चुक्तापूँजी बढाउने कि जगेडा कोष ? नियामक भन्छन्- चुक्तापूँजी, विज्ञहरू भन्छन्– जगेडा कोष

काठमाडौं । नेपालका नियामक निकायहरू नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणले बैंक वित्तीय संस्था र बीमा कम्पनीलाई चुक्तापूँजी वृद्धिमा दबाब दिँदै आएका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष (आव) २०७२/७३ को मौद्रिक नीतिमार्फत वाणिज्य र विकास बैंकको चुक्तापूँजी बढाउने प्रावधान ल्यायो । उक्त प्रावधानले वाणिज्य बैंकमाथि २ वर्षभन्दा कम अवधि (२०७४ असारसम्ममा) मा चुक्तापूँजी तीन गुणा बढाएर ८ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने दबाब पर्‍यो । त्यस बेला वाणिज्य बैंकहरूको न्यूनतम चुक्तापूँजी २ अर्ब रुपैयाँ थियो । यस्तो दबाब विकास बैंकमाथि पनि परेको थियो ।  बीमाक्षेत्रको नियामक निकाय बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) ले पनि गत चैतमा ७ वर्षअघिको राष्ट्र बैंकको पदचाप पछ्यायो । समितिले निर्जीवन र जीवन दुवै थरी बीमा कम्पनीलाई आगामी चैतभित्र बढाएको चुक्तापूँजी कायम गर्न निर्देशन दिएको छ । समितिको निर्देशनअनुसार आगामी चैतभित्र जीवन बीमा कम्पनीले ५ अर्ब र निर्जीवनले २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्छ । अहिलेसम्म जीवन बीमाको २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ न्यूनतम चुक्तापूँजी छ । समितिले तोकेको चुक्तापूँजी पुर्‍याउन बीमा कम्पनीहरूले मर्जरको विकल्प रोज्नुपरेको छ । कतिपय एकआपसमा गाभिइसकेका छन् भने कतिपय गाभिने प्रक्रियामा छन् । विज्ञहरू भने कम्पनीहरूको चुक्तापूँजीभन्दा जगेडा कोषको आकार बढाउनु उपयुक्त हुने बताउँछन् । उनीहरूका अनुसार छिमेकी भारतका नियामक निकायहरूले पनि बैंक वा बीमा कम्पनीलाई चुक्तापूँजीभन्दा जगेडा कोषको सञ्चिति (रिजर्भ) बलियो बनाउन निर्देशन दिने गर्छन् ।  नेपालका नियामक निकायले चुक्तापूँजीलाई प्राथमिकता दिँदा अधिकांश बैंक, वित्तीय संस्थाको जगेडा कोष कमजोर देखिन्छ । कम्पनीको जगेडा कोष बलियो हुनु भनेको जोखिम वहन क्षमता बलियो हुनु हो । सम्भावित जोखिमलाई ध्यानमा राखेर जगेडा कोष खडा गरिएको हुन्छ । यो कोषको आकारले कम्पनीसँग प्रतिकूल अवस्थाको सामना गर्ने क्षमता कति छ भन्ने बुझाउँछ । जगेडा कोषको आकार जति ठूलो हुन्छ कम्पनीहरू त्यत्ति बढी सबल भएको मानिन्छ ।  नेपालका नियामक निकायहरूले चुक्तापूँजीलाई प्राथमिकता दिँदा बैंक, वित्तीय संस्थाको जोखिम वहन क्षमता कमजोर हुने यस क्षेत्रका जानकार बताउँछन् ।  नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुनै पनि कम्पनीले कमाएको नाफाबाट २० प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली बताउँछन् । बाँकी रहेको ८० प्रतिशत जति बोनस शेयरलगायत नगद लाभांशका रूपमा शेयरधनीलाई वितरण गरिन्छ ।  त्यसैले नेपालमा जगेडा कोषभन्दा चुक्तापूँजी बढी देखिएको हो । भारतमा भने कम्पनीले कमाएको नाफाको २० देखि २५ प्रतिशतसम्म नगद अथवा बोनस शेयर दिएर बाँकी रकम जगेडा कोषमा राख्ने चलन छ । यसले गर्दा भारतीय बैंकको चुक्तापूँजीभन्दा जगेडा कोषमा बढी रकम हुन्छ ।  वित्तीय क्षेत्रका जानकार तथा अधिवक्ता ज्योति दाहाल बैंक वित्तीय संस्थाको चुक्तापूँजी वृद्धिभन्दा पनि ‘रिजर्भ फन्ड’ नै बलियो हुनुपर्ने मत राख्छन् ।  नेपालको वित्तीय क्षेत्रका नियामकले पूँजी वृद्धिका लागि दिएको दबाबलाई दाहाल औचित्यहीन ठान्छन् । उनका अनुसार चुक्तापूँजी होइन, जगेडाले बैंक ठूलो र बलियो हुन्छ । बैंकको पूँजी धेरै हुँदैमा गतिलो हुने होइन भन्ने कुराको उदाहरण भारतीय बैंकलाई लिन सकिन्छ । थोरै पूँजी हुँदा पनि बैंकले ठूलो पूँजी हुनेको जत्तिकै नाफालगायत आफ्नो व्यवसाय विस्तार गरेका उदाहरण धेरै रहेको दाहालले बताए । भारतका ठूला बैंकमध्येको एक स्टेट बैंक अफ इन्डियाको चुक्तापूँजी भारू ८ अर्ब ९२ करोड छ । उसको जगेडा कोषमा ३० खर्ब ४६ अर्ब भारूभन्दा बढी सञ्चिति रहेको देखिन्छ । त्यसैगरी चुक्तापूँजी भारू ५ अर्ब ५४ करोड रहेको भारतको अर्को ठूलो बैंक एचडीएफसीको जगेडा कोषमा २४ खर्ब ७६ अर्ब भारू सञ्चिति रहेको देखिन्छ ।  कम्पनीहरूले पूँजी वृद्धि गर्नुपूर्व जगेडा कोषमा पनि ध्यान दिनुपर्छ । नेपालमा भने केही कम्पनीको बाहेक बाँकीको रिजर्भभन्दा बढी चुक्तापूँजी छ । पाँच भारतीय बैंक र त्यत्ति नै संख्याका नेपाली बैंकको चुक्तापूँजी र रिजर्भलाई तालिकामा राखेर तुलना गरिएको छ ।  नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई २० प्रतिशतभन्दा बढी लाभांश प्र्रस्ताव गरेको खण्डमा २० प्रतिशतभन्दा बढी लाभांशको ५० प्रतिशत जगेडा कोषमा राख्न निर्देशन दिएको छ । उक्त निर्देशनले गर्दा लघुवित्त कम्पनीहरूको रिजर्भ बलियो हुने देखिन्छ । अर्काइभबाट

सम्बन्धित सामग्री

सहकारी नियमनमा दोस्रो तहको नियामक बनाउन सहकारीमन्त्री र गभर्नर छलफल

१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारीका लागि दोस्रो तहको नियामक निर्माणबारे छलफल भएको छ । सहकारी क्षेत्रको नियमन कसरी गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित भएको हो । दोस्रो तहको नियामक (एसटीआई) को अवधारणापत्र बनाएर कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाइसकिएको […]

कसले बन्न दिंदैन, सहकारी नियमन गर्ने दोस्रो तहको नियामक ?

सहकारी संस्थाको नियमन र सुपरीवेक्षण गर्ने दोस्रो तहको नियामक निकाय गठन गर्ने विषयमा बहस हुन थालेको अढाइ दशक पुगेको छ । तर, अहिलेसम्म सरकारले न यस्तो नियामक निकाय नै गठन गर्‍यो, न अन्य कुनै उपाय खोज्यो । १२ साउन, काठमाडौं । बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थामा भएको विकृति बढ्दै गएकाले तिनको नियमन गर्न […]

चुरे दोहन: खोइ नियामक निकाय ?

सरकारले चुरे संरक्षणको नीति त बनायो तर चुरेको दोहनलाई नियन्त्रण गर्ने कसले? यसका लागि बलियो नियामक निकाय खडा गर्न नसकेका कारण चुरे संरक्षणको कार्यक्रम निष्प्रभावी बन्दै गइरहेको चुरेका जानकारहरुको बुझाई छ।...

सहकारी संस्थाको नियमन गर्न छुट्टै नियामक निकाय खोलिंदै

१२ वैशाख, काठमाडौं । नेपालमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न अब दोस्रो तहको नियामक निकाय स्थापना गरिने भएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको ५० औं बैठकले यस्ता संस्थाको प्रभावकारी नियमन गर्न दोस्रो तहको नियामक निकाय स्थापना गर्ने निर्णय गरेको हो । यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले […]

सेयर बजार न्यूनतम विन्दुमा झरेपछि नियामक निकाय गुहार्दै लगानीकर्ता

सेयर बजार न्यूनतम विन्दुमा आइपुगेपछि लगानीकर्ताहरु नियामक निकाय समक्ष गुहार माग्न थालेका छन्।  गत २० चैतमा अर्थमन्त्री डा.प्रकाशशरण महतसमक्ष सेयर बजार सुधारका ८९ वटा बुँदा माग राखेपछि सोमबार लगानीकर्ताहरुले नेपाल धितोपत्र...

नियामक निकायलाई अख्तियारले गरायो सतर्क

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका नियामक निकायलाई जिम्मेवारीअनुसार काम गर्न सतर्क गराएको छ । अख्तियारले बैंकिङ प्रणालीमार्फत नै कालो धन आउने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न नियामक निकायका रूपमा रहेको नेपाल राष्ट्र बैंकलगायतका निकायलाई निर्देशन दिएको छ । अख्यिारले सरकारका सबै नियामक निकायका प्रमुखहरूलाई बुधबार आयोगमा नै बोलाएर सुशासन कायम गर्न आपसी रूपमा […] The post नियामक निकायलाई अख्तियारले गरायो सतर्क appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘नियामक निकायका कारण सेयर बजारमा धक्का’

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको दावी गरेकी छिन् । अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर सेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताएकी हुन् । उनले सेयर बजार नियामक निकायहरुले सेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन् । सेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर

निम्छरा नियामक : स्वार्थ समूहलाई ‘रातो कार्पेट’, मारमा सेवाग्राही

नेपालमा सेवा प्रदायकलाई जवाफदेही बनाउने जिम्मेवारीमा रहेका नियामक निकायहरू आफ्नो भूमिकामा कमजोर छन् । दूरसञ्चार र हवाई उड्डयन प्राधिकरण, धितोपत्र बोर्ड, वाणिज्य विभाग सहितका संस्थाहरूको भूमिका माथि हाम्रो लेखाजोखा ।

‘शेयर बजारको नियामक बन्ने राष्ट्र बैंकको इच्छा होइन’

नेपाल राष्ट्र बैंक धितोपत्र बजारको नियामक होइन, धितोपत्रको नियमन सम्बिन्धत निकायले नै सशक्त रुपमा गरेको हामी हेर्न चाहन्छौं । हामी बैंकिङ क्षेत्रको नियामक भएका कारण नै हाम्रा नीतिहरु यस क्षेत्रलाई लक्षित गरी आउने हुन् । गत मौद्रिक नीतिमार्फत ४ करोड र १२ करोडको सीमा तोकिएपछि यसले शेयर बजारमा प्रभाव परेको गुनासोका सन्दर्भमा शेयर बजार अत्यन्तै […]

नियामक निकायको कानुनी र नैतिक दायित्व

नेपालको सेयर बजार बिस्तारै परिपक्व हुँदै छ, त्यसको विकासमा सहजीकरण गर्ने काम सरकारको हो । नेपालमा नियामक निकायहरूमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ । पछिल्लो समय विशेषतः समग्र धितोपत्र कारोबारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा सेयर बजारको कारोबार हेर्ने पहिलो नियामक नेपाल स्टक एक्सचेन्जमाथि धेरै प्रश्न उठे । नियामक निकायमा रहने व्यक्तिले कानुनी तथा […]