्योरेन्ससहित तीन कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले सिभिल लघुवित्तको फागुन ११ गते कायम अन्तिम शेयरमूल्य रू. ७४९ को आधारमा ११ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ६७४ दशमलव ७७ तोकेको छ । सिभिल लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २८ करोड ८१ लाख २४ हजारको आधारमा ११ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले फागुन २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले कम्पनीको बोनसपछिको शेयर मूल्य तय गरिदिएको हो । त्यस्तै फागुन २३ गते ६ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत लाभांश पारित गर्न लागेको प्रभु इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि तय गरेको बुक क्लोजको आधारमा नेप्सेले बोनसपछिको शेयर मूल्य तोकेको छ । प्रभु इन्स्योरेन्सले फागुन १२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ५५५ दशमलव ९० को आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ५२० दशमलव ९९ तोकेको हो । सबैको लघुवित्तको १८ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले रू. ७११ दशमलव ८६ तोकेको छ । नेप्सेले कम्पनीको फागुन ११ गते कायम अन्तिम शेयर मूल्य रू. ८४० को आधारमा मूल्य समायोजन गरेको हो । सबैको लघुवित्तले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. २७ करोडको आधारमा १८ प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि शून्य दशमलव ९५ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन २६ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि फागुन १४ गते आइतवार एक दिन बुक क्लोज गर्ने भएकाले नेप्सेले बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयर मूल्यका आधारमा कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । यी तीन कम्पनीको प्रस्तावित लाभांश बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् ।

बोनस शेयरको लिस्टिङ ढिलो हुनुमा कम्पनीकै लापरबाही

माघ ९, काठमाडौं । साधारण सभाबाट पारित भएको चार महीना पुग्दा पनि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण(लिस्टिङ) गराएको छैन । उक्त कम्पनीले गत असोज २३ गते साधारण सभा गरेर २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । बुक क्लोज भएकै दिन मूल्य समायोजन भएपनि आफूले पाउने बोनस शेयर हितग्राही खातामा समयमा नै नआउँदा लगानीकर्ता भने निराश हुने गरेका छन् ।  उक्त कम्पनीले गत असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । यसै आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले २० प्रतिशत बोनस शेयर प्राप्त गर्ने छन्  । असोजमै साधारण सभा सम्पन्न गरेको नेपाल ल्यूव आयल लिमिटेडले पनि अहिलेसम्म नेप्सेमा बोनस शेयर सूचीकरण गरेको छैन । उक्त कम्पनीले पनि असोज १८ गतेको साधारण सभाबाट ३० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको थियो । त्यस्तै कात्तिमा साधारण सभा गरेका कतिपय कम्पनीहरुले अझै पनि नेप्सेमा बोनस शेयर सूचीकरण गराएका छैनन् । कतिपयले भने बोनस शेयर सूचीकरण गराएका छन् । बोनस शेयर सूचीकरण नगराउनेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड, शिवम् सिमेन्ट्स, कुमारी बैंक, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्था रहेका छन् । साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो । त्यस्तै शिवम् शिमेन्ट्सले कात्तिक १६ गते २९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । कुमारी बैंकले कात्तिक १६ गते ६ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।  त्यसैगरी स्वरोजगार कात्तिक २७ गते २५ प्रतिशत बोनस शेयर पारित गरेको थियो भने सिभिल बैंक लिमिटेडले कात्तिक २८ गते १९ प्रतिशत बोनस शेयर पारित गरेको थियो । ती कम्पनीले अहिलेसम्म बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छैनन् ।    कात्तिकमा साधारण सभाबाट पारित बोनस शेयर सूचीकरण गराउने कम्पनीहरु :   कात्तिकमा साधारण सभा गराएका सानिमा बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, गुराँस लघुवित्त, कामना सेवा विकास बैंक, माछापुच्छ्रे बैंक र आशा लघुवित्तले बोनस शेयर नेप्सेमा सूचीकरण गराएका छन् । सानिमा बैंकले कात्तिक १४ गते पारित १७ प्रतिशत बोनस शेयर, साग्रिला डेभलपमेन्ट बैंकले कात्तिक १६ गते पारित १० प्रतिशत बोनस शेयर, सिटिजन्स बैक इन्टरनेशनल लिमिटेडले कात्तिक १६ गते पारित गरेको १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र गुराँस लघुवित्तले कात्तिक २२ गते पारित गरेको १६ दशमलव ९१ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भइसकेको छ ।  त्यसैगरी कामना सेवा विकास बैंकले कात्तिक २३ गते पारित गरेको १८ दशमलव ५० प्रतिशत बोनस शेयर, माछापुछ्रे बैंकले कात्तिक २६ गते पारित गरेको १३ दशमलव ३० प्रतिशत बोनस शेयर र आशा लघुवित्तले कात्तिक २७ गते पारित गरेको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकरण गराइसकेका छन् ।    बोनस शेयर सूचीकरण हुन किन लाग्छ समय ?   एउटै महीनामा साधारण सभा गरेका कम्पनीहरुमा पनि कसैले दुई महीनाभित्र नै बोनस शेयर सूचीकरण गराउने गर्छन् भने कतिपयले भने समय लगाउने गरेका छन् । साधारण सभाबाट बोनस शेयर पारित भएपछि पनि नियमन निकायहरुबाट स्वीकृति लिनुुपर्ने व्यवस्था भएकाले समय लाग्ने गरेको कम्पनीको भनाइ छ ।  डिप्रोक्स लघुवित्तका एक कर्मचारीका अनुसार नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड (सेवोन) र नेप्सेमा विभिन्न विवरण बुझाउनु पर्ने भएकाले समय लाग्ने गरेको हो । कोभिडले गर्दा नियमन निकायमा कर्मचारी कम आउने गरेकाले पनि त्यसको प्रभाव पर्ने गरेको ती कर्मचारी बताउँछन् ।  उता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकारी मुराहरी पराजुली भने कतिपय कम्पनीले सबै प्रक्रिया पुर्‍याएर ल्याउने गरेकाले छिट्टै शेयर सूचिकरण हुने गरेको बताउँछन् ।  उनका अनुसार सरकारको स्वामित्व भएका संस्थाले साधारण सभाबाट बोनस शेयर पारित गरेपछि पनि सरकारको अनुमति अनिवार्य लिनु पर्ने भएकाले समय लाग्ने गरेको छ ।  ‘कतिपय कम्पनीले सबै प्रक्रिया पुर्‍याएर बोनस शेयर सूचीकरण गर्न आएका हुन्छन् । ती कम्पनीको बोनस शेयर सूचीकरण हुन समय लाग्दैन । तर, कतिपयले प्रक्रिया नै नपुर्‍याइ आउँदा प्रक्रिया पुर्‍याउँदा समय लाग्ने गरेको छ’, उनले भने ।  बैंक तथा वित्तीय संस्थाको हकमा राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय र सेवोनको स्वीकृति पत्र अनिवार्य गरिएको छ । त्यस्सैगरी बीमा कम्पनीको हकमा बीमा समिति, विद्युत् कम्पनीहरुको हकमा विद्युत् नियमन आयोगलगायतको स्वकृति अनिवार्य रहेको बताइएको छ ।

सिभिल लघुवित्तको १०औं वार्षिक साधारण सभा आइतवार हुँदै

कात्तिक २६, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा आइतवार (कात्तिक २८ गते) हुँदैछ । सभा बिहान ११ बजे बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वरमा काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षणको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका कात्तिक १४ गते बन्द भइसकेको छ । यस आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।