त्रिविले आइतबार बिदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक संस्थाहरुमा पनि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । कोभिडका असरका कारणले शैक्षिक पात्रो ढिलो भएको र पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेको लगायत कारण देखाउँदै हप्तामा दुई दिन बिदा नदिने त्रिविले बताएको हो । विश्वविद्यालयले आज एक सूचना जारी गर्दै अर्को सूचना […]

सम्बन्धित सामग्री

असार १ गतेदेखी आइतबार बिदा दिने निर्णय खारेज

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेकोमा उक्त निर्णय खारेज गरेको हो । सरकारले यही जेठ १ गतेदेखि शनिबारसँगै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । दुई दिन सार्वजनिक बिदा तत्कालका लागि […] The post असार १ गतेदेखी आइतबार बिदा दिने निर्णय खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक.

आइतबार बिदा दिने निर्णय तीन हप्तामै खारेज

काठमाडौँ – सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन निर्णय फिर्ता लिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइतबारको बिदा खारेज गरेको हो। सरकारले जेठ १ गतेदेखि आइतबार पनि बिदा दिएको थियो। आइतबारको बिदा प्रभावकारी नभएको गुनासो आएपछि सरकारले असार १ गतेदेखि लागू नहुने गरी निर्णय लिएको एक मन्त्रीले जानकारी दिए। उक्त बिदा खारेजीको माग गर्दै सोमबार […]

दोलखाका दुई स्थानीय तहका कार्यालय आइतबार बिदा नहुने

दोलखा गौरीशंकर गाउँपालिका र वैतेश्वर गाउँपालिकाले आफ्ना मातहतका कार्यालय, विद्यालय र स्वास्थ्य सेवा आइतबार बिदा नगरी सञ्चालन गर्ने भएका छन् ।संघीय सरकारले इन्धन बचाउन भन्दै जेठ १ गतेदेखि आइतबार पनि बिदा दिने निर्णय गरे तापनि दोलखाका २ स्थानीय तहले आइतबार पनि बिदा व्यावहारिक नभएको भन्दै आइतबार बिदा नगरी साविककै समयमा कार्यालय र विद्यालय खोल्ने निर्णय […]

खानीखोला गाउँपालिकाले आइतबार बिदा नदिने

काभ्रे : जिल्लाकाे विकट खानीखोला गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएकाे छ।गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै भएको पहिलो कार्यपालिकाको बैठकले संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषण गरेपनि गाउँपालिकाले भने नदिने निर्णय गरेकाे हाे।गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले कार्यपालिका बैठकबाट पालिका कार्यालय, वडा कार्यालयसँगै शैक्षिक संस्थाहरु शनिबार बाहेक नियमित सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।अध्यक्ष थिङले सेवाग्राहीको हित र विद्यार्थीको पठनपाठनलाई क

सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने, ओपिडी लगायतका सेवा खुल्ने

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने भएको छ। अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ।

आजदेखि आइतबार पनि सरकारी बिदा

काठमाडौँ । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो। बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो। सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो। निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान […]

कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने

सुर्खेत– कर्णाली प्रदेश अस्पतालले आइतबार बिदा नदिने निर्णय गरेको छ । सरकारले आगामी जेठदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि प्रदेश अस्पतालले त्यसको कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट सेवा लिने आउने सेवाग्राही दुई दिनको बिदाले थप मर्कामा पर्ने भएकाले बिदा नदिएर सेवा निरन्तर दिने निर्णय […]

विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा, शुक्रबार पूरै पढाइ

शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९स् ३० बजेदेखि साँझ ४स्३० सम्म सञ्चालन हुने उनले जानकारी दिए […]

शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार शनिबार र आइतबार दुई दिन बिदा दिइनेछ। आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्री कार्कीले परीक्षणको रुपमा दुई दिन बिदा दिने निर्णय भएको बताए ।पेट