पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन

काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने बताए। उनले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा ७.५ मिलियन बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

काठमाडौं । अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् । देशको जनस्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । सोमवारबाट शुरु भएको चार दिने पोलियो विरुद्धको अभियानमा २१ प्रदेशका २३३ जिल्लाका पाँच वर्षमुनिका सात लाख ८० हजार ८५ बालबालिकालाई खोप लगाइने बताइएको छ । यो […]

अफगानिस्तानमा ७५ लाखभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् ।

बालबालिकालाई पोलियो खोप लगाउने समय परिवर्तन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ। यसअघि एक वर्षमुनिका बालबालिकालाई छ हप्ता र १४ हप्तामा लगाइने गरेको खोप अब १४ हप्ता र नौ महिनामा दिन लागेको हो। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरेको जानकारी दिए। एक वर्षको उमेरमा खोप लगाउन छुटे पनि पाँच वर्षभित्र खोप लगाउन सकिनेउनले बताए।

पोलियोविरुद्धको एफआईपीभी खोप लगाउने नियमित तालिका परिवर्तन

सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ।