त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान, उडान दिनभरि नै प्रभावित हुने

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा देखिएको समस्या समाधान भएको छ । तर बिहानदेखि नै जहाज उडानमा ढिलाइ भएकाले दिनभरि नै उडान सेवा भने प्रभावित भएको छ । बिहान ६ बजेअघि नै प्राविधिक समस्या देखिएकाले उडान अवतरणमा केही समस्या भएको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार राडारमा समस्या देखिँदा उडान तोकिएको समयभन्दा आधा घण्टा ढिलो भइरहेको छ । ढिलो भए पनि उडान नरोकेको उहाँले बताउनुभयो । पुराना उपकरणका कारण बेलाबेलामा यस्तो समस्या आउने गरेको पनि उहाँले बताउनुभयो ...

सम्बन्धित सामग्री

बुधबार सिमरामा निर्धारित सबै उडान रद्द

१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरु हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौं यात्रुले समस्या भोग्नु परेको छ । मंगलबार भैरहवा, […]

कमजोर भिजिबिलिटीका कारण तराईका विमानस्थलको उडान प्रभावित

१२ पुस, काठमाडौं । कमजोर भिजिबिलिटीका कारण मंगलबार तराईका मुख्य विमानस्थलहरुको उडान प्रभावित भएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार भैरहवा, नेपालगञ्ज र धनगढीमा कमजोर भिजिबिलिटीका कारण उडान बन्द रहेको छ । बाक्लो हुस्सुले यी विमानस्थलको उडान प्रभावित भएको छ । काठमाडौंमा भने उडान सामान्य छ ।

मौसम खराबीका कारण हवाई उडान प्रभावित

काठमाडौँ, २१ माघ।मौसम खराबीका कारण शुक्रबार बिहानैदेखि हवाइसेवा अवरुद्ध भएको छ । काठमाडौं आउने रुटमा मौसमका प्रतिकूलताका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार गन्तव्य विमानस्थलभन्दा समस्या ‘इनरुट’मा देखिएको छ । उडान तथा अवतरण प्रभावित बनेपछि केही जहाजलाई होल्ड गराउनु परेको कार्यालय विमानस्थल स्रोतले जनाएको छ । शुक्रबार बढी […]

खराब मौसमका कारण भरतपुर, सुर्खेत र पोखराको उडान प्रभावित

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित उडान प्रभावित भएको छ । भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर र सुर्खेतमा उडान हुन नसकेको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका निर्देशक (प्रवक्ता) टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा १६ सय मिटर आईएफआर छ । भिजिबिलीटी कम हुँदा ट्राफिक फ्रिक्वेन्सी घटेको प्रवक्ता सिटौलाले बताए । सिमरा विमानस्थलमा ५ किलोमिटर आइएफआर छ ।

हुस्सुले खुलेन विमानस्थल, साढे ३ सय उडान प्रभावित

बाक्लो हुस्सुका कारण विमानस्थल नखुल्दा देशैभरको उडान ठप्प भएको छ ।  हुस्सुका कारण काठमाडौंको विमानस्थल नखुल्दा काठमाडौं बाहिरका तीन वटा विमानस्थल खुलेको भए पनि उडान भने हुन सकेको छैन ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हुस्सुका कारण भिजिबिलिटी नभएका कारण शुक्रवार तय भएका आन्तरिक र अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन् ।  विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेसम्ममा काठमाडौं बाहिरका विराटनगर, भद्रपुर र भरतपुर विमानस्थल खुलेको भए पनि त्रिभुवन विमानस्थलबाट उडान तथा अवतरण हुन नसक्ने भएकाले सबै उडान...

वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित

काठमाण्डाै – वर्षा र हिमपातका कारण आन्तरिक उडान प्रभावित भएका छन् । पोखरा, संखुवासभाको तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, डोल्पा, लुक्ला, सिमिकोट लगायतका ठाउँका सबै उडान रद्द भएका छन् । नेपालगञ्ज, भैरहवा र विराटनगरमा भने ढिलो गरी उडान सुरु भएको त्रिभुवन विमानस्थल कार्यालय का प्रवक्ता पूर्ण चुडालले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर नै रातिदेखि पानी परिरहेको छ । काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ ।

भिजिबिलिटी कम हुँदा उडान प्रभावित, एउटा जहाज लखनउ डाइभर्ट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । भिजिबिलटीका कारण उडान र अवतरण प्रभावित भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलमा ल्याण्ड हुनुपर्ने फ्लाई दुबईलाई भारतको लखनउ विमानस्थलमा डाइभर्ट गरिएको छ । नेपाल एयरलायन्स ९ बजेर ३० मिनेटमा  दिल्लीका लागी उडेको छ । लामो समय आकाशमा होल्ड भएपछि अलजजिराको विमान ल्याण्ड गराएको छ । अहिले ११ सय भन्दा माथि भिजिबिलीटी देखिएको छ तर, अवतरणमा समस्या कायमै रहेको विमानस्थलका एकजना अधिकृतले रातोपाटीलाई

त्रिभुवन विमानस्थल बन्द

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि बन्द भएको छ । तुवाँलोले गर्दा भिजिबिलिटी कम भएपछि उडानहरु प्रभावित भएका छन् । विमानस्थलका कर्मचारीका अनुसार दिउँसो २ बजेदेखि उडान तथा अवतरण बन्द गरिएको छ । आन्तिरिक उडानहरु बन्द गरिए पनि यस्तै अवस्था रहे काठमाडौंतर्फ आउँदै गरेका अन्तर्राष्ट्रिय […]