काठमाडौँ,२८ भदौ । तनहुँ डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा आठ वटा पार्क निर्माण गर्ने भएको छ । सङ्घीय सरकारको रु ६० लाख र प्रदेश सरकारको रु २० लाख गरी रु ८० लाखको लागतमा पार्क निर्माण गर्न लागिएको हो । उक्त कार्यालयले जिल्लाका विभिन्न स्थानमा पर्यावरण व्यवस्थापनका लागि पार्क निर्माण गर्न बजेट विनियोजन गरिएको जनाएको […]