रहस्यमयी रकेट ठोक्किँदा चन्द्रमामा बने दुई खाल्डो, नासा वैज्ञानिक चकित

चन्द्रमामा चार महिना अघि एउटा रकेट ठोक्कियो । त्यसले दुईवटा खाल्डो बनायो । नासाको लुनर रिकन्सेन्स आर्बिटर (एलआरओ) ले खाल्डो त भेटे तर रकेटका टुक्रा कहाँ छन् त्यसबारे अत्तोपत्तो छैन । वैज्ञानिकका लागि अर्को एउटा समस्या पनि छ । साधारणतया एउटा रकेटको ठक्करले दुईवटा खाल्डो बन्दैनन् । तर त्यहाँ नजिकै दुई खाल्डो थिए । कुनै पनि वस्तुको ठक्करले एउटै ठाउँमा दुईवटा खाल्डो बन्न सक्दैन । यहि कुराले वैज्ञानिकलाई चकित पारिरहेको छ ।४ मार्च २०२२ मा एउटा रकेट बुस्टर चन्द्रमाको अँधेरो हिस्सासँग ठोक्किएको थियो । ए