बालबालिकालाई पोलियो खोप लगाउने समय परिवर्तन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ। यसअघि एक वर्षमुनिका बालबालिकालाई छ हप्ता र १४ हप्तामा लगाइने गरेको खोप अब १४ हप्ता र नौ महिनामा दिन लागेको हो। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरेको जानकारी दिए। एक वर्षको उमेरमा खोप लगाउन छुटे पनि पाँच वर्षभित्र खोप लगाउन सकिनेउनले बताए। 

सम्बन्धित सामग्री

पोलियो उन्मूलनको बाटोमा पाकिस्तान

पाकिस्तानको पोलियो खोप अभियान देख्ने जो कोहीले एक असाधारण कुरा देख्नेछन्, अर्थात् घर–घर गएर पक्षघाती पोलियो रोग नियन्त्रण गर्न खोप लगाउने अधिकांश स्वास्थ्यकर्मी महिला छन् । मुलुकका हरेक कुनामा बालबालिकालाई जीवनदान...

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप

काठमाडौँ । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिए । पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । […]

अफगानिस्तानबाट फिर्ता भएका नेपालीलाई पोलियो खोप लगाइने

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका नेपाल फिर्ता भइरहेका नेपालीहरुलाई सरकारले पोलियो खोप लगाउने घोषणा गरेको छ ।

अफगानिस्तानबाट आउनेलाई पोलियो खोप लगाउने सरकारको निर्णय

काठमाडौं । अफगानिस्तानबाट उद्दार गरि नेपाल ल्याइएका सबै नागरिकलाई सरकारले पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई ख्याल गर्दै सरकारले खोप लगाउने निर्णय गरेको जानकारी दिए । नजिकको खोप केन्द्रबाट खोप लगाउन पनि सरकारले आग्रह गरेको छ । आजसम्म ५०० भन्दा बढी नेपाली काबुलबाट काठमाडौं आइपुगेका छन् भने […]

अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपालीलाई विमानस्थलमै पोलियो खोप लगाइने

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ । अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई आजदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जानकारी दिएको छ । नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार […]