लघुबीमा कम्पनी: एक महीनामा ७ करोडमाथि बीमांकको बीमालेख जारी

काठमाडौं ।  चार लघुबीमा कम्पनीले १ महीनामा ७ करोड रुपैयाँभन्दा बढी बीमांकको बीमालेख जारी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ती कम्पनीले असारमा ७ करोड ११ लाख रुपैयाँ बीमांक बराबरको बीमालेख जारी गरेका हुन् ।  प्राधिकरणले गत मङ्सिर ११ मा तीन लघु जीवन बीमा र चार लघु निर्जीवन बीमा गरी सातओटा लघुबीमा कम्पनीलाई लाइसेन्स बाँडेको थियो । तीमध्ये चारओटाले कारोबार शुरू गरिसकेका छन् । लघुबीमा कम्पनीहरूले दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सीमान्तकृत र न्यून आय भएका समुदायलाई भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न बीमा गर्छन् । प्राधिकरणका अनुसार असारमा दुई लघु जीवन बीमा कम्पनीले ६ करोड ३१ लाख रुपैयाँ बीमांक बराबरको २१९ ओटा बीमालेख जारी गरेका छन् । असारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १२७ ओटा बीमालेख जारी गरेर १ लाख ४१ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले भने ९२ ओटा बीमालेख जारी गरेर ६४ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।  लघु निर्जीवन बीमातर्फ असारमा दुई बीमा कम्पनीले ८० लाख रुपैयाँ बीमांक बराबरको तीनओटा बीमालेख जारी गरेका छन् । असारमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १ हजार रुपैयाँ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।  नेपालमा लघुबीमा नयाँ अवधारणा भएको तत्कालीन बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) का अध्यक्ष चिरञ्जीवी नेपाल बताउँछन् । नेपालका अनुसार बीमा प्राधिकरणले अन्तरराष्ट्रिय अभ्यास अनुसार लघु बीमा कम्पनीको मर्म बुझेर काम छुट्ट्याउने हो भने नयाँ लघु बीमा कम्पनीले बीमाको दायरा थप विस्तार गर्न मद्दत गर्छ ।  ‘प्राधिकरणले अध्ययन गरी मापदण्ड बनाएर लघुबीमा कम्पनीले सञ्चालनमा रहेका जीवन र निर्जीवन कम्पनीको भन्दा फरक क्षेत्र छुट्ट्याउन आवश्यक छ । राष्ट्र बैंकले पनि लघुवित्त कम्पनीहरुले काम गर्ने क्षेत्र छुटाएको छ,’ उनी भन्छन्, ‘प्राधिकरणले पनि त्यसै गरी लघुबीमा कम्पनीले काम गर्न पाउने दायरा छुट्ट्याउने हो भने बीमाक्षेत्र विकास र विस्तारमा यी कम्पनीले थप मद्दत मिल्छ ।’  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी नेपालमा लघु बीमामा अथाह सम्भावना भएको बताउँछन् । ‘गार्डियन माइक्रोले सञ्चालनमा आएको ५–६ दिनमै १२७ ओटा बीमालेख जारी गरेको छ । सञ्चालनमा आएको केही उक्त संख्यामा बीमालेख जारी हुनु भनेको यस क्षेत्रमा अथाह सम्भावना छ भन्ने बुझिन्छ,’ उनले भने ।  लघुबीमा कम्पनीहरूको मुख्य लक्षित समूह निम्न आय भएको वर्ग भएकाले लघुबीमाबारे सचेतना आवश्यक भएको उनी बताउँछन् । सीईओ भण्डारीका अनुसार गार्डियन माइक्रोले सबै प्रोसेस मोबाइल एपबाटै हुने र जहाँबाट जुनसुकै समय बीमा गर्ने बनाएको छ । यस्तै बीमितलाई सेवामा सहजीकरण गर्न कम्पनीले सबै काम पेपरलेस बनाएको छ ।

सम्बन्धित सामग्री

५ लघुबीमा कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा

काठमाडौं । लघुबीमा व्यवसाय गर्न स्थापना भएका लघुविमा कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी थालेका छन् । सञ्चालनमा रहेका सात लघुबीमा कम्पनीमध्ये ५ ओटाले आईपीओ निष्कासन गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट धमाधम पारित गरेका छन् ।  क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले फागुन २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् ।  त्यसैगरी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले फागुन १६ गते र नेपाल माइक्रो इन्स्योरेन्सले फागुन २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेका हुन् ।  ट्रष्ट माइक्रो इन्स्योरेन्सले भने गत आर्थिक वर्षको साधारण सभा बोलाएको छैन ।  नेपाल बीमा प्राधिकरणले सातओटा कम्पनीलाई लघुबीमा कम्पनीको लाइसेन्स वितरण गरेको थियो । प्राधिकरणले तीन लघुजीवन बीमा र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । लघु जीवनबीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइत्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमाको लाइसेन्स पाएका थिए । त्यस्तै, लघु निर्जीवन बीमा व्यवसायतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले लघु बीमाको लाइसेन्स पाएका थिए ।

लघुबीमाको लाइसेन्स दिन बीमा समितिले ल्यायो निर्देशिका

काठमाडौँ । बीमा समितिले लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैठकबाट लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेको छ । ३१ साउनमा बसेको समिति सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको हो । बीमा समितिले लघुबीमा सम्बन्धी निर्देशिका ल्याएसँगै अब लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बाटो […]

लघुबीमाको लाइसेन्स पाउने बाटो खुल्यो, समितिद्वारा नयाँ निर्देशिका जारी

लघुबीमा कम्पनी खोल्ने बाटो खुलेको छ । बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स समेत प्रदान गर्नेगरी छुट्टै नयाँ निर्देशिका जारी गरेसँगै लघुबीमाको बाटो खुलेको हो ।सोमबार साझ बसेको बीमा समितिको  सञ्चालन समितिले नयाँ लघुबीमा निर्देशिका  पारित गरेको छ । बीमा समितिले अबदेखि निर्जीवन र जीवन लघुबीमा छुट्टा-छुट्टै रुपमा दर्ता गर्नेछ । नयाँ लघुबीमा कम्पनी दर्ता गर्न कानुन अभाव भएकोले निर्देशिका जारी गरेर नयाँ बीमा कम्पनी दर्ता गर्न लागिएको समितिले बताएको छ । योसँगै अब नयाँ लघुबीमा कम्पनी दर्

लघुबीमाको लाइसेन्स दिन बीमा समितिले ल्यायो निर्देशिका

६ भदौ, काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनी दर्ताको लागि नयाँ निर्देशिका जारी गरेको छ । सोमबार बसेको समिति सञ्चालक समितिको बैंठकबाट लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका २०७९ पारित गरेको छ । ३१ साउनमा बसेको समिति सञ्चालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको हो । बीमा समितिले लघुबीमा सम्बन्धी निर्देशिका ल्याएसँगै अब लघुबीमा कम्पनीलाई लाइसेन्स […]

लघुबीमा कम्पनीको विषयमा अध्ययन गर्दै बीमा समिति

काठमाडौं, बैशाख २४ । बीमा समितिले लघुबीमा कम्पनी खोल्न दिने तयारी थालेको छ । लघुबीमा कम्पनी स्थापनाको विषयमा अध्ययन गरेपछि त्यस्तो कम्पनी स्थापना गर्न दिने समितिको योजना छ । बीमा समितिका एक उच्च अधिकारीले लघुबीमा कम्पनी स्थापना गर्ने दिने विषयमा अध्ययन गर्ने तयारी गरिएको बताए । ‘अहिले बीमा बजारमा ठूला कम्पनी मात्रा सञ्चालनमा छन् । […]