काठमाडौं : स्वास्थ्य कार्यालय काठमाडौंले वैशाख ७ गतेबाट लगाइने कोरोनाको दोस्रो डोज खोपको समयतालिका सार्वजनिक गरेको छ।स्वास्थ्य कार्यालयले अघिल्लो पहिलो डोज खोप लगाएको दिनको आधारमा दोस्रो डोज खोप लगाउने दिनको आधारमा खोप लगाउने तालिका केही हेरफेर गरेको बताएको छ।गत १४ माघ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरूले आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज लगाउन लगाउने निर्णय यसअघि नै गरेको थियो।त्यसका लागि स्वास्थ्य कार्यालयले जिल्लामा १९ वटा खोप केन्द्र तय गरेको छ। सो खोप केन्द्रमा बिहान १० देखि अपराह