म्याग्दीमा रामायण पार्क निर्माण तयारी

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५ पछैमा रामायण पार्क निर्माण हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पार्क निर्माण हुने भएको हो। पार्कको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ। पौराणिक प्रमाणलाई यथावत राखेर पार्क बनाइने सरोकारवालाहरुले बताएका छन्। यस ठाउँलाई रामायणमा खलपात्रको रुपमा चित्रण गरिएका रावणको जन्मस्थानको रुपमा मानिन्छ।पहिलो चरणमा रामायणको मूर्ति, बगैंचा, बिश्राम स्थल, धर्मशालालगायतका पूर्वाधार बनाइने भएको छ। बजेटको उप

सम्बन्धित सामग्री

म्याग्दीमा ‘रामायण पार्क’ निर्माण हुँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पछैमा रामायण पार्क निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क निर्माण हुने भएको हो । निर्माण हुन लागेको रामायण पार्कको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । डिपिआर अनुसार पहिलो चरणमा रामायण पार्क निर्माणको विषयमा शुक्रवार पछैमा स्थानीय र सरोकारवालाहरूबीच छलफल भएको छ । पौराणिक प्रमाणलाई यथावत् राखेर पार्क बनाइने भएको छ । पहिलो चरणमा रामायणसम्बन्धिको मूर्ति, बगैंचा, विश्रामस्थल, धर्मशाला लगायत पूर्वाधार बनाइने भएको छ । बजेटको उपलब्धता र आवश्यकताको आधारमा पूर्वाधार निर्माणलाई क्रमागत रूपमा निरन्तरता दिइने नगर प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनले मन्त्रालय र नगरपलिकाबीच समन्वय नहुँदा ढिलाइ भएको जानकारी दिए । पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताए । डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाइने भएको छ । २३ करोड रुपैयाँ लागत अनुदान गरिएको पार्कका लागि चालू आर्थिक वर्षमा पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाको १ करोड १४ लाख विनियोजन गरेका छन् । धेरै प्राविधिक काम भएको कारण ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए । उनका अनुसार योजना २ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । २०६६ सालमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले म्याग्दी भित्रने पर्यटकको बसाइ लम्ब्याउन र मुक्तिनाथ आवतजावत गर्ने धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा रामायण पार्क बनाउने योजनाको परिकल्पना गरेका थिए । २०७४ देखि नै बजेट विनियोजन गरिए पनि ठाउँ छनोट हुन नसकेको र स्रोत अभावमा रोकिएको रामायण पार्कको योजनालाई नगरपालिकाको गौरवको आयोजनाको रूपमा कार्यान्वयनमा लैजान लागिएको नगर कार्यपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताए । निवर्तमान संघीय सांसद भूपेन्द्रबहादुर थापाले रामायण पार्क म्याग्दीको गौरवको योजना मात्र नभएर पौराणिक महत्वको उजागर र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने बताए । उनले निर्माण हुने पार्कको भौतिक संरचनालाई दिगो बनाउन स्थानीयको भूमिका महत्वपूर्ण भएको बताए । स्तरोन्नतिको क्रममा रहेको अर्थुङे–पुलाचौर र पुलाचौर–पूर्णगाउँ सडक आयोजनालाई प्रभावकारी बनाउन सकेमा रामायण पार्क आवतजावत गर्ने पर्यटकलाई सुविधा पुग्ने उनको भनाइ छ ।