चार कम्पनीको शेयरमा सर्किट ब्रेक, बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले आफ पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार उकालो लागेको नेप्सेले आज तीन हजार बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४२.७२ अङ्कले वृद्धि भई तीन हजार २५.८२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार माापन गर्ने सेन्सेटिभ परिसूचक १०.६० ले […]

सम्बन्धित सामग्री

शेयर बजार : कहिले सर्किट ब्रेक कहिले ओरालो

नेपालको शेयर बजार कहिले सर्किट ब्रेक हुने गरी उकासिन्छ भने कहिले उच्च अंकले ओरालो लाग्छ । साताको पहिलो दिन आज आइतबार पनि त्यस्तै भयो । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शुन्य तीन अङ्कले ओरालो लागेर दुई हजार ८८ दशमलव शुन्य सातमा …

आइतबारको ‘सर्किट ब्रेक’ले के संकेत गर्छ, लगानीकर्ताले के गर्ने ?

काठमाडौं । आइतबार बजार खुलेको पाँच मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित भयो । बिहान ११:२५ मा दोस्रो पटक खुलेको बजारमा दुई मिनेटमै अर्को १ प्रतिशत बिन्दु अर्थात् कुल ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भयो । दिउँसो १२:०७ […]

नेप्सेमा सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्किट ब्रेक लागेको छ । नेप्से सूचक ५ प्रतिशतले बढेपछि नेप्सेमा सर्किट ब्रेक लागेको हो । १२ बजेर ३८ मिनेटमा नेप्से सूचक ५.०१ प्रतिशत अर्थात् ११४.२५ अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म नेप्से सूचक २३९५.९३ को बिन्दुमा पुगेको छ । हालसम्म २१८ कम्पनीका ३२ लाख ६४ हजार ३ सय ५८ कित्ता शेयर खरीद बिक्रिबाट १ अर्ब ४५ करोड ६० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार बह्येको छ । सूचक ५ प्रतिशतले बढे संगै ४० मिनेटको लागि कारोबार स्थगित भएको छ । हालको सर्किट ब्रेकको नियम अनुसार  पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ । त्यस्तै दोस्रो घण्टामा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ । र तेस्रो घण्टा वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ ।

शेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

२० भदौ, काठमाडौं । साताको पहिलो दिनमै शेयर बजार परिसूचकमा ठूलो गिरावट आएको छ । कारोबार समयको पहिलो दुई घण्टाभित्रै ५ प्रतिशतभन्दा बढीको गिरावट आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ । पहिलो दुई घण्टा भित्र ५ प्रतिशत भन्दा बढीले बजार घट्दा ‘सर्किट ब्रेक’ लगाएर  ४० मिनेट कारोबार बन्द हुने प्रावधान रहेको छ […]

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

चार वटा कम्पनीको सेयर मूल्यमा ‘सर्किट ब्रेक’

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज १९ अंकले बढेको दिन आज चार वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। नेप्सेका अनुसार ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको हो। यसमध्ये सबैभन्दा बढी ओरियन्टलको सेयर मूल्य बढेको छ।

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

तेस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द

नेप्से परिसूचकमा लगातार तेस्रो पटक सकरात्मक सर्किट ब्रेक लागेपछि आजका लागि सेयर बजार बन्द भएको छ। कारोबार सूरु भएपछि नेप्से परिसूचक तेस्रो पटक ६ दशमलव ६ प्रतिशतले बढेपछि सकरात्मक सर्किट ब्रेक लागेपछि सेयर बजार बन्द भएको हो।