काठमाण्डौ – नेपाल बीमा समिति आज (मङ्गलवार) देखि औपचारिकरूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको छ ।
कुपण्डोलमा रहेको पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिकरूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरुवात गर्नुभएको हो । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजदेखि कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण काम कारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।
गएको भदौ अन्तिममा सङ्घीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्य...