खानीखोला गाउँपालिकाले आइतबार बिदा नदिने

काभ्रे : जिल्लाकाे विकट खानीखोला गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएकाे छ।गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै भएको पहिलो कार्यपालिकाको बैठकले संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने घोषण गरेपनि गाउँपालिकाले भने नदिने निर्णय गरेकाे हाे।गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले कार्यपालिका बैठकबाट पालिका कार्यालय, वडा कार्यालयसँगै शैक्षिक संस्थाहरु शनिबार बाहेक नियमित सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए।अध्यक्ष थिङले सेवाग्राहीको हित र विद्यार्थीको पठनपाठनलाई क